ध्रुव सापकोटा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


ध्रुव सापकोटा
जन्मवि.सं. २००९ साउन
कुशादेवी, काभ्रेपलाञ्चोक
राष्ट्रियतानेपाली
पेशासाहित्यकार

ध्रुव सापकोटा (वि.सं. २००९ - ) साहित्यकार हुन् । उनको अकल्पनीय उपन्यासले वि. सं २०६६ सालमा पद्यश्री साहित्य सम्मान प्राप्त गर्न सफल भएको थियो ।

जीवनी[सम्पादन गर्नुहोस्]

सापकोटाको जन्म वि.सं. २००९ साउनमा कुशादेवी, काभ्रेपलाञ्चोकमा भएको हो। उनले बी.कम्. (व्यवस्थापनमा स्नातक) पूरा गरेका छन्।

कृतिहरू[सम्पादन गर्नुहोस्]

उनको पहिलो रचना वि.सं. २०२७मा रूपरेखा मासिकमा 'उज्यालो हुनुअघि' शीर्षकको कथा प्रकाशित भएको थियो। उनका कृतिहरूः

  • प्रति चक्रव्यूह (कथासङ्ग्रह सहलेखन, वि.सं. २०३२)
  • उच्चारण (कथासङ्ग्रह, वि.सं. २०३५)
  • नेपथ्य (कथासङ्ग्रह, वि.सं. २०४८)
  • हामी हाँसिरहेछौं (कथासङ्ग्रह, वि.सं. २०५३)
  • अन्धकार (कथासङ्ग्रह, वि.सं. २०६०)
  • आकाश विभाजित छ (उपन्यास सहलेखन, वि.सं. २०३२)
  • अवतार विघटन (उपन्यास सहलेखन, वि.सं. २०४५)
  • देहमुक्त (उपन्यास सहलेखन, वि.सं. २०४४)
  • ज्यागा (उपन्यास सहलेखन)
  • विखण्डित (उपन्यास, वि.सं. २०५५)

सम्पादित, अनुवादित र फुटकर कृति[सम्पादन गर्नुहोस्]

  • कलिलो (बाल पाक्षिक/मासिक, सम्पादन)
  • प्रतिक (द्धैमासिक, सम्पादन)
  • वेणी (मासिक, सम्पादन)
  • विभिन्न पत्र-पत्रिकाहरूमा कथा, कविता, लेख, निबन्ध, अन्तर्वार्ता प्रकाशित,

संलग्नता[सम्पादन गर्नुहोस्]

  • लेखक सङ्घ काठमाडौँ (सचिव)
  • पेन इन्टरनेशनल (सदस्य)
  • बुट पालिस आन्दोलन (वि.सं. २०३१)
  • सडक कविता क्रान्तिका सहभागी
  • सिद्धिचरण काव्य प्रतिष्ठान (कोषाध्यक्ष)

पुरस्कार[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]