प्रयोगकर्ता:Mahendra Budha

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मेराे सामान्य गणित सजिलाे नेपाल[सम्पादन गर्नुहोस्]

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट अङ्क यस्तो चिह्न हो जुन संख्याहरू लेखनको काम आउछन् । दासमिक पद्धतिमा शून्य देखि लिएर नौ सम्म ( ० देखि ९ सम्म ) कुल दस अङ्क प्रयोग गरिन्छ । त्यहि प्रकार षोडसी पद्धति (hexadecimal system) मा शून्य देखि लिएर ९ सम्म एवं A देखि लिएर F कुल १६ अङ्क प्रयुक्त हुन्छन् । द्विक पद्धतिमा केवल ० र १ देखि नै सारा संख्याहरू अभिव्यक्त गरिन्छन् ।

नेपाली भाषामा अङ्कहरू एवं ठूलो संख्याहरूको उच्चारण तल दिइएको छ ।

  • एक (१)
  • दुई (२)
  • तीन (३)
  • चार (४)
  • पाँच (५)
  • छ (६)
  • सात (७)
  • आठ (८)
  • नौ (९)
    • दस (१०)

अङ्कहरू द्वारा लेखएका ठूलो संख्याहरू (दासमिक पद्धति)[सम्पादन गर्नुहोस्][सम्पादन गर्नुहोस्]

  • ११ एघार
  • १२ बाह्र
  • १३ तेह्र
  • १४ चौध
  • 15 पन्ध्र
  • १६ सोह्र
  • १७ सत्र
  • १८ अठार
  • १९ उन्नाइस
    • २० बीस
  • २१ एक्काइस
  • २२ बाइस
  • २३ तेइस
  • २४ चौबीस
  • २५ पच्चीस
  • २६ छब्बीस
  • २७ सत्ताइस
  • २८ अट्ठाइस
  • २९ उनान्तीस
    • ३० तीस
  • एकतिस(३१)
  • बत्तीस (३२)
  • तेत्तीस (३३)
  • चौंतीस (३४)
  • पैंतीस (३५)
  • छत्तीस (३६)
  • सैंतीस (३७)
  • अड्तीस (३८)
  • उनान्चालिस (३९)
    • चालीस (४०)
  • एकचालीस (४१)
  • बयालीस (४२)
  • त्रिचालिस (४३)
  • चौवालिस (४४)
  • पैंतालिस (४५)
  • छियालिस (४६)
  • सड्चालिस (४७)
  • अड्चालीस (४८)
  • उनान्पचास (४९)
    • पचास (५०)
  • एकाउन्न (५१)
  • बाउन्न (५२)
  • त्रिपन्न (५३)
  • चौवन्न (५४)
  • पचपन्न (५५)
  • छप्पन्न (५६)
  • सन्ताउन्न (५७)
  • अन्ठाउन्न (५८)
  • उनान्साठी (५९)
    • साठी (६०)
  • एकसठ्ठी (६१)
  • बैसठ्ठी (६२)
  • त्रिसठ्ठी (६३)
  • चौंसठ्ठी (६४)
  • पैंसठ्ठी (६५)
  • छैसठ्ठी (६६)
  • सड्सठ्ठी (६७)
  • अड्सठ्ठी (६८)
  • उनान्सत्तरी (६९)
    • सत्तरी (७०)
  • एकहत्तर (७१)
  • बहत्तर (७२)
  • त्रिहत्तर (७३)
  • चौहत्तर (७४)
  • पचहत्तर (७५)
  • छिहत्तर (७६)
  • सतहत्तर (७७)
  • अठहत्तर (७८)
  • उनासी (७९)
    • अस्सी (८०)
  • एकासी (८१)
  • बयासी (८२)
  • त्रियासी (८३)
  • चौरासी (८४)
  • पचासी (८५)
  • छियासी (८६)
  • सतासी (८७)
  • अठासी (८८)
  • उनानब्बे (८९)
    • नब्बे (९०)
  • एकानब्बे (९१)
  • बयानब्बे (९२)
  • त्रियानब्बे (९३)
  • चौरानब्बे (९४)
  • पन्चानब्बे (९५)
  • छियानब्बे (९६)
  • सन्तानब्बे (९७)
  • अन्ठानब्बे (९८)
  • उनान्सय (९९)
    • सय (१००)
  • (एक) हजार १,००० (१०००)
  • (एक) लाख १,००,००० (१०००००)
  • (एक) करोड १,००,००,००० (१००००००)
  • (एक) अरब १,००,००,००,००० (१०००००००००)
    • दस अरब
    • खरब
    • दस खरब
    • नील
    • दस नील
    • पद्म
    • दस पद्म
    • शङ्ख
    • दस शङ्ख
  1. महाशङ्ख
  2. अङ्क गणित

