कृष (२००६ चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कृष
चलचित्र प्रचार पर्चा
निर्देशकराकेश रोशन
लेखकसञ्जय मासुमी
पटकथासचिन भौमिक
राकेश रोशन
आकाश खुराना
हनी
रविन भट्ट
कथाराकेश रोशन
निर्माताराकेश रोशन
मुख्य कलाकारऋतिक रोशन
प्रियङ्का चोपडा
नसिरुद्दीन शाह
रेखा
छायाङ्कनसन्तोष
सम्पादनअमिताभ सुक्ला
सङ्गीतगीतहरू:
राजेश रोशन
पृष्ठभूमि:
सलिम-सुलेमान
वितरक
कम्पनी
फिल्मक्राफ्ट प्रोडक्सन लिमिटेड
वितरकयशराज फिल्म्स
प्रदर्शन मिति
अवधि
१७५ मिनेट
देशभारत
भाषाहिन्दी
बजेट४० करोड[१]
बक्स अफिसअनुमान१२६ करोड[२]


कृष सन् २००६ जुन २३ कन दिन सार्वजनिक गरिएको एक भारतीय चलचित्र हो। यस चलचित्रको मुख्य भूमिकामा ऋतिक रोशन, प्रियङ्का चोपडा, रेखा, र नसिरुद्दीन शाह रहेका छन् भने यस बाहेक प्रीति जिन्टालाई यस चलचित्रको प्रथम शृङ्खला कोही मिल गयाको प्रमुख भूमिकामा रहेतापनि यस चलचित्रमा भने उक्त चलचित्रको केही अंशहरू देखाइएको छ। यस चलचित्रलाई ऋतिक रोशनका बुवा राकेश रोशनले निर्देशन गरेका थिए भने यसको साथै यस चलचित्रको उनले पटकथा लेखन र निर्माण पनि गरेका थिए। यस चलचित्रका सङ्गीत राकेश रोशनका भाइ राजेश रोशनले रचना गरेका थिए भने यस चलचित्रमा कुल ५ गीतहरू समावेश गरिएको छ।

यस चलचित्र सन् २००३ मा सार्वजनिक गरिएको ऋतिक रोशन र प्रीति जिन्टाको चलचित्र कोई मिल गयाको दोस्रो शृङ्खला हो भने उक्त चलचित्रले निर्देशन राकेश रोशनलेनै गरेका थिए। सार्वजनिक गरिनु पूर्व यस चलचित्रको नाम कोई तुमसा नहीँ राखिएको थियो र यसैबीच राकेश रोशनले यस चलचित्रको केसा जादू किया नामलाई पनि समावेश गरेका थिए तर पछि यी दुवै शीर्षकको सट्टामा कृष राखिएको थियो। यस चलचित्रको ६०% भन्दा बढी छायाङ्कन सिङ्गापुरमा गरिएको थियो। सन् २००६ मा चलचित्र सार्वजनिक भएपछि यसले दर्शक तथा समालोचकहरू मार्फत निकै सकारात्मक प्रतिक्रिया प्राप्त गरेको थियो भने यस चलचित्र त्यस वर्षको सर्वाधिक आर्थिक सङ्कलन गर्ने तेस्रो चलचित्र बनेको थियो। यस चलचित्रको कुल लागत ४० करोड भारू रहेको थियो भने यसले भारतमा ७२ करोड र विश्वव्यापी रूपमा १२६ करोड कमाउन सफल भएको थियो। यस चलचित्रले ५२औँ फिल्मफेयर चलचित्र पुरस्कारमा कुल ८ मनोनयनहरू प्राप्त गरेको थियो जसमा उत्कृष्ट चलचित्र, सर्वोत्कृष्ट निर्देशन, सर्वोत्कृष्ट सहायक अभिनेता, सर्वोत्कृष्ट अभिनेता आदि समावेश छ भने यसले ३ विधामा पुरस्कार हात पार्न सफल भएको थियो। यस चलचित्रलाई सन् २००६ मा राष्ट्रिय चलचित्र पुरस्कार, फिल्मफेयर पुरस्कार, जिसिने पुरस्कार र स्क्रिन पुरस्कार सहित कुल १६ पुरस्कारहरू प्राप्त भएको थियो। यसका साथै चलचित्रले ‘इन्टरनेसनल इन्डियन फिल्म एकेडमीको तर्फबाट पनि ४ पुरस्कारहरू प्राप्त गरेको थियो।

