जोखिम व्यवस्थापन
जोखिम व्यवस्थापन (अङ्ग्रेजी: Risk Management) भन्नाले संस्थाको सञ्चालक समिति, व्यवस्थापन तथा कर्मचारीहरूले लागु यस्तो प्रक्रियालाई जनाउँदछ, जस अनुसार संस्थाको उद्देश्य प्राप्ती हुने निश्चितताको लागि संस्थाको रणनीति तयार गर्दा तथा सङ्गठन भरी भएका संस्थालाई प्रभाव पार्ने कारोवारहरु पत्ता लगाई त्यसबाट हुने जोखिमलाई संस्थाले बहन गर्न सक्ने जोखिमको तहसम्म व्यवस्थापन गर्दछ ।
जोखिम भन्नाले कुनै पनि कार्य सफल नहुने अनिश्चिततालाई जनाउँदछ। जोखिमले संस्थाको उद्देश्य प्राप्तीलाई अवरोध पुर्याउँदछ। जोखिमको दुई मौलिक कुराहरु हुन्छन्, पहिलो जोखिमको सम्भाव्यता (अङ्ग्रेजी: Probability) तथा दोश्रो जोखिमको प्रभाव (अङ्ग्रेजी: Impact) । प्रत्येक जोखिम समान महत्त्व राख्ने हुदैन किनकि जोखिम अनुसार त्यसको सम्भावयता तथा त्यसले पार्ने प्रभाव फरक हुन्छ । गणितीय हिसाबमा जोखिमलाई निम्न शुत्र अनुसार मापन गर्न सकिन्छ ।
जोखिम = (जोखिमको सम्भावयता) x (जोखिमको प्रभाव)
परिभाषा
[सम्पादन गर्नुहोस्]जोखिम व्यवस्थापन (अङ्ग्रेजी: Risk Management) भन्नाले सस्थाले सामना गर्नुपर्ने जोखिम पहिचान ,मापन,अनुगमन व्यवस्थापन ,नियन्त्रण र रिपोर्टिङका लागि सुदृढ जोखिम व्यवस्थापन संरचना तयार गर्ने ,जोखिम लाई न्यूनीकरण गर्ने र सम्पुर्ण क्षेत्र समेटिनेगरि बनाइयको एकिकृत पद्धति नै जोखिम व्यवस्थापन हो ।
जोखिम व्यवस्थापनका विधिहरू /प्रक्रिया
[सम्पादन गर्नुहोस्]जोखिमको पहिचान
[सम्पादन गर्नुहोस्]जोखिम व्यवस्थापन अन्तर्गत जोखिम न्युउनिकरणको प्रारम्भ जोखिमको पहिचानबाट सुरु हुन्छ। जोखिमको पहिचान भन्नाले संगठनले हालसम्म सामना गरिरहेको र निकट भविष्यमा सामना गर्नुपर्ने सम्भाव्य जोखिमहरू पत्ता लगाउने कामलाई जनाउँछ।
कुनै पनि व्यवसायिक संगठनले दैवि विपत्ति देखि प्रतिस्पर्धा, ग्राहक, वितरक प्रणाली, वित्तीय वातावरण, व्यवसायको सञ्चालन, कर्मचारी, व्यवसायको छवि, प्राविधिक, राजनैतिक, सामाजिक तथा सांस्कृतिक आदि तत्त्वहरूबाट उत्पन्न हुने जोखिमहरूको सामना गर्नु पर्ने हुन्छ। यश प्रकारका जोखिमहरूको पहिचान र वर्गीकरण गर्न सकिएमा जोखिमलाई कम वर्नमा मद्दत पुग्दछ।
जोखिनको असरको मापन
[सम्पादन गर्नुहोस्]दोस्रो चरणमा विभिन्न वर्गका जोखिमले संगठन सञ्चालनमा पार्न सक्ने प्रभावको मापन गर्नुपर्दछ। जोखिमको अनेकौं प्रकार हुन्छन् तर सबै प्रकारका जोखिमले व्यवसायलाई समान रुपमा असर पार्दैन।
जोखिमको प्रभावको मापन गरेपछि जोखिमलाई धेरै असर पार्ने देखि न्यून असर पार्ने क्रममा श्रेणीकरण गर्नुपर्छ।
जोखिम व्यवस्थापन
[सम्पादन गर्नुहोस्]जोखिम व्यवस्थापन भनेको जोखिमलाई कम गर्ने वा जोखिम निराकरण गर्ने कार्य हो। सबै प्रकारका जोखिमलाई एउटै प्रविधिबाट कम गर्न सकिदैन। जोखिमलाई कम गर्न अनिसरण गरिने मुख्य विधि निम्नानुसार छन्:
- जोखिमको हस्तान्तरण
कुनै संगठनले सामना गर्नुपर्ने जोखिम अन्य पक्षलाई हस्तान्तरण गरि जोखिम न्यून गरिन्छ। यसरी जोखिम हस्तान्तरण गर्ने मुख्य विधि बीमा हो। विशेषगरि आकस्मिक जोखिमहरू जस्तै : कारखानामा आगलागी हुने, मुख्य उपकरण विस्फोट हुने, गाडी, जहाज दुर्घटनामा पर्ने आदीको बीमा गराई जोखिम कम गर्न सकिन्छ। - कार्यको हस्तान्तरण
- कार्यको परित्याग
- रोकथाम
- व्युत्पत्ति प्रतिभूतिहरूको प्रयोग