विकिपिडिया:प्रमुख लेख/वैशाख, २०७७

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रमुख लेख

नेपाली विकिपिडियाको मुख्य पृष्ठमा भएको प्रमुख लेखलाई प्रत्येक १५ दिनको अन्तरालमा समसामयिक स्तरिय लेखहरू परिवर्तन हुने गरि व्यवस्था गरिएको छ। नेपाली विकिपिडियामा हाल ३२,९७० लेखहरू छन् जस मध्येबाट १६६ लेखहरू प्रमुख लेखको लागि छनोट भइसकेको छ। नेपाली विकिपिडियामा हालसम्म चयन भएका प्रमुख लेखहरूको सूची तल राखिएको छ। कुनै पनि लेख प्रमुख लेखको रूपमा छनौट हुनको लागी स्तरिय हुन जरूरी छ जसको लागि केही मापदण्डहरू तय गरिएका छन्।
लेखको माथि दाँया तिर पहेँलो ताराको चिन्हले सो लेख प्रमुख लेख हो भन्ने जनाउँदछ। यदि प्रमुख लेख सम्बन्धमा तपाईंको कुनै सुझाव वा जिज्ञासाहरू भएमा कृपया वार्तालाप पृष्ठमा राख्नु हुनको लागी अनुरोध गर्दछौँ।

ढाँचा:वैशाख २०७७

विशेष सामग्रीहरू

प्रमुख लेख औजारहरू

२०७७ वैशाख पहिलो[सम्पादन गर्नुहोस्]

विकिहाउको प्रतीक

विकिहाउ विकिमा आधारित वेबसाइट हो जसले मानिसहरूलाई कसरी काम गर्ने भन्ने बारेमा सिकाउँदछ। यसको स्थापना सन् २००५ मा, इन्टरनेट उद्यमी ज्याक हेरिकले गरेका थिए। वेबसाइटले संसारका सबै मानिसहरूलाई कसरी गर्ने भन्ने निर्देशनहरू सृजना गर्ने लक्ष्य राखेको छ र यसले विश्वका सबै मानिसहरूलाई कसरी कार्य गर्ने बन्ने बारेमा सिक्न र सिकाउनका लागि पनि अभिप्रेरित गर्दछ।

विकिहाउ एक निजी सङ्गठन हो। यस वेबसाइटलाई सामाजिक लक्ष्यका लागि निर्मण गरिएको थियो। विकिहाउ एक खुला स्रोत तथा खुला सामग्री परियोजना हो। यसको परिमार्जित मिडियाविकि सफ्टवेयर स्वतन्त्र रूपमा जारी गरिएको थियो भने यसका सम्पूर्ण सामग्रीहरू क्रिएटिभ कमन्स इजाजतपत्र अन्तर्गत जारी गरिएको छ।

फेब्रुअरी २००५ मा, विकिहाउमा ३ करोड ५५ लाख प्रयोगकर्ताहरू रहेका थिए। जनवरी २०२० सम्म, विकिहाउमा २,१२,००० भन्दा बढी नि: शुल्क कसरी गर्ने भन्ने बारे लेखहरू रहेका छन् र २१ लाख भन्दा बढी दर्ता भएका प्रयोगकर्ताहरू रहेका छन्। ११ अप्रिल २०१० मा, "कसरी तौल छिटो घटाउने" भन्ने शीर्षकको विकिहाउ लेखले ५० लाख अवलोकनहरू प्राप्त गरेको थियो र यो सफलता हासिल गर्ने यो पहिलो पृष्ठ रहेको थियो। "माइक्रोसफ्ट विन्डोजमा पर्दाचित्रण कसरी लिने" भन्ने लेख यस वेबसाइटको सबैभन्दा लोकप्रिय लेखहरू मध्ये एक हो। विकिहाउको अनुसार, विकीहाउको लेखबाट निर्देशन लिएर आपतकालीन अवस्थामा चार बच्चा जन्मेका थिए। (पूरा  पढ्नुहोस्...)