कहानी[सम्पादन गर्नुहोस्]

पाँच वर्षीय कृष्णा मेहरा दिवङ्गत वैज्ञानिक डा. रोहित (ऋतिक रोशन) र उनकी दिवङ्गत श्रीमती निशाका (प्रीति जिन्टा) छोरा हुन्। कृष्णा मेहरालाई केही सामान्य ज्ञानका कुरा सोधेपछि कृष्णसँग असाधारण दिमागी क्षमता भएको कुरा उनका शिक्षकले थाहा पाउँछन्। जब यो कुरा कृष्णाकी हजुरआमा सोनियालाई थाहा हुन्छ तब उनी आफ्नो छोराको पनि त्यही शक्तिका कारण मृत्यु भएको भन्ने महसुस गर्छिन् र ती अप्राकृतिक शक्तिहरूबाट छुटकारा पाउनका लागि उनी आफ्नो नाति कृष्णासँग पहाडको एक ग्रामीण क्षेत्रमा गएर बसोबास गर्छन्। त्यसको केही वर्षपछि सहरका केही मानिसहरू कृष्णाको गाउँमा अनुसन्धानका लागि आउँछन्। कृष्णा र उनका साथीहरूले प्यारासुरबाट कोही खसिरहेको देख्छन् र कृष्णाले प्यारासुटलाई पछ्याउँदै जङ्गल भित्र प्रवेश गर्छन् र प्यारासुटबाट खसिरहेकी प्रियालाई (प्रियङ्का चोपडा) बचाउँछन्। यस प्रकारले कृष्णा र प्रियाको पहिलोपटक भेट हुन्छ। पछि कृष्णाले प्रियासँग प्रेम गर्न सुुरु गर्छन् भने कृष्णाका साथीहरू र प्रिया उनको यस्तो असाधारण शक्तिहरू देखेर दङ्ग पर्छन्।

जब प्रिया आफ्नो घर सिङ्गापुर पुग्छिन् तब उनले काम गर्ने कार्यालयकी मालिक अर्चना पुरन सिंह उनी र उनकी साथीले कार्यालयमा जानकारी नदिइकन पाँच दिन बढी छुट्टी लिएको भन्दै उनीहरूलाई जागीरबाट निकालिदिन्छिन् तर प्रियाकी साथीले उनीहरू त्यस पाँच दिनमा पनि कामनै गरिरहेको बताउँदै कार्यालय प्रमुखलाई कृष्णाको बारेमा बताउँदै जागीर सुरक्षित गर्ने प्रयास गर्छिन्। प्रियालाई पहिलेदेखिनै कृष्णाले उनलाई मन पराउँछ भन्ने कुरा थाहा भएपछि उनले झुठो बोलेर कृष्णालाई सिङ्गापुरमा उनको आमाले उनलाई हेर्ने मन गरेको र उनीसँग विवहा गर्नका लागि आमाको स्वीकृति लिनुपर्ने भएको भन्दै कृष्णालाई सिङ्गापुर बोलाउँछिन्।

