अमिताभ बच्चन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अमिताभ बच्चन
२०१३ मा बच्चन एक अन्तरवार्तामा
जन्मअमिताभ हरिवंश राय बच्चन
(1942-10-11) ११ अक्टोबर १९४२ (उमेर ८१)
इलाहाबाद, उत्तर प्रदेश, भारत
वासस्थानमुम्बई ,महाराष्ट्र, भारत
राष्ट्रियताभारतीय
मातृ शिक्षाप्रतिष्ठानशेरवुड कलेज, नैनीताल
किरोरी मल कलेज, दिल्ली विश्वविद्यालय[१]
पेशाअभिनेता, निर्माता, पार्श्वगायक
कार्यकालसन् १९६९–हाल सम्म
धर्महिन्दु
जीवनसाथीजया बच्चन (सन् १९७३–हाल सम्म)
सन्तान
मातापिताहरिवंश राई बच्चन
तेजी बच्चन
आफन्तअजितभ बच्चन (भाई)
ऐश्वर्या राय बच्चन (छोरा-बुहारी)
पुरस्कार पद्म विभूषण २०१५[२]
पद्म भूषण २००१
पद्मश्री १९८४
हस्ताक्षर
वेबसाइटsrbachchan.tumblr.com

अमिताभ बच्चन IPA: [əmɪˈtaːbʱ ˈbəttʃən] (जन्म-११ अक्टोबर) भारतीय चलचित्र उद्योग बलिउडका सबैभन्दा लोकप्रिय अभिनेता हुन्। सन् १९७० को दशकमा उनले ठूलो लोकप्रियता प्राप्त गरे र त्यसबेलादेखि नै भारतीय चलचित्र इतिहासको सबैभन्दा प्रमुख व्यक्तित्व बनेका छन्।

बच्चनले आफ्नो कार्याकालमा थुप्रै पुरस्कारकाहरू जितेका छन्, जसमा तीन राष्ट्रिय चलचित्र पुरस्कार र बाह्र फिलिमफेयर पुरस्कार समावेश छन्। उनको नाममा सर्वाधिक सर्वश्रेष्ठ अभिनेता फिल्मफेयर पुरस्कारको रेकर्ड छ। अभिनय बाहेक बच्चनले पार्श्वगायक, चलचित्र निर्माता र टेलिभिजन कार्यक्रम प्रस्तुतकर्ता र भारतीय संसदको एक निर्वाचित सदस्यका रूपमा सन् १९८७ देखि १९८४ सम्म भूमिका निर्वाह गरेका थियो।

बच्चनको विवाह अभिनेत्री जया भादुडीसँग भएको थियो। उनको दुई सन्तान छन्, श्वेता नन्दा र अभिषेक बच्चन, जुन एक अभिनेता पनि हुन र जसको विवाह ऐश्वर्या रायसँग भएको थियो।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

इलाहाबाद, उत्तर प्रदेशमा जन्मेका अमिताभ बच्चन हिन्दु कायस्थ परिवारका वंश हुन। उनको बुबा, डा. हरिवंश राय बच्चन प्रसिद्ध हिन्दी कवि थिए र उनकी आमा जोड बच्चन कराचीको सिख परिवारकी थिइन्।[३] सुरुमा बच्चनको नाम इन्कलाब राखिएको थियो जुन भारतीय स्वतन्त्रता सङ्ग्रामको बेला प्रयोगमा गरियो प्रेरित वाक्यांश इन्कलाब जिन्दाबादबाट लिइएको थियो तर त्यसपछि उनको नाम फेरी अमिताभ राखियो जसको अर्थ हुन्छ, "यस्तो प्रकाश जुन कहिल्यै निभ्दैन"। यो उनको अन्तिम नाम नै हो जससँग उनले चलचित्रहरूमा एवम् सबै सार्वजनिक प्रयोजनहरूको लागि उपयोग गरेका थिए अब यो उनको परिवारको समस्त सदस्यहरूको उपनाम बनेको थियो।

