लागत अनुमान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लागन अनुमान (अङ्ग्रेजी: Cost Estimate) भन्नाले कुनै पनि परियोजना, कार्य वा कार्यक्रमको अनुमानित खर्चको रकम हो । लागत अनुमानको तय लागत अनुमान तयारी प्रक्रिया तथा खरिद सम्बन्धित ऐन तथा नियमावलीको अधिनमा रहि गर्ने गरिन्छ । लागत अनुमानबाट कार्य वा परियोजनासँग सम्बन्धित सम्पूर्ण खर्चहरूको आकलन गर्न तथा कार्यको प्रभावकारिता सम्बन्धि निर्णय लिन सहयोग पुर्याउने गर्दछ । लागत अनुमान कुनै पनि खरिद भन्दा अगाडि गर्ने गरिन्छ । यसले खरिदमा लाग्ने लागतको अनुमान प्रस्तुत गर्ने गर्दछ । लागत अनुमानको आधारमा सोझै खरिद, दरभाउपत्र मार्फत खरिद वा बोलपत्र गर्ने गरिन्छ । सामान्यतया कुनै पनि संस्थामा कुनै निश्चित रकम भन्दा बढीको खरिदमा लागत अनुमान गर्ने पर्ने नियम रहेको हुन्छ ।