फिलिप कोट्लर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फिलिप कोट्लर
वारसह, पोल्याण्डमा फिलिप कोट्लर, २००९
जन्म (1931-05-27) २७ मे १९३१ (उमेर ९२)
शिकागो, संयुक्त राज्य अमेरिका
राष्ट्रियतासंयुक्त राज्य अमेरिका
पेशालेखक, बजारशास्त्र प्राध्यापक, अर्थशास्त्री र परामर्शदाता
चिनारीको कारणबजारशास्त्र, अर्थशास्त्र
वेबसाइटwww.pkotler.org

फिलिप कोट्लर (जन्म मे २७, १९३१ शिकागो) एक अमेरिकन बजारशास्त्रको लेखक, परामर्शदाता तथा प्राध्यापक हुन् । हाल उनी नर्थवेसटर्न विश्वविद्यालयको केलोग व्यवस्थापन विद्यालयमा अन्तराष्ट्रिय बजारशास्त्रको प्राध्यापक हुन् । उनी ६० भन्दा बढी बजारशास्त्रको किताबहरूका लेखक हुन् ।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

कोट्लरका बुबा तथा आमा दुवै सन् १९१७ मा युक्रेनका आप्रवासि थिए[१] तथा उनीहरू सिकागोमा बसेका थिए । कोट्लर शिकागोमा मे २७, १९३१ मा जन्मिएका थिए । उनले डिपाउल विश्वविद्यालयमा दुई वर्षको पढाई गरेका थिए भने उनलाई शिकागो विश्वविद्यालयमा स्नातक विना नै स्नातकोत्तरमा भर्ना लिएको थियो । उनले अर्थशास्त्रमा विद्यावारिधि सन् १९५६ मा मेसेचुसट्स इन्टिच्युट अफ टेक्नोलोजिजमा सन् १९५६ मा गरेका थिए ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]