कुश्मा-बलेवा यान्त्रिक पुल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कुश्मा-बलेवा यान्त्रिक पुल बागलुङ जिल्लाको बलेवादेखि पर्वत जिल्लाको कुश्मा निर्माण गरिएको जोड्न केबलकार मोडलको यान्त्रिक पुल हो । कुश्मा बजारदेखि नारायणस्थानको ढिकसम्म कालीगण्डकी नदीमाथि निर्माण गरिएको यो पुल कुश्मा-बलेवा यान्त्रिक पुल लिमिटेडले करिब चार करोडको लागतमा बनाएको हो । सो पुलमा दुवैतर्फ पोल गाडेर ५ सय ५० मिटर लामा छ वटा फलामका लठ्ठा जडान गरिएको छ । फलामका लठामा यात्रु बस्न दुई वटा डब्बा जडान गरिएको छ। एक डब्बामा एक पटकमा आठ जना गरी दुईमा १६ जना सवारी गर्न सक्नेछ । विद्युत र जेनेरेटरबाट चल्ने पुलमा यात्रुका साथै मालसामानसमेत ढुवानी गर्न सकिनेछ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]