घाटु
स्वरूप
घाटु कुमारी युवतीहरूले मन्त्रसहितको गाएर शारीरिक हाउभाउकासाथ नाचिने पुराना कथामा आधारित गुरुङ जातिको लोकनृत्य हो। घाटु मादी नदी र सेती नदीको घाँटीबाट उत्पन्न भएको विश्वास गरिन्छ।[१] प्राचिन समयमा राजाहरू शिकारमा जाँदा कुकुरको घाँटीमा घाँडो झुण्ड्याउँथे। त्यही घाँडोको तालमा गुरुबाउले गायनकासाथ नाच्न थालेपछि यस लोकनृत्यको सुरुवात भएको हो। गुरुङ समुदायमा घाटुलाई बैशाख पुर्णिमादेखि मार्ग शुक्लपूर्णिमासम्म चलाईन्छ। घाटु सुरुगर्नु अघि सम्पुर्ण गुठियारहरु जम्माहुनु अनिवार्य मानिन्छ। यसको सुरुवात हिमचुली, देवचुली र वरचुलीको स्तुती गाएर गरिन्छ। यस लोकनृत्यमा संगीत, गायन र नृत्यको संयोजन पाइन्छ। नवरस मध्ये करुण रसको प्रयोगकासाथ प्रस्तुत गरिने यो लोकनृत्य गाईको गोबरले लिपेर बनाइएको मण्डपमा प्रस्तुत गर्ने प्रचलन रहेको छ।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ नेपाली बृहत् शब्दकोश ISBN No.: 978-99933-71-10-6 , नेपाल प्रज्ञा प्रतिष्ठान
- ↑ नेपाली लोकसाहित्य, पूर्व आधुनिक साहित्य तथा आधुनीक नेपाली निबन्ध, कृष्णविलास पौड्याल