सहर (माछा)

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
Mahseer
वैज्ञानिक वर्गीकरण
जगत: Animalia
संघ: Chordata
वर्ग: Teleostomi
Superorder: Ostariophysi
गण: Cypriniformes
उपगण: Cyprinoidei
कुल: Cyprinidae
उपकुल: Cyprininae
वंश: Tor
Gray, 1834

Neolissochilus
Rainboth, 1985

Naziritor
Mirza & Javed, 1985

Species

See text for species.

सहर/महाशीर/मन्सार

सहर बग्ने पानीमा बस्न रुचाउने माछाको एक प्रजाति हो, जुन तीव्र गतिमा बगेको पानीको धारमा अत्यधिक रमाउँछ। यो फिरन्ता स्वभावको माछा हो, एकै ठाउँमा बसिरहँदैन। अन्य माछाका तुलनामा ठूलो टाउको हुने भएकाले यसको नाम महाशीर भएको हो तर पश्चिम नेपालमा यो महाशेर भनेरै चिनिन्छ। यस्को 'टर पटिटोरा'(tor putitora ) र 'टरटर' गरी महाशेरका दुई प्रजाति छन्। टर पटिटोरा पहेँलो रंगको हुन्छ, जसलाई सुनौलो महाशेर पनि भनिन्छ। टरटर प्रजाति सेतो रंगको हुन्छ, जो सहर वा मन्सारका नामले चिनिन्छ। महाकाली, कर्णाली र बबईलगायतका पश्चिम नेपालका ठूला नदीमा सुनौला महाशेर धेरै पाइन्छन्। पूर्वी नेपालमा धेरै पाइनेचाहिँ सेतो कत्ला भएको महाशेर वा सहर माछा हो।

नेपालका सबैजसो ठूला नदीको एक मुख्य बासिन्दा हो महाशेर माछा। कर्णाली र महाकाली नदी आसपासका बासिन्दामाझ यसको बेग्लै महत्त्व छ। नेपाल-भारत सीमाको धार्चुलादेखि महेन्द्रनगरसम्मको करबि दुई सय किलोमिटर दूरीको महाकाली नदीमा जहाँतहीँ पाइन्छ यो। त्यसमा पनि पञ्चेश्वर महाशेर पाइने मुख्य स्थान हो। कर्णालीमा चाहिँ सेती र कणरालीको संगमदेखि तलैसम्म पाइन्छ।

महाशेरले बाढीमा अन्डा फालिदिन्छ, जसलाई स्थानीयहरू महाशेरको अन्डा फाल्ने समय भन्छन्। यस्तो समय असार पहिलो सातादेखि सुरु हुन्छ। अंग्रेजी महिनाको सेप्टेम्बर र अक्टोबर महाशेरको प्रजननको मुख्य समय मानिन्छ। बग्दै गएर फुल फुट्दै भुरा निस्किँदै जान्छन्। कर्णाली नदीमा भेरी र कर्णाली तथा सेती र कर्णालीको संगम क्षेत्र महाशेरको प्रजनन क्षेत्र हो। त्यहाँका भुरा कर्णाली नदी र भारततर्फको घाघरा नदीसम्म पुग्छन्। खासगरी यो प्रजातिका माछाले पानीको बहाव राम्रो भएका ठूला नदीमा गएर प्रजनन गर्छन्। त्रिशूलीको सहायक तादी नदी महाशेरले अन्डा पार्ने एक विन्दु हो, त्यहाँबाट भुरा त्रिशूली र नारायणी नदीमा हुर्किन्छन्। यस्तै, पूर्वी नेपालका सुनकोसी र अरूण नदीको संगम, तमोर र अरुण नदीको संगम तथा अरूण नदीका सहायक नदीहरू सभा र पिलुवालगायतका नदीनालामा पुगेर प्रजनन गर्छन् सहर माछाले।

नेपालमा ८२ किलो तौलसम्मका महाशेरको रेकर्ड छ। अरुण, तमोर, सुनकोसी, सप्तकोसी, सप्तगण्डकी, नारायणी, बबई, कर्णाली, महाकालीलगायतका नदीमा यस जातका माछा पाइन्छन्। यसबाहेक पोखरा आसपासका विभिन्न तालमा समेत भेटिन्छन्।