पर्दा, समय र मान्छेहरू (कथासङ्ग्रह)
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
लेखक | झमक घिमिरे |
---|---|
आवरण कलाकार | सुवर्ण हुमागाईँ |
देश | नेपाल |
भाषा | नेपाली भाषा |
विषय | कथा |
प्रकार | सामाजिक, द्वन्द्व |
प्रकाशक | विवेक सिर्जनशील प्रकाशन प्रा. लि. |
प्रकाशित मिति | विसं २०६२ |
पृष्ठ | ४० पृष्ठ |
पर्दा, समय र मान्छेहरू नेपाली साहित्यकार झमक घिमिरेद्वारा लेखिएका एघार कथाहरूको सङ्ग्रह हो । विवेक सिर्जनशील प्रकाशन प्रा. लि.ले विसं २०६२ सालमा प्रकाशित गरेको यो कथासंग्रहमा कुल ४० पृष्ठ रहेकाछन् । साहित्यकार झमक घिमिरेका अनुसार यो उनका प्रारम्भिक चरणका कथाहरूको सङ्ग्रह हो । मानवीय मूल्य, मान्यता र जनजीवनका भोगाइहरूलाई मुख्य विषयवस्तु बनाएर लेखिएका यी कथाहरूमा आफ्ना पात्रहरूले निर्धो प्रजातन्त्र र स्वतन्त्रताको खिल्ली उडाएको उनको विश्वास छ ।