भानुअटु
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
भानुअटु मुलुक प्रशान्त महासागरमा छ । यसको राजधानी पोर्ट-भिला हो ।
यहाँ इसाई धर्मका मानिस बस्छन् । यहाँको औपचारिक भाषा बिस्लामा, अङ्ग्रेजी र फ्रेन्च हो ।
करिब १२ हजार २ सय वर्ग किलोमिटरमा फैलिएको भानुअटुमा २ लाख मानिस बस्छन् । छ प्रान्तमा विभाजित यो मुलुकमा संसदीय प्रजातन्त्र छ । ८३ वटा टापु मिलेर यो देश बनेको छ । छ प्रान्तमा विभाजित यो मुलुकमा संसदीय प्रजातन्त्र छ ।
भानुअटुलाई इन्टरनेटमा जनाइने कोड डट भियु हो भने यहाँ फोन गर्दा प्रयोग हुने कलिङ कोड +६७८ हो । मुद्राका रुपमा यहाँ भाटु प्रचलनमा छ ।