लिवाङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लिबाङ रोल्पा जिल्लाको सदरमुकाम तथा रोल्पाको सबै भन्दा ठूलो बजार तथा ब्यापार केन्द्र हो। मन्त्री परिषद्को २०१४ डिसेम्बर २ को निर्णय बमोजिक साविकको लिबाङ गाउँ विकास समिति लिबङ नगरपालिकामा परिणत भएको छ भने लिबङमा खुमेल गाउँ विकास समिति समेत थपिएको छ । लिबाङ बजार १,२१८ मिटरको उचाईमा रहेको छ ।[१]

लिबाङको नामाकरण जिल्लका मगर समुदायले बोल्ने बोल्ने खाम भाषाबाट रहन गएको हुन सक्ने अनुमान गरिन्छ । सदरमुकाम रहेको लिबाङमा पहिले बाँसको घना घारी भएको र खाम भाषामा "लि"को अर्थ "बाँस" र "बाङ"को अर्थ "चौर" हुन्छ ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मंसीर २०७१, अन्तिम पहुँच १६ मंसीर 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]