दिलजीत दोसांझ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दिलजीत दोसांझ
व्यक्तिगत विवरण
वास्तविक नामदिलजीत सिंह दोसांझ
जन्म६ जनवरी १९८४
दोसांझ कलाँ, जालंधर, पञ्जाब, Line Ludhianaभारत
विधापञ्जाबी
पेशागायक
अभिनेता
नृत्यकलाकार
टीवी एंकर
सक्रिय वर्ष२०००–वर्तमान
लेबलधरम सेवा, स्पीड रेकर्ड्स
सहयोगीसुखशिंदर शिंदा, हनी सिंह, डा. जीयस, गिप्पी गरेवाल, मिकी सिंह & नछत्तर गिल
वेबसाइटwww.iamdiljitdosanjh.com

दिलजीत सिंह दोसांझ (जन्म ६ जनवरी १९८४),[१] दिलजीत दोसांझ पञ्जाबी चलचित्र इंडस्ट्रीको सुपरस्टार एवं प्रशिद्ध गायक हुन् । उनलाई मुख्यत: उनको मंच नाम 'दिलजीत' ले नै जानिन्छ । ब्लकबस्टर पञ्जाबी चलचित्र 'जट एण्ड जूलिएट' को भाग १ र २, 'पञ्जाब १९८४', 'जिने मेरा दिल लुटेया', 'डिस्को सिंह' जस्ता सुपरहिट चलचित्रहरूमा उनीद्वारा निभाइएको भुमिकाहरूले दर्शहरूको दिल जितेका छन् । उनले धेरै संगीत एल्बम एवं चलचित्रमा गीत गाएका छन्, विशेषत: उनको 'ब्याक टू बेसिक' एल्बमलाई धेरै लोकप्रियता हासिल भयो । उनले रितेश देशमुख र जेनेलियाको हिन्दी चलचित्र 'तेरे नाल लव हो गया' मा पीपा पीपा भन्ने गीत गाए, साथै उनले 'मेरे ड्याड की मारूती' र 'यमला पगला दिवाना २' जस्ता हिन्दी चलचित्रहरूमा पनि गीत गाए । निर्देशक अभिषेक चौबेको बहुचर्चित चलचित्र 'उडता पञ्जाब' मा प्रमुख भुमिका द्वारा दिलजीत बलिउडमा कदम राखेका छन् । यस चलचित्रमा दिलजीतको साथ करीना कपूर, शाहिद कपूरआलिया भट्ट रहेका छन् ।

चलचित्रहरूको सूची[सम्पादन गर्नुहोस्]

वर्ष नाम भूमिका टिप्पणी
२०११ द लायन अफ पञ्जाब अवतार सिंह
२०११ जिन्ने मेरा दिल लुटेया गुरनूर
२०१२ जट्ट एण्ड जूलियट फतेह सिंह
२०१३ साडी लव स्टोरी राजवीर/बिल्ला
२०१३ जट्ट एण्ड जूलियट २ हेड कांस्टेबल/इंस्पेक्टर फतेह सिंह
२०१४ डिस्को सिंह लाटू
२०१४ पञ्जाब १९८४ शिवजीत सिंह मान
२०१५ इश्क हाजिर है युवराज लघु फिल्म
२०१५ मुख्तियार चड्ढा[२] मुख्तियार चड्ढा Pre-production
२०१५ सरदार जी जग्गी[३] सह कलाकार- नीरू बाजवा[४]
२०१५ उडता पञ्जाब (प्रतीक्षित) पहलो बलिउड चलचित्र - सहकलाकार:करीना कपूर , शाहिद कपूर , आलिया भट्ट
२०१५ सिंह इज ब्लिंग (प्रतीक्षित) अक्षय कुमारको साथ

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]