सामग्रीमा जानुहोस्

दिलजीत दोसाँझ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(दिलजीत दोसांझबाट अनुप्रेषित)
दिलजित दोसाँझ
व्यक्तिगत विवरण
वास्तविक नामदिलजित सिंह दोसाँझ
जन्म६ जनवरी १९८४
दोसाँझ कलाँ, जालंधर, पन्जाब, Line Ludhianaभारत
विधापन्जाबी
पेशागायक
अभिनेता
नृत्यकलाकार
टीवी एंकर
सक्रिय वर्ष२०००–वर्तमान
लेबलधरम सेवा, स्पीड रेकर्ड्स
सहयोगीसुखशिंदर शिंदा, हनी सिंह, डा. जीयस, गिप्पी गरेवाल, मिकी सिंह & नछत्तर गिल
वेबसाइटwww.iamdiljitdosanjh.com

दिलजित सिंह दोसाँझ (जन्म ६ जनवरी १९८४),[] दिलजित दोसाँझ पन्जाबी चलचित्र इंडस्ट्रीको सुपरस्टार एवम् प्रसिद्ध गायक हुन्। उनलाई मुख्यत: उनको मंच नाम 'दिलजित' ले नै जानिन्छ। ब्लकबस्टर पन्जाबी चलचित्र 'जट एण्ड जूलिएट' को भाग १ र २, 'पन्जाब १९८४', 'जिने मेरा दिल लुटेया', 'डिस्को सिंह' जस्ता सुपरहिट चलचित्रहरूमा उनीद्वारा निभाइएको भूमिकाहरूले दर्शहरूको दिल जितेका छन्। उनले धेरै सङ्गीत एल्बम एवम् चलचित्रमा गीत गाएका छन्, विशेषत: उनको 'ब्याक टू बेसिक' एल्बमलाई धेरै लोकप्रियता हासिल भयो। उनले रितेश देशमुख र जेनेलियाको हिन्दी चलचित्र 'तेरे नाल लव हो गया' मा पीपा पीपा भन्ने गीत गाए, साथै उनले 'मेरे ड्याड की मारूती' र 'यमला पगला दिवाना २' जस्ता हिन्दी चलचित्रहरूमा पनि गीत गाए। निर्देशक अभिषेक चौबेको बहुचर्चित चलचित्र 'उडता पन्जाब' मा प्रमुख भूमिका द्वारा दिलजित बलिउडमा कदम राखेका छन्। यस चलचित्रमा दिलजितको साथ करीना कपुर, साहिद कपुरआलिया भट्ट रहेका छन्।

चलचित्रहरूको सूची

[सम्पादन गर्नुहोस्]
वर्ष नाम भूमिका टिप्पणी
२०११द लायन अफ पन्जाबअवतार सिंह
२०११जिन्ने मेरा दिल लुटेयागुरनूर
२०१२जट्ट एण्ड जूलियटफतेह सिंह
२०१३साडी लव स्टोरीराजवीर/बिल्ला
२०१३जट्ट एण्ड जूलियट २हेड कांस्टेबल/इंस्पेक्टर फतेह सिंह
२०१४डिस्को सिंहलाटू
२०१४पन्जाब १९८४शिवजित सिंह मान
२०१५इश्क हाजिर हैयुवराजलघु चलचित्र
२०१५मुख्तियार चड्ढा[]मुख्तियार चड्ढाPre-production
२०१५सरदार जीजग्गी[]सह कलाकार- नीरू बाजवा[]
२०१५उडता पन्जाब(प्रतीक्षित)पहलो बलिउड चलचित्र - सहकलाकार:करीना कपुर , साहिद कपुर , आलिया भट्ट
२०१५सिंह इज ब्लिंग(प्रतीक्षित)अक्षय कुमारको साथ

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]