कृष्णामा रहेको दैवी शक्तिबाट मानिसहरू लाभ उठाउन सक्छन् भन्दै उनकी हजुरआमाले आफ्नो शक्तिको प्रदर्शन जुनै स्थितिमा पनि नगर्ने भन्दै कृष्णालाई सम्झाउँदै आफ्नो छोरासँग पनि त्यस्तै प्रकारको शक्ति अर्कै ग्रहबाट आएको जादु नामक एक बाह्य ग्रहको जीवबाट प्राप्त भएको बताउँछिन् र कृष्णाको बुवा रोहितलाई डाक्टर सिद्धान्त आर्यले भविष्य हुनसक्ने खतरा र युद्धहरूबाट बच्न भविष्य हेर्न मिल्ने एक अद्भुत कम्प्युटरको आविष्कार गर्न लगाउँछन् तर डाक्टर आर्यले यस कम्प्युटरको दुरुपयोग गर्दै सबै जानकारी प्राप्त गरी कम्प्युटरलाई तोडफोड गर्दिन्छन्। कृष्णाको जन्म भएको केही बेरपछि रोहितको प्रयोगशालामा आगो लागेर र उनको त्यहीँ मृत्यु भएको खबर परिवारले थाहा पाउँछन्। यस खबरबाट दुःखी रोहितको श्रीमती निशाको पनि केही दिनपछि मृत्यु हुन्छ। यी सबै कहानीहरू सुनिसकेपछि कृष्णाले आफ्नो शक्ति कतैपनि प्रदर्शन नगर्ने भन्दै हजुरआमासँग बाचा गर्छन् जसकारण हजुरआमाले कृष्णालाई सिङ्गापुर जाने स्वीकृति दिन्छिन्।

कृष्णा सिङ्गापुर पुगेपछि प्रिया र उनकी साथी हनीले कृष्णाले अद्भुत कार्यहरू गर्छन् भनेर देखाउनका लागि थुप्रै कार्यहरू गराउँछन् तर उनले खासै राम्रोसँग कामहरू गर्न सक्दैनन्। घुमिरहेका कृष्णाको भेट क्रिस्टन लि बिन जिआसँग हुन्छ जो आफ्नो साथी बहिनीको खुट्टाको उपचार गर्नका लागि सार्वजनिक स्थलहरूमा केही कलाकृतिहरूको प्रस्तुति दिँदै पैसा सङ्कलन गरिरहेका हुन्छन् भने कृष्णाले उनलाई पैसा उठाउनका लागि सहयोग गर्छन् जसकारण जिआले कृष्णालाई उनी एक सर्कसमा काम गर्ने गरेको बताउँदै शनिबारको टिकट कृष्णाको हातमा थमाउँछन्। जब कृष्णा कार्यक्रम हेर्नका लागि सर्कस पुग्छन् तब त्यहाँ आगो लाग्न सुरु हुन्छ भने कयौँ बालबालिकाहरू अझैपनि भित्र फसिरहेका हुन्छन् र त्यस क्षणमा कृष्णाले उनीहरूलाई आफ्नो शक्तिको प्रयोग नगरी बचाउने प्रयास गर्छन् भने सोही समय उनले जमिनमा टुक्रिएको एक मुखौटो फेला पार्छन् र उनले आफूले लगाएको ज्याकेट उल्टो पारेर लगाउँदै अनुहारमा मुखौटो लगाएर कृषको रूपमा प्रकट हुँदै आगोमा फसिरहेका बालबालिकाहरूलाई बचाउँछन्। बालबालिकाहरूको उद्धार गर्दै गर्दन एकजना बच्चाले उनलाई उनको नाम सोध्छन् र उनले आफ्नो नाम कृष हो भनेर भन्छन्। यस घटना पश्चात् कृषको सञ्चार माध्यम, पत्रपत्रिका तथा टेलिभिजनहरूमा थुप्रै समाचारहरू प्रकाशित हुन्छन् र उनको कृषको खोज सुरु हुन्छ। वास्तविक कृष कृष्णा हुनसक्ने भन्दै प्रियाले नक्कली गुण्डाहरू बोलाएर उनको झोला चोरी गर्न लगाउँछिन् र ती सबै दृश्यहरूलाई क्यामरामा कैद गर्ने मानिसहरू खटाउँछन्। चारैतिर क्यामरा कृष्णालाई खिचिरहेको थाहा पाएपछि कृष्णालाई गुण्डाहरूले कुटपिट गर्छन् र कृष्णाले प्रियालाई लगाइदिएको औँठी पनि चोरी गर्छन्। कृष्णाले प्रियालाई औँठी खोई भनेर सोध्दा औँठी चोरी भएको बताउँछिन् भने कृष्णा गुण्डाहरू पछाडि लाग्छन् र एक ठाउँमा उनीहरूलाई भेटाउँछन्। कृष्णाले कृषको रूप धारण गर्दै गुण्डाहरू कुटपिट गर्दै औँठी आफ्नो हातमा लिन्छन् भने सोही समय कृषले मुखौटो खोल्दा उनी कृष्णा भएका थाहा पाउँछन् तर कृष्णाले उनलाई उनको मुखौटो दिँदै उनको पहिचान गोप्य राख्न आग्रह गर्छन्। त्यसपछि क्रिस्टलसँग मुखौटो भएकाले उनलाई कृष मान्दै सबैले उनलाई सम्मान गर्छन्।

