ग्लिसेरोल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ग्लिसेरोललाई ग्लिसिरिन पनि भनिन्छ । यो रङगहिन, गुलियो स्वाद भएको बाक्लो तरल पदार्थ हो । यो पानीमा घुल्दछ तर इथर (रसायन) मा घुल्दैन । ग्लिसेरोल एउटा ट्राइहाइड्रीक अल्कोहल हो । प्रोपेनलाई विभिन्न रासायनिक प्रतिक्रियाहरु गराई तिनओटा हाइड्रोजनलाई तिनओटा OH रेडिकलले विस्थापित गराई ग्लिसेरोल तयार गर्न सकिन्छ ।

ग्लिसेरोलको संरचनात्मक सुत्र

ग्लिसेरोलको उपयोगिता[सम्पादन गर्नुहोस्]

  1. सुर्तीलाई रसिलो (नसुकाई) राख्न, फलफूल र खाद्य पदार्थहरूलाई नसुकाई, नकुहाई राख्न पनि यसको प्रयोग गरिन्छ ।
  2. औषधि बनाउन पृपिन्टिङ मसी र स्ट्याम्प प्याडको मसी बनाउने काममा ग्लिसेरोलको प्रयोग गरिन्छ ।
  3. छालालाई फुट्नबाट जोगाउन यसको प्रयोग गरिन्छ ।
  4. उच्चस्तरको टोइलेट साबुन तथा कस्मेटिकका समानहरु बनाउन प्रयोग गरिन्छ ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]