मनकामना केबलकार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मनकामना केबलकार
स्टेशनमा मनकामना केबलकार

मनकामना केबलकार नेपालमा वि.सं २०५५ मंसिर ८ गतेदेखि सञ्चालनमा रहेको पहिलो केबलकार हो । नेपालमा यसभन्दा अघि विभिन्न स्थानमा रज्जुमार्गहरू सञ्चालनमा रहेका भएपनि हाल सञ्चालनमा छैनन् । प्रत्येक वर्ष हजारौं भक्तजनहरू चितवन जिल्लाको कुरिनटारको चेरेसबाट यो केबलकार हुँदै गोरखा जिल्लाको मनकामना मन्दिर पुग्ने गर्दछन् । मनकामना दर्शन प्रा. लि.द्वारा सञ्चालित ३.०२ किलोमिटर लामो यो केबलकार अष्ट्रेलियाको डोपल मायर कम्पनीको प्रत्यक्ष निगरानीमा निर्माण गरिएको थियो [१] । कुल २० वटा टावर प्रयोग गरिएको यो केबलकारको तल्लो स्टेशन उचाइ २५८ मिटर रहेको छ भने माथिल्लो स्टेशनको उचाइ १,३०२ मिटर रहेको छ । १० मिनेटमा माथिल्लो स्टेशनसम्म पुग्ने यो केबलकारको गति क्षमता ०.६ मिटर प्रति सेकेन्ड रहेको छ । ६ व्यक्ति प्रति डब्बा यात्रु क्षमता भएको यो केबलकारले प्रति घण्टा ६०० यात्रु ओसारपसार गर्न सक्छ [२]

प्रधान कार्यालय - नक्साल, काठमाण्डौ सर्म्पर्क फोन : ०६४-४६००४४

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]