यसैबीच प्रियाले आफ्नो क्यामराको खिचेका भिडियोहरू मार्फत कृष्णनै कृष हो भन्ने कुरा थाहा पाउँछिन्। पछि प्रिया र हनीले उनीहरूसँग रहेको भिडियोलाई टेलिभिजन मार्फत सार्वजनिक गर्दै चर्चित बन्ने सपना देख्छन्। त्यसपछि प्रिया र हनी बीच भएको कुराकानी कृष्णाले सुन्छन् र प्रियाले उसँग झुठो प्रेम गरेको कुरा थाहा पाउँछन् र कृष्णा आफ्नो घर जान सोच्छन् र सोही समय प्रिया त्यहाँ आउँछिन् र कृष्णालाई घर जानबाट रोक्न थाल्छिन् भने डाक्टर आर्याद्वारा सञ्चालन गरिएको कार्यक्रममा उनी पुग्छिन्। अर्कोतर्फ विक्रम सिन्हा शरद सक्सेनाले कयौँ वर्षदेखि कृष्णाको खोजिमा हुन्छन् जो डाक्टर आर्या कहाँ काम गरिरहेका हुन्छन्। जब कृष्णा प्रियासँग रिसाएर विमानस्थल पुग्छन् तब उसको भेट विक्रमसँग हुन्छ र उनले उनको बुबा रोहित मेहरा जिउँदै रहेको र डाक्टर सिद्धान्तले उनलाई भविष्य हेर्न मिल्ने कम्प्युटर नबनाउञ्जेलसम्म जीवित राखिराख्ने बताउँछन्। यसैसमय सिद्धान्तले कयौँ वर्ष पश्चात् भविष्यलाई प्रत्यक्ष हेर्न मिल्ने कम्प्युटरको पुनर्निर्माण गर्न सफल हुन्छन्। जब डाक्टर आर्याले उक्त कम्प्युटरलाई पहिलोपटक प्रयोग गर्छन् तब कम्प्युटरको स्क्रिनमा कृषले उनलाई मार्न लागेको दृश्य देखिन्छ जसकारण उनी झस्किन्छन् र कृष क्रिस्टन हो भन्ने मनसायले क्रिस्टनको गोली हानी हत्या गर्छन् र पुनः भविष्य हेर्न कम्प्युटर अगाडि आउँछन् र कृष मरिसकेकाले आफूले भविष्यलाई परिवर्तन गर्न सफल भएका ठान्दछन् तर कम्प्युटर स्क्रिनमा पुनः कृषले उनलाई मार्दै गर्दाको दृश्य देखा परेपछि डाक्टर आर्य निकै हैरान हुन्छन्। त्यसपछि कृष्णा आफ्नो बुबालाई डाक्टर आर्यबाट छुटाउन उनको द्वीपमा आउँछन् भने जिवित कृष आइरहेको डाक्टर आर्यले आफ्नो सिसिटिभीबाट देख्छन्। कृष जब डाक्टर आर्यको प्रयोगशालामा प्रवेश गर्छन् तब कयौँ गुण्डाहरूद्वारा उनको प्रयोगशालाको विभिन्न कोठाहरूमा गुण्डाहरू खटाइएका हुन्छन्। कृषले प्रिया र उनको बुबा डाक्टर आर्यको कब्जाको रहेका हुन्छन् र सबै गुण्डाहरूलाई हराएपछि कृषले मार्न अगाडि बढ्छन् भने मर्नुभन्दा केही बेर अगाडि डाक्टर आर्यले उनी को हो भनेर सोध्छन् जसको जवाफमा कृषले मुखौटो खोलेपछि आर्यको मृत्यु हुन्छ। प्रियाले रोहितलाई कृष्णा उनको छोरा हो भनेर बताउँछिन् भने उनीहरू तीनैजना भारत फर्किन्छन् जहाँ रोहितकी आमा रोहितलाई देखेर निकै भावुक हुँदै रुन्छन्। घर फर्किएपछि रोहित आफ्नो बुबाद्वारा प्रयोग गरिएको पुरानो कम्प्युटरको प्रयोग जादुसँग सञ्चार गर्न गर्छन् भने कम्प्युटर स्क्रिनमा एक अन्तरिक्ष यान देखापरेपछि चलचित्र समाप्त हुन्छ।

