निलकण्ठ बाबाधाम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

निलकण्ठ बाबाधाम निलकण्ठ बाबाधाम मन्दिर बुटवलको दीपनगरमा अवस्थित छ। यस मन्दिरको निर्माण २०६० सालमा भएको हो। यस मन्दिरको निर्माण माता देवमाया भट्टराई र उहांको पति बाबुराम भट्टराईको नेतृत्वमा विभिन्न दाताहरूको योगदानमा बनेको हो। २०६४ सालदेखी यहाँ गुरूकुलको अवधारणा अनुरूप गुरूकुल सञ्चालन भएको छ। यहाँ हाल विभिन्न जिल्लाबाट आएका विद्यार्थीहरू अध्ययन गर्दछन्।

ईतिहास[सम्पादन गर्नुहोस्]

निलकण्ठ बाबाधामको ईतिहास निकै लामो रहेको विश्वास गरिन्छ। उत्खनन् गर्दा भेटिएका देवताका मुर्तिहरु निकै आश्चर्यजनक र प्राचीन काललाई दर्शाउने देखिन्छन्। परापूर्व कालमा भगवान शिवले समुन्द्र मन्थनबाट उत्पन्न भएको हालाहल बिष पिएर यो ठाउँमा आई विश्राम गरेको विश्वास गरिन्छ ।

महत्त्व[सम्पादन गर्नुहोस्]

निलकण्ठ बाबाधाम धार्मिक तथा पर्यटकीय दुवै दृष्ट्रिले महत्त्वपूर्ण रहेको छ। धार्मिक दृष्ट्रिले हेर्दा त्यस ठाउँमा विभिन्न हिन्दु देवी देवताहरुका ढुङ्गाको मुर्ति त्यहाँ उत्खनन गर्दा भेटिएको छ। पर्यटकीय दृष्टिले हेर्दा त्यहाँ विभिन्न शैली प्रयोग गरेर तथा मार्वलै मार्वल प्रयोग गरेर आकर्षक मन्दिरको निर्माण भएको छ। यस स्थानमा पुग्नका लागि बुटवलको बेसक्याम्पबाट भित्रि बाटो गएर सिद्धार्थ बाल तथा महिला अस्पतालको पारिपट्टि गएर यस मन्दिरमा पुग्न सकिन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]