ढाँचा:प्रमुख लेख/जुन, २०१६

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
क्षेत्रप्रताप अधिकारी

क्षेत्रप्रताप अधिकारी (१९९९-२०७०) नेपालका एक बहुप्रतिभाशाली साहित्यकार तथा गीतकार थिए । जीवनको उत्तरार्धमा गीतकारका रूपमा धेरै चर्चा परिचर्चा कमाएका उनलाई नारायण गोपालले गाएको म त लालीगुराँस भएछु..., मलाई छोडी मेरो छाया..., गोपाल योञ्जनले गाएको शान्तिभन्दा पर अर्को भेट्नुपर्ने बुद्ध छैन..., कुन्ती मोक्तानले गाएको गोठालो जाँदा... र पछिल्लो पटक रामकृष्ण ढकालले गाएको जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ, सबैभन्दा ठूलो कुरा मर्न बाँकी छ बोलको गीतले नेपालीका घर–घर र मन–मनमा पुर्‍यायो। पेशागतरुपमा महिनामा ३० रुपैयाँ तलब पाउने हुलाकको पियनबाट जागीर आरम्भ गरेका उनी साझा बसको कन्डक्टरदेखि साझा प्रकाशनको अध्यक्षसम्म भए। मूलतः गामवेसीका शब्दशिल्पी र मानवीय चाहतका कोमल प्रवक्ता अधिकारीले पंचायतको उत्तरार्द्धमा शिक्षा सहायकमन्त्रीको पदबाहर समेत समालेका थिए। (पूरा  पढ्नुहोस्...)