कलाकारहरू[सम्पादन गर्नुहोस्]

निर्माण[सम्पादन गर्नुहोस्]

विकास र छायाङ्कन[सम्पादन गर्नुहोस्]

सन् २००४ को नोभेम्बरमा यस चलचित्रका निर्देशकले कोई मिल गयाको दोस्रो शृङ्खलाको निर्माण गर्ने कुरा सार्वजनिक गरेका थिए। उनीहरूले अभिनेता ऋतिक रोशन र रेखालाई कोई मिल गयाको दोस्रो शृङ्खलाका लागि पुनः अभिनय गर्ने तर प्रीति जिन्टाको ठाउँमा प्रियङ्का चोपडा आउने घोषणा गरेका थिए। यस चलचित्रको कहानी कोई मिल गया समाप्त भएको ठाउँमा सुरु हुने भनिएको थियो। राकेश रोशनले भारतीय चलचित्र उद्योग हलिउडसँग बराबर छ भन्ने प्रमाणित गर्न पहिलो चलचित्रको रूपमा चलचित्रलाई सम्झिने आशा गरेका थिए। उनले आफ्नो पिताको विशेष क्षमताको उत्तराधिकारी हुने अघिल्लो चलचित्रका प्रोजेक्टरका छोरालाई केन्द्रित गरेर कथालाई अगाडि बढाउने निर्णय गरेका थिए। यस कथाले भारतीय पौराणिक कथाका तत्वहरू (मुख्य पात्रको नाम कृष्णले हिन्दू भगवान कृष्णलाई सङ्केत गर्दछ), चिनियाँ मार्सल आर्ट र हलिउड चलचित्रले आफूलाई विश्वव्यापी महत्वको चलचित्रको रूपमा स्थापित गरेको थियो।

कृष सिङ्गापुर पर्यटन बोर्डको फिल्म इन सिङ्गापुर सब्सिडी योजना अन्तर्गत सिङ्गापुरमा छायाङ्कन गरिएको पहिलो भारतीय चलचित्र थियो भने यस चलचित्रको ६०% भन्दा बढी छायाङ्कन यही भएको थियो। सेप्टेम्बरदेखि नोभेम्बर २००५ सम्म २ महिनाको अवधिमा यस चलचित्रलाई सिङ्गापुरमा छायाङ्कन गरिएको थियो। छायाङ्कन गरिएको स्थानहरूमा सिङ्गापुर चिडियाखाना, गेटवे भवन र सिङ्गापुर राष्ट्रिय पुस्तकालय समावेश छन्। अर्को प्रमुख चलचित्र निर्माण स्थल रबिन्सन रोड थियो जहाँ भारी वर्षाको कारण छायाङ्कनमा ढिलाई भएको थियो। सिङ्गापुरमा चलचित्रको छायाङ्कनका बेला अभिनेता रोशनले ३० फुट अग्लो घण्टाघरबाट छलाङ लगाएका थिए जसकारण रोशनलाई बाँधिएको तार छिन्दा उनी जमिनमा पछारिएका थिए भने यसको बाबजुद पनि उनलाई चोट नलागेकाले पुनः छायाङ्कन सुचारू गरिएको थियो। ऋतिक रोशनले कृष चलचित्रको छायाङ्कन भन्दा पहिला तालिमहरू लिएका थिए जसकारण उनी राम्रो प्रदर्शन गरेका थिए। यस बाहेक सर्कस भित्र लागेको आगोको समय छायाङ्कन गर्दा रोशनको दाहिने खुट्टामा केही समस्याहरू देखा परेका थिए जसकारण चिकित्सकले उनलाई २ हप्ताका लागि विश्राम लिने सल्लाह गरेका थिए तर उनले खुट्टाको उपचार गर्दै औषधि खाएर दुई दिन लगातार छायाङ्कन गरेका थिए।