ङ्क गणित (अङ्ग्रेजीमा Arithmetic) गणित का तीन ठूला शाखाहरू मध्य एउटा हो। अङ्कहरू तथा सङ्ख्याहरूको गणनासित सम्बन्धित गणितको शाखालाई अङ्कगणित भनिन्छ। यो गणितको मौलिक शाखा हो तथा यसैबाट गणितको प्रारम्भिक शिक्षा सुरु हुन्छ। प्रत्येक मनुष्यले आफ्नो दैनिक जीवनमा प्रायः अङ्कगणितको उपयोग गर्दछ। अङ्कगणित अन्तर्गत जोड, घटाउ, गुणा, भाग, भिन्न, दशमलव आदि प्रक्रियाहरू आउँछन्।

इतिहास[सम्पादन गर्नुहोस्]

मनुष्य आरम्भ कालदेखि नै सामाजिक प्राणीको रूपमा रहि आएकोले र आफ्नो प्रारम्भिक कालमा कबीला बनाएर बस्दै आएको हो। जब कबीलाका सद्स्यहरूमा वृद्धि हुँदा उनीहरूको गन्ती गर्न अङ्कहरूको आवश्यकत पर्‍यो। अङ्क बनाउन मनुष्यका औंलाहरूलाई आधार बनाइयो। अङ्कहरूको इतिहासको विषयमा धेरै नै कम जानकारी प्राप्त छ। भनिन्छ कि कि ईसा पूर्व १८५०मा बेबीलोनका निवासी गणितको प्रारम्भिक प्रक्रियाहरूसित राम्रोसित परिचित थिए। भारतमा अङ्कगणितको ज्ञान अत्यन्त प्राचीनकालदेखि नै रही आएको हो तथा वेदहरूमा गणितीय प्रक्रियाहरू उल्लेख छ। शून्य पनि भारतको नै देन हो।

अङ्क[सम्पादन गर्नुहोस्]

शून्यदेखि लिएर बनेका नौसम्मलाई बुझाउने चिह्न(सङ्केत)लाई अङ्क भनिन्छ। अङ्क नै गणितको मूल हो। दैनिक जीवनका अधिकांश कार्यहरूमा अङ्कहरूको प्रयोग हुन्छ।

सङ्ख्या[सम्पादन गर्नुहोस्]

एकभन्दा अधिक अङ्कहरूलाई एउटाको छेउमा अर्को राख्दा सङ्ख्या बन्छ। अङ्क केवल दसवटा हुछन् तर सङ्ख्याहरू अनन्त बन्छ।

अङ्कगणितका मूल प्रक्रियाहरू[सम्पादन गर्नुहोस्]

अङ्कगणितका मुख्य चार मूल प्रक्रियाहरू हुन्छन्

  • जोड (योग) चिह्न (+)
  • घटाउ (ऋण) चिह्न (-)
  • गुणा चिह्न (×)
  • भाग चिह्न (÷)

जोड[सम्पादन गर्नुहोस्]

जब कुनै सङ्ख्या या अङ्कमा एक वा एकभन्दा बडि सङ्ख्या वा अङ्कलाई मिलाईन्छ भने त्यसलाई जोड (योग) (Addition) भनिन्छ। जोडलाई + चिह्नले प्रदर्शित गरिन्छ।

उदाहरणः

१४ + ६ = २०

घटाउ[सम्पादन गर्नुहोस्]

जोडने प्रक्रियाको विरुद्ध प्रक्रियालाई घटाउ वा घटाउने (Subtraction) भनिन्छ। जब कुनै सङ्ख्या या अङ्कबाट एक वा एकभन्दा बडि सङ्ख्या वा अङ्कलाई घटाइन्छ भने त्यसलाई घटाउ (ऋण) भनिन्छ। घटाउने - चिह्नले प्रदर्शित गरिन्छ।

उदाहरणः

१४ - ६ = ८

गुणा[सम्पादन गर्नुहोस्]

जब कुनै सङ्ख्या या अङ्कमा एक वा एकभन्दा बडि सङ्ख्या वा अङ्कलाई एक अथवा धेरै पल्ट जोडिन्छ त्यसलाई गुणा (Multiplication) भनिन्छ। गुणालाई x चिह्नले प्रदर्शित गरिन्छ।

उदाहरणः

२ x ४ = ८

भाग[सम्पादन गर्नुहोस्]

गुणा गर्ने प्रक्रियाको विरुद्ध प्रक्रियालाई भाग (Division) भनिन्छ। जब कुनै सङ्ख्या या अङ्कबाट एक वा एकभन्दा बडि सङ्ख्या वा अङ्कलाई एक अथवा धेरै पल्ट घटाइन्छ त्यसलाई भाग भनिन्छ। भागलाई ÷ चिह्नले प्रदर्शित गरिन्छ।

उदाहरणः

४ / २ = २