२०७७ वैशाख दोस्रो[सम्पादन गर्नुहोस्]

सन् २०१५ मा आल्कासेर स्पेनबाट खेल्दै

पाको आल्कासेर (स्पेनी: Paco Alcácer) (जन्म: ३० अगस्ट १९९३) एक स्पेनी व्यावसायिक फुटबल खेलाडी हुन् जसले स्पनी क्लब बिलारेआल फुटबल क्लब र स्पेन राष्ट्रिय फुटबल टोलीका लागि अग्रपङ्क्तिको रूपमा खेल्छन्। आल्कासेरले सन् २००९ मा स्पेनमा आधारित बालेन्सिया बे नामक एक फुटबल क्लबबाट व्यावसायिक फुटबल कार्यकालको सुरुवात गरेका थिए भने उनको सन् २०१० मा पदोन्नति भई उनी भालेन्सिया फुटबल क्लबमा सरुवा भएका थिए। सन् २०१६ मा आल्कासेरले ला लिगा फुटबल लिग अन्तर्गतको क्लब बार्सेलोनामा ३ करोड युरोमा आवद्ध भएका थिए जहाँ उनले उक्त क्लबका लागि कोपा देल रे उपाधि जिताउनका लागि ठूलो भूमिका निर्वाह गरेका थिए। सन् २०१९ मा उनी बोरूसिया डर्टमन्ड नामक एक जर्मनेली क्लबमा आवद्ध भएका थिए। आल्कासेरले स्पेन १९ वर्ष मुनीको राष्ट्रिय फुटबल टोलीका लागि युरोपेली प्रतियोगिता दुईपटक जिताउन ठूलो भूमिका निर्वाह गरेका थिए भने उनको सन् २०१४ मा राष्ट्रिय टोलीमा पदोन्नति भएको थियो। (पूरा  पढ्नुहोस्...)


२०७७ वैशाख तेस्रो[सम्पादन गर्नुहोस्]

लुइस् सन् २०१९ मा चेल्सीसँग

दाभी लुइस् (जन्म : २२ अप्रिल १९८७) ब्राजिलका एक व्यावसायिक फुटबल खेलाडी हुन् जो हाल अङ्ग्रेजी क्लब आर्सनलब्राजिल राष्ट्रिय फुटबल टोलीका लागि केन्द्रिय र रक्षात्मक मध्यपङ्क्तिको रूपमा खेल्ने गरेका छन्। सन् २००६ मा लुइसले एक ब्राजिली फुटबल क्लब बितोरिया मार्फत फुटबल कार्यकालको सुरुवनत गरेका थिए। उक्त क्लबमा केही वर्षसम्म आवद्ध भएपछि उनी बेनिफिका नामक एक व्यावसायिक फुटबल क्लबमा स्थानान्तरण भएका थिए जहाँ उनले उक्त क्लबका लागि पाँच वर्ष फुटबल खेलेका थिए। सन् २०११ मा लुइसले एक बहुप्रतिष्ठित फुटबल क्लब चेल्सीसँग आवद्ध भएका थिए भने सोही वर्ष चेल्सीले युइएफए च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको थियो भने अर्को वर्ष उक्त क्लबले युइएफए युरोपा लिग पनि जित्न सफल भएको थियो। सन् २०१४ मा उनी फ्रान्समा आधारित पारी साँ-जेरमाँ नामक एक फुटबल क्लबसँग ५ करोड युरोमा आवद्ध भएका थिए भने सोही वर्ष उक्त क्लबले चार घरेलु प्रतियोगिताहरू जित्न सफल भएको थियो। सन् २०१६ मा उनी पुनः चेल्सी फुटबल क्लबमा फिर्ता भएका थिए। (पूरा  पढ्नुहोस्...)


