विशेष सञ्चार संस्था

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विशेष सञ्चार संस्था
व्यवसाय प्रकार
सार्बजनिक
उद्योगदूरसञ्चार
स्थापितजुलाई १९७६ (1976-07)
केन्द्रीय कार्यालय,
सेवा क्षेत्र
आजाद कश्मीर, गिल्गित-बाल्तिस्तान
उत्पादनहरूल्यान्डलाइन
सिडिएमए
जिएसएम
इन्टरनेट
डिएक्सएक्स
मालिकसूचना प्रौद्योगिकी र दूरसञ्चार मन्त्रालय
वेबसाइटsco.gov.pk

विशेष सञ्चार संस्था (एससीओ) सूचना प्रौद्योगिकी र दूरसञ्चार मन्त्रालयद्वारा संचालित एक सार्वजनिक क्षेत्रीय सङ्गठन हो र पाकिस्तानी सेनाद्वारा सम्हालिएको छ । एसओसीले आजाद जम्मू र कश्मीरगिल्गित-बाल्तिस्तान दूरसञ्चार सेवाहरू उपलब्ध गराउने प्रमुख भूमिका खेलेको छ । यसको मुख्यालय पाकिस्तानको रावलपिंडीमा अवस्थित छ ।

विशेष सञ्चार संस्थाले आजाद जम्मू र कश्मीरगिल्गित-बाल्तिस्तानमा ३ जी र ४ जी सेवाहरूको निःशुल्क परीक्षण प्रस्ताव सुरु गरिसकेको छ र उक्त क्षेत्रमा भएका ग्राहकहरूले अब निशुल्क रूपमा उच्च गति ताररहित डाटा सेवाको उपयोग गर्न पाउने यस सरकारी स्वामित्वको प्रवक्ताले जानकारी दिएका थिए।[१]

इतिहास[सम्पादन गर्नुहोस्]

विशेष सञ्चार संस्था एक सार्वजनिक क्षेत्रको सङ्गठन हो जसको सूचना पाकिस्तान सरकारको, सूचना प्रौद्योगिकी र दूरसञ्चार मन्त्रालय अन्तर्गत काम गर्दछ । १९७६ मा स्थापित यस दूरसञ्चार कम्पनीले, आजाद जम्मू र कश्मीर र गिल्गित-बाल्तिस्तान दूरसञ्चार सेवाहरू सञ्चालन र सम्हाल्ने काम गरेको छ । समयको अवधिमा एससीओले सूचना प्रविधि र दूरसञ्चार संरचनालाई ठूलो बनाएको छ जसमा २५०० किलोमीटर लामो अप्टिकल फाइबर केबल सञ्जाल जोडिएको छ यसले क्षेत्रको सम्पूर्ण लम्बाई र चौडाई समेटिएको छ । हाल, एससीओ सबैभन्दा ठूलो दूरसञ्चार सञ्जाल / सेवा प्रदायक हो बराबर रूपमा शहरी र ग्रामीण क्षेत्रको विकासमा ध्यान केन्द्रित गर्दछ । एससिओ आजाद जम्मू र कश्मीर र गिल्गित-बाल्तिस्तान क्षेत्रमा दुवै सार्वजनिक र निजी क्षेत्रको लागि दूरसञ्चार सेवा प्रदान गर्दै आइरहेको छ ।[२]

सेवाहरू[सम्पादन गर्नुहोस्]

विशेष सञ्चार संस्थालाई ८५,७९३ किलोमिटरमा फैलिएका ४.५ मिलियन जनसङ्ख्याको दूरसञ्चार आवश्यकताहरू प्रदान गर्न जिम्मेवारी दिइएको छ । जस्मा, आजाद जम्मू र कश्मीर र गिल्गित-बाल्तिस्तान जस्ता पहाडी इलाकाहरू पर्दछन् ।[३] यसले बराबर रूपमा शहरी र ग्रामीण क्षेत्रको विकासमा ध्यान केन्द्रित गर्दछ । एससीओसँग आजाद जम्मू र कश्मीर र गिल्गित-बाल्तिस्तानको सबैभन्दा ठूलो निस्चित लाइन नेटवर्क छ । एससीओले आजाद जम्मू र कश्मीर र गिल्गित-बाल्तिस्तानका १६०० किलोमिटर क्षेत्रफलमा अप्टिकल फाइबरमा बिछ्याएको छ । यसले डिएसएल र डायल-अप सेवाहरू पनि प्रदान गर्दै आइरहेको छ । [४]

आलोचनाहरू[सम्पादन गर्नुहोस्]

विशेष सञ्चार संस्थालाई प्राय आजाद जम्मू र कश्मीरमा दूरसञ्चार सेवाहरू प्रदान गर्ने अन्य दूरसञ्चार सेवा प्रदायकहरूका लागि बाधाहरू सिर्जना गरेकामा र खराब प्रदर्शनका कारण आलोचित गरिएको छ । विशेष सञ्चार संस्थालाई आजाद जम्मू र कश्मीरमा दूरसञ्चारमा एकाधिकार दिइएको थियो र यसको परिणाम आधुनिक दूरसञ्चार सेवामा कमी रहेको थियो । यस ‍क्षेत्रमा सञ्चार सुबिधा नभएका कारण २००५ मा आएको भुकम्पमा परेर धेरैले ज्यान गुमाउनु परेको थियो ।[५] पछिल्ला प्रदर्शनको परिणामस्वरूप पाकिस्तान सरकारले मोबाइल सञ्चालककका लागि पाकिस्तान प्रशासित कश्मीरमा केन्द्र खोलेको छ जसले यस क्षेत्रमा मोबाइल सेवामा महत्त्वपूर्ण सुधार गरेको थियो ।[६][७]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "३ जी र ४ जीको परीक्षण", टेलिजियोग्राफी, अन्तिम पहुँच १ फेब्रुअरी २०१९ [dead link]
  2. आधिकारिक वेबसाइटबाट, "विशेष सञ्चार संस्थाको जानकारी", अन्तिम पहुँच १ जनवरी २०१७  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-२० मिति
  3. एजेको लाइभ, "सेवाहरूको जानकारी", अन्तिम पहुँच २ अक्टोबर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०११-०५-१७ मिति
  4. "प्रधानमन्त्रीद्वरा उद्घाटन गरियो", डेल्लीटाइम्स डटकम डट पिके, अन्तिम पहुँच २०१७-०२-२५ 
  5. "मानव अधिकनर।प्रतिवेदन" 
  6. "पाकिस्तान दूरसञ्चार प्राधिकरण, समाचार सार्वजनिक" 
  7. "समाचार पृष्ठहरू" 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]