गोपालराज मैनाली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गोपालराज मैनाली (वि.सं. २००० - वि.सं. २०६४) नेपाली चलचित्रका हाँस्यकलाकार थिए।

जीवनी[सम्पादन गर्नुहोस्]

मैनालीको जन्म वि.सं. २००० कार्तिक १६ गते काभ्रेपलाञ्चोक जिल्लाको मङ्मलटारमा भएको हो। उनका बुबाको नाम रोहिणीप्रसाद र आमाको नाम गणेशकुमारी हो ।


कृति[सम्पादन गर्नुहोस्]

मैनाली ''बालपोष'' बाल-पत्रिकासँग आबद्ध थिए । उनको कृति खुसुक्क भन्नुस्-फच्च्या प्रकाशित छ ।


अभिनय[सम्पादन गर्नुहोस्]

नेपाली चलचित्र वृत्तमा 'चङ्खे' नामबाट चर्चित गोपालले चार दशक हास्य अभिनयमा बिताएका उनको पहिलो चलचित्र हिजो आज भोलि हो। वि.सं. २०२४मा हीरा सिंह निर्देशित यो चलचित्रमा उनी सानो भूमिकामा थिए। वि.सं. २०३३मा चलचित्र संस्थानले बनाएको सिन्दुरमा 'चङ्खे र नक्कली'को भूमिकामा मैनालीसँगै वसुन्धरा भुसाल देखिएपछि यो जोडी चर्चाको शिखरमा रह्यो।

चलचित्रकर्मी चेतन कार्कीका अनुसार 'सिन्दुर'मा जोडी जम्नुअघि नै प्रकाश थापाले वि.सं. २०२९मा मनको बाँधमा खेलाउन चाहेका थिए। भुसाललाई 'डाँडाघरे साइँली' र मैनालीलाई 'पसलेको छोरा'को भूमिकामा। गोपाल बिरामी भएपछि वसुन्धरा एक्लै परिन्। 'सिन्दुर'ले बनाइदिएको 'चङ्खे र नक्कली'को छविकै कारण थापाले यो जोडीलाई जीवनरेखा, सन्तान, र कन्यादानमा पनि लिए। पछि मणि प्रधानको दाजुभाइ, प्रदीप रिमालको के घर के डेरानारायण पुरीको लक्ष्मणरेखामा पनि सँगै देखिए।

चलचित्र देउकीपछ्यौरीमा मैनाली र भुसाल जोडी नभई फरक-फरक भूमिकामा देखिए। थापाकै अर्को चलचित्र अधिकारमा जोडीको भूमिका तय भइसकेपछि मैनाली बिरामी परेका थिए। मैनालीको सट्टा राजाराम पौडेलले खेले।

यादव खरेल निर्देशित नाटक सुब्बा साप, लय संग्रौलाको पाटीको बास, प्रभाकर शर्माको लौ मार्‍यो लगायत आधा दर्जन टेलिचलचित्रमा पनि मैनाली र भुसालले जोडी भूमिका गरेका थिए।

मैनालीले ठूला र साना गरी ६० जति चलचित्रमा अनिभय गरेका थिए। अरूको तुलनामा 'सिन्दुर'को अभिनय धेरै उत्कृष्ट रह्यो।

निधन[सम्पादन गर्नुहोस्]

उनको निधन वि.सं. २०६४ साल माघ २७ मा निधन भयो। कलाकार निमोनियाबाट पीडित थिए। उनी ४२ दिनदेखि काठमाडौँ मेडिकल कलेज, सिनामंगलमा उपचाररत थिए।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]