शर्मिला खड्का (दाहाल)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शर्मिला खड्का (दाहाल) साहित्यकार हुन्।

जीवनी[सम्पादन गर्नुहोस्]

शर्मिलाको जन्म वि. सं. २०२३ साल कार्तिक १२ गते पिता टीकाबहादुर खड्का र माता नरमाया खड्काकी सुपुत्रीका रूपमा धरान ८, भोटेपुलमा भएको हो। उनी एम्. ए. की विद्यार्थी हुन्। खड्काले केही वर्ष शिक्षणमा बिताएकी थिइन्।

पुरस्कार[सम्पादन गर्नुहोस्]

कथा, कविता, लेख, बालसाहित्यमा कलम चलाउँदै आएकी छन्। उनका प्रकाशित कृतिहरूः

  • [[साझा बालसाहित्य पुरस्कार]] (वि. सं. २०६०)
  • अनेसासको सर्वोत्कृष्ट नारी हस्ताक्षर
  • स्व. डिल्लीराम तिम्सिना स्मृति पुरस्कार (वि. सं. २०६७)

सम्मान[सम्पादन गर्नुहोस्]

  • नेपाल बालसाहित्य समाजको राष्ट्रिय सम्मेलनमा धरान बालसाहित्य समाज (वि. सं. २०६०)
  • मनोक्रान्ति बालविकास केन्द्र इटहरी (वि. सं. २०६०)
  • पाटन लेडी जेसिजद्वारा, जेसी महिला सम्मान कार्यक्रम (वि. सं. २०६३)
  • एभरेष्ट फाउन्डेशन काठमाडौद्वारा, नेपाल सम्मान (वि. सं. २०६४)

कृति[सम्पादन गर्नुहोस्]

  • सानी (बालमनोवैज्ञानिक उपन्यास भाग:१, वि. सं. २०६०)
  • सानीको साहस (धारावाहिक बाल उपन्यास सानीको भाग -२, वि. सं. २०६२)
  • मित्रताको महत्त्व (साझा प्रकाशन, वि. सं. २०६३)
  • संवत्-अफिस (लघुकथा सङ्ग्रह, वि. सं. २०६४)
  • सिन्केको सफलता (बालउपन्यास, वि. सं. २०६४)
  • उज्यालो बाटो शिक्षाको (बालएकाङ्की सङ्ग्रह २०६४)
  • समयको क्यानभासमा (कथासङ्ग्रह, वि. सं. २०६५)
  • सिर्जना र सन्त्रास (निबन्धहरू, वि. सं. २०६८)
  • क्यानभासमा कोरिएका कथाहरू (कथाहरू, वि. सं. २०६८)
  • फेसबुक च्याटिङ (कथाहरू, वि. सं. २०६९)
  • चुलबुले बादल (कथासङ्ग्रह, वि. सं. २०६९)

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]