सङ्गीत[सम्पादन गर्नुहोस्]

कृष
राजेश रोशन
को साउन्डट्र्याक
जारीसन् २००६ अप्रिल ३०
शैलीचलचित्र सनउन्डट्र्याक
लेबलटि-सिरिज
रेकर्ड निर्माता (हरू)राजेश रोशन
राजेश रोशन कालक्रम
एतबार
(सन् २००४)
कृष
(२००६)
क्रेजी ४
(सन् २००८)

राजेश रोशनले रचना गरेको यस चलचित्रका सङ्गीत सज् २००६ अप्रिल ३० का दिन टि-सिरिज मार्फत सार्वजनिक गरिएक‍ थियो। यस चलचित्रमा समावेश गीतका गीतकारहरूमध्ये इब्राहेम अशक, नासिर फाराज र विजय अकेला रहेका छन्। यस चलचित्रमा समावेश सङ्गीतहरू सन् २००६ को सातौँ सबैभन्दा धेरै बिक्री हुने बलिउड सङ्गीत बन्न सफल भएको थियो। यस चलचित्रमा समावेश गीतहरूले समालोचकहरू मार्फत सकारात्मक प्रतिक्रिया प्राप्त गरेको थियो भने केही सञ्चार माध्यमहरूले सोचेजस्तो प्रतिक्रिया दिएका थिएनन्। बलिउड हङ्गामाका जोगिन्दर टुटेजाले एल्बमलाई ५ मध्ये ३.५ अङ्क दिएका थिए। उनले विशेष गरी "चोरी चोरी", "कोई तुम्सा नही" र "प्यार कि एक कहानी" गीतको प्रशंसा गरेका थिए। रिडिफकी सुकन्या वर्माले गीतहरूलाई अनुकूल प्रतिक्रिया दिएकी थिइन्। प्लानेट बलिउडकी श्रुति भासिनले मौलिक गीतहरूको प्रशंसा गर्दै १० मध्ये ७.५ अङ्क दिएकी थिइन्।

कृष साउन्डट्र्याक –
क्र.सं.शीर्षकशब्दगायकहरूलम्बाइ
१."प्यार कि एक कहानी"इब्राहिम अशकसोनू निगम, श्रेया घोषाल६:२८
२."कोई तुमसा नहीँ"नासिर फराजसोनू निगम, श्रेया घोषाल६:१५
३."चोरी चोरी चुप्के चुप्के"नासिर फराजउदितनारायण झा, श्रेया घोसाल६:२८
४."दिल ना दिया"विजय अकेलाकुणाल गाञ्जावाला५:५४
५."मेँ हुँ ओ आसमान"नासिर फराजउस्ताद रफकत अली खान, अलका याज्ञिक६:४०
६."बिग ब्यान्ड" सोनु निगम, श्रेया घोसाल६:०१
७."मिस्टिक लभ" रफाकत अली खान, अलका याज्ञिक५:१२
कुल लम्बाइ:४२:५८

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]