गोल लाईन प्रविधि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

गोल लाईन प्रविधि (कहिलेकाहीं गोल निर्णय तरिका) पनि भन्ने गरिएको छ ।[१]) यो बास्तवमा एउटा तरिका हो जसले फुटबल खेलमा बलले गोलको रेखा निश्चितरूपले पार गर्यो कि गरेन भन्ने बिषयको छिनोफानो गर्ने गर्दछ ।[२] फुटबल खेलमा गोलको बिषयमा गरिएको बिबादास्पद निर्णयले यसको जन्म भएको हो। अन्तराष्ट्रिय फुटबल म्याचको नियम बनाउने संस्था अन्तराष्ट्रिय फुटबल म्याच एसोसिएशन बोर्ड (आईएफएबी)ले बहुप्रतिक्षित गोल–लाईन प्रविधिलाई सन् २०१२ जुलाई ५ मा स्वीकृति दिएको हो । आईएफएबीले क्यामरा र बलमा राखिएको सेन्सरका आधारमा काम गर्ने दुई प्रविधिलाई अनुमति दिएको हो । यो प्रविधिबाट खेलका क्रममा बलले गोल लाईन पार गरे नगरेको जांचिन्छ । गोल लाईन प्रविधिको प्रयोग प्रिमियर लिगमा पनि हालै प्रयोग गरएको छ । मैदान भित्र रहेको आधुनिक क्यामेराहरूले र बलमा लागेको सेन्सरको आधारमा रेफ्रीको घडीमा जोडिएको गोलकन्ट्रोल ३ डि प्रविधिवाट एक सेकेन्ड भित्र रेफ्रीसम्म गोलको खबर पुग्दछ ।फिफाले पनि यस प्रविधिको प्रयोग सन् २०१४ फिफा विश्वकपमा गरिरहेको छ ।

श्रेणी[सम्पादन गर्नुहोस्]

  1. "Wenger praise for Goal Decision System", PremierLeague.com, ८ अगस्ट २०१३, अन्तिम पहुँच १० अगस्ट २०१३  वेब्याक मेसिन अभिलेखिकरण ८ जनवरी २०१५ मिति
  2. FIFA (२०१२), "Testing Manual", FIFA Quality Programme for Goal Line Technology