राजेश खन्ना
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (अगस्त २०१२) |
| राजेश खन्ना | |
|---|---|
| जन्म | जतिन खन्ना 29 डिसेम्बर 1942 अमृतसर,पञ्जाब, भारत |
| मृत्यु | 18 जुलाई 2012 (69वर्ष ) मुम्बई, महाराष्ट्र, भारत |
| अन्य नाम | जतिन खन्ना काका आरके |
| पेशा | चलचित्र अभिनेता तथा निर्माता |
| कार्यकाल |
1966–2012 (actor) 1991–1996 (राजनीतिज्ञ) 1971–1995 (चलचित्र निर्माता) |
| जिवनसाथी | डिम्पल कपाडिया (1973–1984) |
| सन्तान | ट्विङ्कल खन्ना रिंकी खन्ना |
| हस्ताक्षर | |
राजेश खन्नाको जन्म सन् १९४२ डिसेम्बर २९मा भारतको पञ्जाब राज्यको अमृतसर गाउँमा भएको थियो । खन्नाको ६९ वर्षको उमेरमा सन् २०१२ जुलाई १८मा भारत महाराष्ट्र राज्यको मुम्बईस्थित आफ्नै निवासमा निधन भएको हो । खन्नाको वास्तविक नाम जतिन खन्ना हो भने उनी काका, आरके लगायत नामले समेत चिनिन्थे । खन्ना बलिउडका पहिलो सुपरस्टार भनेर समेत चिनिन्छन् । उनको श्रीमतीको नाम डिम्पल कपाडिया हो भने ट्विंकल खन्ना र रिंकी खन्ना उनका छोरीहरूको नाम हो । ट्विंकल खन्नाका श्रीमान बलिउडका प्रसिद्ध अभिनेता अक्षय कुमार हुन् । विभिन्न हिन्दी सिनेमाहरूमा अभिनय गरेका खन्ना प्रसिद्ध बलिउड अभिनेताका अतिरिक्त हिन्दी फिल्म निर्मातासमेत हुन् भने उनी एक राजनीतिज्ञ पनि थिए । सन् १९६५मा युनाइटेड प्रोड्युसर्स र फिल्म फेयरद्वारा सञ्चालित एक ट्यालेन्ट हन्टमा १० हजार प्रतिस्पर्धीलाई उछिनेपछि उनको बलिउड चलचित्र उद्योगमा प्रवेश भएको हो । उनी सन् १९६६ देखि २०१२ सम्म फिल्म कलाकारका रूपमा सक्रिय रहे । सन् १९६९ देखि १९७५को समयमा उनले धेरै हिट चलचित्र दिए । उनी यति प्रसिद्ध थिए कि त्यसबेला जन्मेका धेरै बालकहरूको नाम समेत राजेश राखिन्थ्यो । उनले सन् १९९१ देखि १९९६ सम्म राजनीति समेत गरेका थिए । उनी सन् १९७१ देखि १९९५ सम्म फिल्म निर्माताका रूपमा समेत सक्रिय रहे । उनको पहिलो अनुबन्धित चलचित्र जीपी सिप्पीको राज हो भने पहिलो प्रदर्शन भएको चलचित्र सन् १९६७मा आएको आखिरी खत हो । आफ्ना संघर्ष दिनहरूमा समेत निर्माता तथा निर्देशक कहां काम माग्न जांदा पनि उनी त्यस बेलाका चल्तीका कलाकारहरूसंग नभएका महंगा गाडीहरू चढ्दथे । युवतीमाझ राजेश अत्यन्तै लोकप्रिय थिए । उनलाई युवतीहरूद्वारा रगतले लेखिएका चिठी पठाइन्थ्यो भने कतिपयले उनको तस्विरसंग विवाह गर्थे साथै उनले चढ्ने कारहरू पनि लिपिस्टिकले पोतिन्थे । उनले १६३ वटा भन्दा बढी हिन्दी फिल्महरूमा अभिनय गरेका थिए।