इरी ताल
स्वरूप
इरी ताल | |
---|---|
रहेको स्थान | उत्तर अमेरिका |
समूह | विशाल तालहरू |
भौगोलिक निर्देशांक | ४२°१२′N ८१°१२′W / ४२.२°N ८१.२°Wनिर्देशाङ्कहरू: ४२°१२′N ८१°१२′W / ४२.२°N ८१.२°W |
तालको प्रकार | हिमनदी ताल |
अन्तर्वाह | डेट्रोइट नदी[१] |
बहिर्वाह | नायगरा नदी वेल्याण्ड नहर[२] |
सिंचित क्षेत्र | क्यानाडा संयुक्त राज्य |
अधिकतम लम्बाई | २४१ माइल (३८८ किमी) |
अधिकतम चौडाई | ५७ माइल (९२ किमी) |
सतहको क्षेत्रफल | ९,९१० वर्ग माइल (२५,६६७ किमी२)[२] |
औसत गहिराई | ६२ फिट (१९ मी)[२] |
अधिक गहिराई | २१० फिट (६४ मी) |
पानीको आयतन | ११६ घन माइल (४८० किमी3)[२] |
अवधारण समय | २.६ वर्ष |
किनारको लम्बाई१ | ७९९ माइल (१,२८६ किमी) सँगै ७२ माइल (११६ किमी) टापुको लागि[३] |
सतहको उचाई | ५६९ फिट (१७३ मी)[२] |
टापूहरू | २४+ |
बसोबास | बफेलो, न्यू योर्क एरी, पेन्सिलभेनिया टोलेडो, ओहियो क्लेभल्याण्ड, ओहियो |
१ किनारको लम्बाईको उचित मापन भएको छैन । |
इरी ताल[४] (/ˈɪri/; फ्रान्सेली: Lac Érié) उत्तर अमेरिकाको पाँच ठुला तालमध्ये चौथो ठुलो ताल हो । विश्वका तालहरूमा यो दशौ ठुलो ताल हो । यो ताल ह्युरन र ओन्टारियो तालका बिचमा अवस्थित छ । सीमाका हिसाबमा हेर्दा यसको उत्तरी किनारमा क्यानाड़ा, दक्षिण-पूर्वमा न्युयोर्क, पेनसिलभेनिया तथा ओहायो, पश्चिममा मिचिगन तथा ओहायो राज्यहरू रहेका छन् । यस तालको अधिकतम लंबाइ उत्तर-पूर्वदेखि दक्षिण-पश्चिमसम्म २४५ माइल एवम् औसत चौड़ाइ ५० माइल (२८ देखि ५८ माइलसम्म) तथा क्षेत्रफल ९,६०० वर्ग माइल रहेको छ । यो ताल समुद्र सतहबाट ५७३ फुटको उचाइमा रहेको छ ।[२] यसमा रहेको पानीको अधिकतम गहिराइ २१० फुट छ भने औसत गहिराइ १०० फुट छ । ओन्टारियो ताललाई छोडेर अरु सबै तालको पानी यसैमा आएर मिल्छ । इरि तालको पानीको निकास नायागरा नदीद्वारा भएको छ र यो ओंटारियो तालमा खस्दछ ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ State of Ohio, Division of Geological Survey, Lake Erie Facts, Accessed May 4, 2013
- ↑ २.० २.१ २.२ २.३ २.४ २.५ US Environmental Protection Agency, Great Lakes Factsheet No. 1, Accessed May 4, 2013
- ↑ Shorelines of the Great Lakes
- ↑ United States Geological Survey Hydrological Unit Code: 04-12-02-00
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा इरी ताल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।