चेतन कार्की

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चेतन कार्की
जन्म१९९५ कात्तिक २२
स्याङ्जा, बहाँटारी, थुमआरुखर्क
मृत्यु२०७८ जेठ २
नागरिकतानेपाली
पेशानिर्देशक, लेखक, गायक

चेतन कार्की (वि.सं. १९९५ कात्तिक २२- २०७८ जेठ २) एक नेपाली चलचित्रका सफल निर्देशक, लेखक, कवि, गीतकार तथा साहित्यकार हुन्।[१][२][३] उनको जन्म स्याङ्जाको बहाँटारी, थुमआरुखर्कमा भएको थियो। उनी दाइलाई बोलाउँ भने लेक स्वर पुग्दैन, तीजको रहर, माया पिरतीको चोखो कथा, छोरीको जन्म हारेको कर्म, बैनीको दया छ भने जस्ता चर्चित गीतका रचनाकार हुन्। उनका शब्दमा नेपालका स्थापित गायक गायिकाहरु नारायणगोपाल, तारा देवी, अरुणा लामा, किरण प्रधान, प्रकाश श्रेष्ठ लगायतले स्वर दिएका छन्।[१]

जेष्ठ २, २०७८ मा उनको काठमाडौंको आर्मी अस्पतालमा ८३ वर्षिय कार्कीको कोभिडका कारण निधन भयो।

फिल्म[सम्पादन गर्नुहोस्]

वर्ष चलचित्रको नाम भूमिका
सन् १९८८ माया प्रीति निर्देशक

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ गीतकार तथा निर्देशक चेतन कार्कीको निधन. setopati.com
  2. निर्देशक चेतन कार्कीको निधन. nmbnews.com
  3. रहेनन् फिल्म निर्देशक चेतन कार्की. filmykhabar.com