रतुवा नदी
स्वरूप
रतुवा नदी दमक नगरपालिकाको पूर्वी भाग हुँदै मावा नदीमा मिसिने यस नदीको उपजलाधार १२,४२२ हेक्टर रहेको छ।[१] भू-क्षयको दृष्टिले उपजलाधार क्षेत्र मध्ये जिल्लाको तेस्रो स्थानमा रहेकोले यस रतुवा नदीमा वर्षायाममा आउने बाढीबाट दमक नगरपालिका, लखनपुर, कोहवरा गाविसको आवादी जग्गा र बसोबास क्षेत्रलाई हरेक वर्ष क्षति पुर्याई रहेको छ। सिँचाईको सुविधाबाट वञ्चित यस भेगमा रतुवा नदीको वर्षाको पानीलाई उपयोग गर्न सकेमा भरमगदुर फाइदा लिन सकिन्छ। रतुवा नदी र मावा नदीलाई दमक नगरपालिका र लखनपुर, कोहवरा गाविसको दुःख पनि भनिन्छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "जिल्ला जनसङ्ख्या पार्श्वचित्र झापा" (PDF), जिल्ला जनस्वास्थ्य कार्यालय, झापा, अन्तिम पहुँच १८ जनवरी २०२०।[स्थायी मृत कडी]