देवलोक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

स्वर्ग लोक अथवा देवलोक हिन्दू मान्यताका अनुसार ब्रह्माण्डको त्यो स्थानलाई भनिन्छ जहाँ हिन्दू देवी-देवताहरूको वास हुन्छ।

हिन्दू धर्ममा विष्णु पुराणका अनुसार, त्रैलोक्य -- भूः , भुवः र स्वः – यी तीन लोक मिलेर त्रैलोक्य भनिन्छ। सूर्य र ध्रुवको बीचमा जो १४ लाख योजनको अन्तर छ, उसलाई स्वर्लोक भन्दछन्।

हिन्दू धर्ममा, संस्कृत शब्द स्वर्गलाई मेरु पर्वत भन्दा माथिल्ला लोकहरूमा प्रयुक्त हुन्छ भनेर वर्णन गरेको पाईन्छ। यो त्यस्तो स्थान हो, जहाँ पुण्य गर्ने व्याक्ती, आफ्नो पुण्य क्षीण हुने बेला सम्म, अर्को जन्म लिनु भन्दा पहिला रहन पाउँछ। यो स्थान ती आत्माहरूको लागि नियत छ, जसले पुण्य त गरेका छन्, तर उनीहरूलाई अहिले मोक्ष अथवा मुक्ति मिलेको छैन। यहाँ सबै प्रकारको सुविधाहरू उपलब्ध छन् , एवं सम्पुर्ण पापहरूबाट पर रहन्छ। यसको राजधानी अमरावती हो, जसका द्वारपाल इन्द्रको वाहन ऐरावत हुन्। यहाँका राजा इन्द्र हुन्।