मिथेन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

आणविक सुत्र - CH

मिथेनको एटोमिक मोडेल

परिचय[सम्पादन गर्नुहोस्]

सबभन्दा सर्ल एलिफाटिक हाइड्रोकार्बनका रूपमा मिथेनलाई चिनिन्छ । यो ग्यास तेलको शुद्धीकरण गर्दा प्राकृतिक ग्यास, कोइलाखानी तथा गोबर ग्यासमा समेत पाइन्छ । यो ग्यास धापिलो क्षेत्र(marshy place) मा पाइने भएकाले Marsh gas पनि भनिन्छ ।

इतिहास[सम्पादन गर्नुहोस्]

नोबेम्बर १७७६मा इट्लीका वैज्ञानिक ऐलेजन्ड्रो भोल्टाले इट्ली र स्वीजरल्याडमा फेलेर रहेको म्यागिओर तालबाट पत्ता लगाएका थिए । पछि उनले शुद्ध मिथेन पनि जम्मा पारे ।

उपयोगिता[सम्पादन गर्नुहोस्]

  1. मिथेन घरेलु एलपी ग्यास का रूपमा प्रयोग गरिन्छ ।
  2. विभिन्न यौगिकहरु जस्तै: क्लोरोफर्म, कार्बन टेट्राक्लोराइड, मिथाइल अल्कोहल, फर्माल्डिहाइड बनाउन प्रयोग गरिन्छ ।
  3. हाइड्रोजनको औधोगिक उत्पादन गर्न प्रयोग गरिन्छ ।
  4. मिथेनबाट प्राप्त हुने कार्बन ब्ल्याक रबर उद्योगमा प्रयोग हुन्छ ।
  5. छाप्ने मसी र रङ बनाउन यसको प्रयोग गरिन्छ ।