२०७७ वैशाख चौथौ[सम्पादन गर्नुहोस्]

तेलिया कम्पनीको प्रतिक

तेलिया कम्पनी आबे (स्वीडेनी: Telia Company) एक स्वीडेनी बहुराष्ट्रिय दूरसञ्चार कम्पनी तथा मोबाइल सञ्जाल सञ्चालक हो। कम्पनीको प्रमुख व्यवसाय नर्दिय र बाल्तिक देशहरूमा रहेको छ भने पहिला यसका अरू सञ्जालहरू भने स्पेन, रूस, नेपालका साथै पूर्वका विभिन्न सोभियत गणतन्त्रहरूमा फैलिएको थियो। हाल यसले स्वीडेन, फिनल्यान्ड, नर्वे, डेनमार्क, लिथुआनिया, लात्भिया र इस्टोनियामा सेवा सञ्चालन गरिरहेको छ। १२ अप्रिल २०१६ उत्तरार्ध, समूहले यसको नाम तेलिया सोनेरा आबेमा परिवर्तन गरेको थियो।

कम्पनीको उत्तरी र पूर्वी यूरोप, मध्य एसिया र दक्षिण एसियामा गरि ११ वटा देशमा सेवा सञ्चालन गरेको छ भने सन् २०१३ मा, यसका ग्राहकहरूको सङ्ख्या १९ करोड रहेको थियो। यसको प्रधान कार्यालय स्वीडेनको राजधानी स्तोकहोल्ममा रहेको छ भने कम्पनी स्तोकहोल्म सेयर बजार र हेलसिन्की सेयर बजारमा सूचीकृत छ। राजस्वका आधारमा यो विश्वको ३५अौँ ठूलो दूरसञ्चार कम्पनी हो। (पूरा  पढ्नुहोस्...)

२०७७ वैशाख पाँचौँ[सम्पादन गर्नुहोस्]

सअद लिमुजर्रद (अरबी: سعد لمجرد‎‎) (जन्म: ७ अप्रिल १९८५), मोरक्कोका गायक, नर्तक, अभिनेता, गीतकार तथा सङ्गीतकार हुन्। उनी मोरक्को पप सङ्गीतका निर्माता पनि हुन्। उनी मोरक्कोका प्रख्यात गायक अल बशिर अबदु र अभिनेत्री र गायिका निजह् अल रुकराकीका सन्तान हुन्। अति लोकप्रिय मोरक्केली भाषी अरबी गीतहरू गायका कारण उनी प्रख्यात बनेका थिए।

लिमुजर्रदको साङ्गीतिक कार्यकाल सन् २००७ मा, अरबी भाषाको गायन प्रतियोगिता सुबर सतारमा भाग लिएको देखि सुरु भएको थियो भने उक्त चौथो संस्करणको प्रतियोगितामा उनी उप विजेता बनेका थिए र प्रतियोगिताको विजेता मरवान अली बनेका थिए। प्रतियोगिता पश्चात् उनी दुई वर्ष सम्म साङ्गीतिक क्षेत्रमा देखा परेका थिएनन् र उनी उनले सन् २००० मा, पहिलो गीत वाअदिनी (واعديني) जारी गरेका थिए जसले गर्दा उनको चर्चा चुलिएको थियो। वाअदिनीको साङ्गीतिक श्रव्य दृश्यमा पनि उनी देखा परेका थिए। सन् २०१२ मा, उनले गीत "सालिनह्" जारी गरेका थिए जसमा उक्त गीतमा मोरक्को भाषी अरबी शब्द रहेको थियो। यो अन्तर्राष्ट्रिय शैलीमा रचिएको थियो भने यसमा खाडी पप सङ्गीतको प्रभाव परेको थियो। त्यसपछि उनले लोकप्रिय मानिएको गीत र गिती सङ्गालो माल हाबिबि मालु जारी गरेका थिए जसले युट्युबमा करोडौँको अवलोकन प्राप्त गरेको थियो। (पूरा  पढ्नुहोस्...)