रानी पद्मावती
रानी पद्मावती | |
---|---|
मेवाडकी रानी | |
जन्म | सिंहाला राज्य |
जीवनसाथी | रत्नसिंह (पद्मावत मा उनलाई रतन सेन भनेर उल्लेखित गरिएको) |
बाबु | राजा गंधर्व सेन |
धर्म | हिन्दु |
पद्मावती वा पद्मिनी १३-१४ शताब्दी तिरकी हिन्दु रानी हुन् । उनी सिंहाला राज्यकी राजकुमारी तथा चित्तोर किल्लाका राजपुत शासक रतन सेनकी पत्नी थिइन् । मलिक मुहम्मद जायसीले इसं १५४० तिर लेखेको 'पद्मावत' महाकाव्यमा उनको वर्णन गरिएको पाइन्छ ।
इतिहास
[सम्पादन गर्नुहोस्]पद्मावत महाकाव्यमा
[सम्पादन गर्नुहोस्]पद्मावतीको सिंहाला राज्य (हाल श्रीलङ्का) का राजा गंधर्व सेन छोरी थिइन् ।[१] चित्तोर किल्लाका शासक रतन सेनलाई एउटा बोल्ने सुगाले पद्मावती र उनको सौन्दर्यको बारेमा सुनायो । त्यसपछि रतन सेन पद्मावतीलाई पाउनको लागि समुन्द्र पार गरेर सिंहाला राज्य पुगे । उनले अनेकौँ कठिनाइ पार गरेर भएपनि पद्मावतीलाई विवाह गरेर रानी बनाई आफ्नो राज्य चित्तोर फर्किए । पद्मावतीको सौन्दर्यबाट मोहित भएर उनी माथी नराम्रो दृष्टी लगाएकोकारण रतन सेनले आफ्ना राज पुरोहित राघव चेतनलाई समेत देश निकाला गरिदिए । राघव चेतनले रतन सेनसँग दुश्मनी निकाल्नको लागि दिल्लीका सुल्तान अलाउद्दीन खिल्जीलाई पद्मावतीको सौन्दर्यको बारेमा बताइदिए ।[२] राघव चेतन कुरा सुनेर अलाउद्दीन खिल्जीले पद्मावतीलाई पाउनको लागि चित्तोरमा आक्रमण गरे । त्यही समयमा रतन सेन कुम्बलगढका राजा देवपालसँगको लडाईमा मारीए । तर खिल्जीले चित्तोर कब्जा गर्नु अगाडि नै पद्मावती लगायतका सबै महीलाहरूले आफ्नो सतित्वको रक्षा गर्नको लागि आत्मदाह गरे पद्मावती । अलाउद्दीन खिल्जीले चित्तोर कब्जा गरी मुस्लिम राज्य त बनाए तर पद्मावतीलाई पाउन असफल रहे ।[३]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Ramya Sreenivasan 2007, पृष्ठ. 27, 35-36.
- ↑ Ramya Sreenivasan 2007, पृष्ठ 27.
- ↑ Ramya Sreenivasan 2007, पृष्ठ 27, Quote: "As Jayasi points out, a victorious Alauddin failed in his quest, even as Chitaur became Islam.".