सामग्रीमा जानुहोस्

मावा नदी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मावा नदी झापा जिल्ला र मोरङ जिल्लाको सीमा नदीका रूपमा रहेको झापाको पश्चिम सीमा भई वग्ने मावा नदीको उद्गम स्थल इलाम जिल्ला हो।[१] यो महाभारत पर्वत श्रृङ्खलाबाट निस्किएको हुँदा यहाँ वर्ष भरी नै पानी बगिरहन्छ। यस नदीबाट वर्षायाममा सिंचाई सुविधा उपयोग गरेको खण्डमा झापा जिल्लाको दमक, लखनपुर, लगायत मोरङ जिल्लाका किसानहरूले पनि फाइदा लिन सक्छन। चुरे पर्वत श्रृङ्खलाको वनको घट्दो अवस्था र भूक्षयका कारणले बगेर आउने वालुवाले नदीको सतह उठ्दै गई नदीकटान र कृषि योग्य भूमिमा वालुवा थुपार्ने समस्या यस नदीबाट भोग्नु परिरहेको छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "जिल्ला जनसङ्ख्या पार्श्वचित्र झापा" (PDF), जिल्ला जनस्वास्थ्य कार्यालय, झापा, अन्तिम पहुँच १८ जनवरी २०२० [स्थायी मृत कडी]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

ढाँचा:झापाका नदीहरू