नारायण प्रसाद पोखरेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

वाचन शिरोमणि पं . नारायण प्रसाद पोखरेल

नारायण प्रसाद पोखरेल नेपालका चर्चित पुराणवाचक पण्डित थिए। उनको माओवादी द्वारा रूपन्देहीमा हत्या भयो।

जन्म[सम्पादन गर्नुहोस्]

चित्र:Narayan Prada Pokharel
पं . नारायण प्रसाद पोखरेल

वि.स. २०१३ सालमा गोरखामा जन्मेका थिए ।

मृत्यु[सम्पादन गर्नुहोस्]

आफ्ना जीवनको ११३६ औँ भागवत कथा र धन धान्याचल महायज्ञ सम्पन्न भइरहेको समयमा बैशाख २३, वि.सं.२०६२ गते रामापुरमा हत्या गरिएको थियो । बी बी सी नेपाली सेवामा यस हत्यको जिम्मेवारी माओवादीको भातृसङ्गठन दलित मुक्ति मोर्चाले लिएको समाचार प्रसारित भएको थियो । पाल्पाको खानेपानी योगदानका लागि भागवत कथा तानसेनमा सम्पन्न गरी पं.पोखरेल रामापुर पुगेका थिए । तानसेन बजारमा पानीको व्यापक अभाव भएकोले तानसेन उनको प्राथमिकतामा थियो । रामापुर क्याम्पस रुपन्देहीको कथावचन सकेर दुई दिन पछि उनको रानीबास गुल्मीमा निर्माणाधीन क्याम्पसको सहयोगार्थ भागवत पुराणवाचन कार्यक्रम तय भएको थियो ।यस कार्यक्रमको प्रचार प्रसार समेत भइसकेको थियो ।तात्कालिक दुधराक्ष गाविसमा रहेको रामापुर क्याम्पसको स्तरोन्नति र भौतिक विकासका लागि महायज्ञ र कथावाचन आयोजना गरिएको थियो । त्यस क्याम्पसका अध्यक्ष डिल्लीराम ज्ञवाली थिए । पूजा समितिको आयोजक बालकृष्ण गैरे थिए । त्यहाँ कथावाचन गर्नु अघि दाङ्मा माआवादी नेताहरूले उनलाई दही खुवाएर स्वागत गरेका थिए । साथै माओवादी नेताहरूले उनको कथावाचनमा उनीहरूको कुनै आपत्ति छैन भन्ने आश्वासन समेत दिएका थिए ।

पद[सम्पादन गर्नुहोस्]

हत्याको समयमा उनी विश्व हिन्दु महासङ्घ नेपालका राष्ट्रिय अध्यक्ष पदमा थिए ।

योगदान[सम्पादन गर्नुहोस्]

जनस्तरबाट वाचन शिरोमणिको उपाधिले सम्मानित पं. पोखरेलले भगवान कथाको माध्यमबाट भौतिक विकास र अस्पश्र्यता निवारणको प्रयास गरेर हिन्दु धर्ममा एक जागरण ल्याइ दिएका थिए। उनको प्रवचन र भजन सुन्न राजा वीरेन्द्रगणेशमान सिंह पनि गएका थिए । जहिले पनि हजारौं व्यक्तिहरु जम्मा हुने गर्दथे । भागवत कथा वाचनको ३० वर्ष अवधिमा उनले लगभग ८००० दिन निरन्तर कथा वाचन गरेका थिए । विश्व हिन्दु महासङ्घ मार्फत सक्रिय भएपछि उनको कथावाचन शैली अझ लोकप्रिय भई उन समाज सुधारका लागि समेत समर्पित थिए । सामान्य भन्दा सामान्य देखि विशिष्ट भन्दा विशिष्ट व्यक्तिहरूलाई उहा“ले सन्तुष्ट गर्न सक्थे । कथा भनेर स्कूल, क्याम्पस, अस्पताल, वृद्धाश्रम, सामाजिक भवन, बाटो, पुल र खानेपानी आदि दर्जनौं निर्माण कार्य गराउदै र कथाको माध्यमबाट अस्पश्र्यता निवारण कार्यलाई अभियानको रूपमा संचालित गरेका थिए । दक्षिणी अमेरिकामा रहेको सानो देश ट्रिनीडाडमा वि.सं.२०६१ मा सम्पन्न विश्व हिन्दु महासम्मेलन पछि उनले नेपाललाई विश्वका हिन्दुहरूको एकमात्र केन्द्रको रूपमा विकसित गर्ने परिकल्पना गरेका थिए । उनीबाट प्रभावित भएर साक्षर, निरक्षर, समाजसेवी, शिक्षक, कर्मचारी, व्यापारी, विद्यार्थी आदि अनेक वर्ग र पेशाका मानिसहरु उहा“को अभियानमा समावेश भएका थिए । उनलाई नेपालले धर्मशहीद घोषणा गरेको छ ।[१]

समाचार प्रकाशन र प्रसारण[सम्पादन गर्नुहोस्]

उनको हत्यको समाचार कान्तिपुर, काठमान्डु पोस्ट, अन्नपूर्ण पोष्ट , हिमाल पाक्षिक, घटना र विचार, साप्ताहिक विमर्श, जनसंघर्ष आदि राष्ट्रिय र स्थानीय पत्रिकाहरु तथा स्थानीय एफ एम राष्ट्रिय प्रसारण रेडियो र टी भी लगायत बी बी सी लन्दनबाट प्रकाशित र प्रसारित भएको थियो । [२][३][४][५][६][७][८]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. ॐज्ञानज्योति त्रैमासिक, विश्व हिन्दु महासङ्घ, रुपन्देही अंक १३, वि.सं.२०६३
  2. दीपेन्द्र बडुवाल, लोकप्रिय पण्डितको हत्या =कान्तिपुर बैशाख २४, वि.सं. २०६२
  3. महेन्द्र थापा, वाचन शिरोमणि पोखरेलको हत्या, हत्यारा फरार, सहायक वाचक भट्टराई घाइते, दाहसंस्कार सम्पन्न| अन्नपूर्ण पोष्ट| बैशाख २४, वि.सं. २०६२
  4. संवाददाता, =महापण्डितको हत्या रहस्यमय, हत्याको छानविन तथा सहिद घोषणा गर्न सर्वत्र माग,घटना र विचार, बैशाख ८, वि.सं.२०६२
  5. संवाददाता, साप्ताहिक विमर्श पोखरेलको हत्याः आवेशको आदेश बैशाख ३० वि.सं.२०६२
  6. लक्ष्मण पौडेल र टोपराज शर्मा =वाचन शिरोमणिको हत्या जनसंघर्ष बैशाख २४,२०६२
  7. पं. पोखरेलको शंकास्पद हत्या, हिमाल पाक्षिक जेठ १–१५, २०६२
  8. Deependra Baduwal and Madhab Dhungana, Social Reformer Shot Dead Kathmandu Post, May 27, 2005

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

https://www.youtube.com/OnlineSanskritUniversity