वाणिज्य नीति, २०७२

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

वाणिज्य नीति, २०७२ नेपालको हालको चालू वाणिज्य नीति हो । यसले नेपालको आर्थिक लक्ष्य तथा अल्पकालिन तथा दिर्घकािलन बाटो निर्धारण गरेको छ । नेपाल सरकार (मन्त्रिपरिषद)को मिति २०७२/०४/२५ को निर्णयानुसार वाणिज्य नीति २०७२ स्वीकृत भै कार्यान्वयनमा आएको छ ।[१] वाणिज्य नीति पहिलो पटक २०४९ सालमा ल्याइएको थियो । त्यस पछि २०६५ सालमा परिमार्जन गरिएको थियो र अहिले २०७२ मा केहि नयाँ बुँदाहरु थप गरी सार्वजनिक गरिएको छ ।[२]

लक्ष्य[सम्पादन गर्नुहोस्]

निकासी प्रबद्र्धन गरी समावेशी र दिगो आर्थिक वृद्धि हासिल गर्ने ।

उद्देश्यहरू[सम्पादन गर्नुहोस्]

  • आपूर्तिजन्य क्षमताको सुदृढीकरण गर्ने र विश्व बजारमा मूल्य अभिवृद्धियुक्त प्रतिस्पर्धी वस्तु तथा सेवाको निकासी बढाई व्यापार घाटा कम गर्ने ।
  • क्षेत्रीय तथा विश्व बजारमा वस्तु सेवा र बौद्धिक सम्पत्तिको पहुँच वृद्धि गर्ने ।

रणनीति[सम्पादन गर्नुहोस्]

आपूर्तिजन्य क्षमताको सुदृढीकरण गर्ने र विश्व बजारमा मूल्य अभिवृद्धियुक्त प्रतिस्पर्धी वस्तु तथा सेवाको निकासी बढाई व्यापार घाटा कम गर्ने सम्बन्धी रणनीति ।

  • सरकारले सहजकर्ता, उत्प्रेरक र नियामकको भूमिका निर्वाह गर्दै निजी क्षेत्रको सक्रिय सहभागिता अभिवृद्धि गर्ने ।
  • तुलनात्मक र प्रतिस्पर्धी लाभका वस्तुहरूको प्रतिस्पर्धी क्षमता अभिवृद्धि गरी निर्यात प्रवद्र्धन गर्ने ।
  • आपूर्तिजन्य क्षमता सुदृढीकरण गर्दै व्यापार घाटा कम गर्ने ।
  • निर्यातजन्य सेवा क्षेत्रहरूको प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्ने ।
  • व्यापार सहजीकरण तथा संस्थागत सुदृढीकरणको माध्यमबाट कारोवार लागत घटाउने ।
  • व्यापारलाई अर्थतन्त्रको मुख्य सम्भागको रूपमा स्थापित गर्न मलू प्रवाहीकरण गर्ने ।

क्षेत्रीय तथा विश्व बजारमा वस्तु, सेवा र बौद्धिक सम्पत्तिको पहुँच वृद्धि गर्ने सम्बन्धी रणनीति

  • बहुपक्षीय, क्षेत्रीय र द्विपक्षीय संयन्त्र तथा व्यापार कूटनीतिको माध्यमबाट बजार विस्तार र व्यापारजन्य क्षमता अभिवृद्धि गर्ने ।
  • वस्तु र सेवा व्यापारलाई प्रतिस्पर्धी एवं सुदृढ बनाई एक अर्काको समपुरकको रूपमा क्षेत्रीय तथा विश्वव्यापी उत्पादन सञ्जालमा आबद्ध गर्ने ।
  • व्यापार सम्बद्ध बौद्धिक सम्पत्ति सम्बन्धी अधिकारको प्रवद्र्धन र संरक्षण गरी विश्व बजारमा नेपाली उत्पादनको पहुँच बढाउने ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]