पलक मुच्छल
स्वरूप
पलक मुच्छल | |
---|---|
व्यक्तिगत विवरण | |
जन्म | इन्दौर, मध्य प्रदेश, भारत | ३० मार्च १९९२
विधा | हिन्दी चलचित्र/बलिउड |
सक्रिय वर्ष | १९९७-अहिले सम्म |
पलक मुच्छल (जन्म : ३० मार्च १९९२) एक भारतीय पार्श्व गायिका हुन् ।[१] पलक र उनको सानो भाइ पलाश मुच्छल भारत तथा विदेमा सार्वजनिक मञ्चमा गीत गाएर ह्रदय पीडीत सानो बालबालिकाहरूको उपचारको लागि चन्दा जम्मा गर्छन् । उनले मे २०१३ सम्म अढाई करोड रुपैयाको चन्दा जम्मा गरेर ५७२ बच्चाहरूको ज्यान बचाउनको लागि वित्तीय सहायता प्रदान गरेकी छिन् । पलकको यस समाज सेवामा योगदानको लागि उनको नाम गिनिज बुक्स अफ वर्ल्ड रेकर्ड तथा लिम्का बुक फ वर्ल्ड रेकर्डमा दर्ता गरिएको छ । भारत सरकार र विभिन्न सामाजिक संस्थाहरू उनलाई विभिन्न पुरस्काहरूले सन्मानित गरेका छन् । सन् २०११ मा पलकले हिन्दी चलचित्रहरूमा पार्श्व गायिकाको रूपमा गाउन शुरू गरिन् । उनलाई खासगरि "एक था टायगर" र "आशिकी २" चलचित्रको गीतहरूको लागि धेरै प्रशंसा गरिएको छ ।
जीवनी
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ ""I realised I could help people with my voice" - Palak Muchhal -", BollySpice, २५ अप्रैल २०१२, अन्तिम पहुँच १३ अप्रैल २०१३।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]