माइक्रोसफ्ट

नेपाली विकिपीडियाबाट

यसमा जानुहोस्: अन्वेषण, खोज

माइक्रोसफ्ट कर्पोरेशन एउटा बहुराष्ट्रिय संस्था हो, जसको वार्षिक आम्दानी करीब ४४.२८ अर्ब जति छ। जुलाइ २००६ सम्मको तथ्यांक अनुसार यो संस्थाको १०२ वटा देशका शाखाहरुमा करीब ७१,५५३ कर्मचारीहरु कार्यरत छन्। यसले धेरै किसिमका कम्प्युटिड उत्पादनहरु बनाउने, लाइसेन्स प्रदान गर्ने र सहयोग गर्ने काम गर्दछ। यसको प्रमुख कार्यालय रेडमन्ड, वाशिंग्टन, यु एस ए मा छ। यसका सर्वाधिक बिक्रि हुने उत्पादनहरु विन्डोज अपरेटिड सिस्टममाइक्रोसफ्ट अफिस सुट हुन्। यी दुबै उत्पादनहरु बजारमा सर्वाधिक पाइने उत्पादन मध्य पर्दछन्।