ओपरा विनफ्रे
ओपरा विनफ़्रे | |
---|---|
जन्म | ओर्पाह गैल विनफ्रे जनवरी २९, १९५४ कोसिउसको, मिसिसिपी, अमेरिका |
पेशा |
|
सक्रिय अवधि | 1983–वर्तमान |
सहकर्मी | स्टेडमैन ग्राहम |
हस्ताक्षर | |
वेबसाइट | |
Oprah.com |
ओपरा विनफ्रे (अङ्ग्रेजी: Oprah Winfrey) (जन्म ओर्पाह गैल विनफ्रे (अङ्ग्रेजी: Orpah Gail Winfrey, २९ जनवरी १९५४) एक अमरिकी मिडिया प्रोपराइटर , कार्यक्रम संचालिका, अभिनेत्री, निर्माता र मानव अधिकारवादी हुन्। टेलिभिजनको इतिहासमा त्यस किसिमका कार्यक्रमहरूमध्ये उच्चतम मुल्यांकन गरिएको टल्क शो , 'द ओपरा विनफ्रे टल्क शो'का कारण उनी प्रख्यात छिन्; सो कार्यक्रम सन् १९८६ देखि २०११ सम्म सिकागोका विभिन्न टेलिभिजन नेटवोर्कबाट प्रसारित हुने गर्थ्यो । 'क्विन अफ अल मिडिया' अनौपचारिक उपनाम पाएकी उनी बीसौं शताब्दीकी सर्वाधिक धनी अफ्रिकी अमेरिकन, उत्तर अमेरिकाकी पहिलो अश्वेत अर्बपति थिइन जसलाई अमेरिकी इतिहास कै सबैभन्दा महान् अश्वेत मानवअधिकारवादी पनि भनिन्छ । विभिन्न मुल्यांकन सुचिमा उनलाई विश्वकै निकै प्रभावशाली महिलाको रूपमा इंकित गरेका छन् ।
ग्रामिण मिसिसिपिको गरिबीमा उनको जन्म किशोराअवस्थाकी एकल आमाको कोखबाट भएको थियो र पछि उनी छिमेकी भित्रि शहर मिलवौकीमा हुर्किएकी थिइन् । उनका अनुसार वाल्यकाल र किशोराअवस्थामा उनी यौन दुर्व्यवहारको सिकार भएकी थिइन् । १४ वर्षको कलिलै उमेरमा गर्भवती भएकी विनफ्रेको छोराको मृतु शिशु अवस्थामा नै भएको थियो ।