राजस्व बाँडफाँड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

राजस्व बाँडफाँड भन्नाले हितधारकहरू बिच कुनै पनि कार्यबाट आर्जन भएको नाफा वा नोक्सान बाँडफाँड हुने व्यवस्था हो । यस्तो व्यवस्थामा हितधारकरहरू सामान्य साझेदार, कम्पनीको कर्मचारी वा कम्पनी बिचको व्यापारिक सम्बन्धन हुन सक्दछ । 

व्यावसाय सम्बन्धी[सम्पादन गर्नुहोस्]

इन्टरनेट बजारिकरणमा राजस्व बाँडफाँडलाई लागत प्रति बिक्रि पनि भनिन्छ, जसमा विज्ञापनको लागतलाई विज्ञापनको कारणबाट आर्जित राजस्वको आधारमा निर्धारण गर्ने गरिन्छ । यस तरिकालाई ८० प्रतिशत सम्बन्धित बजारिकरण कार्यक्रममा प्रयोग गरिएको छ,[१] भने मुख्यतया यसमा अमेजन तथा इबे जस्ता अनलाईन रिटेलरहरू प्रभुत्व रहेको छ । [२]

कर सम्बन्ध[सम्पादन गर्नुहोस्]

संयुक्त राज्य अमेरिकाको सरकारले राजस्व बाँडफाँडको अवधारणलाई सन् १९७२ देखि १९८६ सम्म कर राजस्वलाई राज्य, सहर, काउन्टी तथा नगरपालिका विच बाँडफाँडको लागि प्रयोग गरेको थियो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. AffStat Report 2007 — a study based on survey responses from almost 200 affiliate managers in the marketing industry
  2. "Spreading the Wealth: A Quick Look at Revenue Sharing", BizProfits, अन्तिम पहुँच २८ जनवरी २०१६  वेब्याक मेसिन अभिलेखिकरण २४ फेब्रुअरी २०१६ मिति