हरिवंश राय बच्चनको दुई छोराहरू मध्ये अमिताभ जेठो छोरा हुन्। उनको भाईको नाम अजिताभ हो। अमिताभको आमालाई रङ्गमञ्चमा गहिरो रुचि थियो र उनलाई चलचित्रमा पनि अभिनयको लागि पनि प्रस्ताव आएको थियो तर उनले गृहणी जीवन रोजिन्। [४] बच्चनको बुबाको देहान् सन् २००३ मा भएको थियो र उनको आमाको मृत्यु २१ डिसेम्बर २००७ मा भएको थियो। [५]

बच्चनले दुईपटक एमएको उपाधि प्राप्त गरेका छन्। कला स्नातकोत्तर उनले इलाहाबादको ज्ञान प्रबोधिनी र बयज उच्च विद्यालय त्यसपछि नैनीतालको सिंहउड कलेजमा पढे जहाँ कला सङ्कायमा प्रवेश दिलाइएको थियो। अमिताभ त्यसपछि अध्ययन गर्नको लागि दिल्ली विश्वविद्यालयको किरोडिमल कलेज गए जहाँ उनले विज्ञान स्नातकको उपाधि प्राप्त गरेका थिए। आफ्नो आयुको २०औँ दशकमा बच्चनले अभियनमा आफ्नो कार्यकाल प्राप्त गर्नको लागि कलकत्ताको एक सिपिङ्ग फर्म बर्ड एन्ड कम्पनीमा भाँडाको व्यापारीको जागीर छाडेका थिए। ३ जुन, १९७३ मा उनले बङ्गाली संस्कार अनुसार अभिनेत्री जया भादुडीसँग विवाह गरेका थिए।

पुरस्कार तथा सम्मानहरू[सम्पादन गर्नुहोस्]

अभिनित चलचित्रहरू[सम्पादन गर्नुहोस्]

निर्माता[सम्पादन गर्नुहोस्]

  • तेरे मेरे सपने (सन् १९९६)
  • उलासाम(तमिल भाषाको चलचित्र) (सन् १९९७)
  • मृत्युदाता (सन् १९९७)
  • मेजर साब (सन् १९९८ )
  • अक्स (चलचित्र)(सन् २००१)
  • विरुद्ध (सन् २००५)
  • परिवार-टायस अफ ब्लड (सन् २००६)

पार्श्व गायन[सम्पादन गर्नुहोस्]

  • ग्रेट ग्याम्ब्लर
  • मिस्टर नटवरलाल
  • लावारिस (सन् १९८१)
  • नसीब (सन् १९८१)
  • सिलसिला (सन् १९८१)
  • महान (सन् १९८३)
  • पुकार (सन् १९८३)
  • सराबी (सन् १९८४ )
  • तूफान (सन् १९८९)
  • जादूगर (सन् १९८९)
  • खुदागवाही (सन् १९९२)
  • मेजर साब (सन् १९९८)
  • सूर्यवंशम(सन् १९९९)
  • अक्स (चलचित्र) (सन् २००१)
  • कभी खुशी कभी गम (सन् २००१)
  • आँखेँ (सन् २००२)
  • अरमान (सन् २००३)
  • बागबान (सन् २००३)
  • देव (सन् २००४)
  • एतबार (सन् २००४)
  • बाबुल (सन् २००६)
  • निशब्द (सन् २००७)
  • चीनी कम (२००७ )
  • भूतनाथ (सन् २००८)

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

  • इन्टरनेट चलचित्र डेटाबेसमा अमिताभ बच्चन


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Alumni meet at Kirori Mal College", The Times of India, फेब्रुअरी २६, २०१०। 
  2. "Padma Awards 2015", Press Information Bureau, Government of India, जनवरी २५, २०१५, अन्तिम पहुँच २६ जनवरी २०१५ 
  3. "www.sugandh.com/seema/amitabhji/stardust.html" 
  4. "Reviews on: To Be or Not To Be Amitabh Bachchan - Khalid Mohamed", अप्रिल १३, २००५, अन्तिम पहुँच २००७-०३-११ 
  5. Khan, Alifiya, "Teji Bachchan passes away", Hindustan Times, अन्तिम पहुँच २००७-१२-२२  वेब्याक मेसिन अभिलेखिकरण २००७-१२-२५ मिति