लिजा एन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लिजा एन
सन् २०१४ को एभिएन पुरस्कारमा लिजा एन
जन्मलिजा एन कोर्पोरा[१]
(1972-05-09) मे ९, १९७२ (उमेर ५१)[२]
पेन्सिलभेनिया, अमेरिका[१]
अन्य नामजिना सनसाइन, लिजा[२]
कार्यकाल
  • सन् १९९४–१९९७
  • सन् २००६–२०१४
  • सन् २०१८–२०२०
वेबसाइटthereallisaann.com

लिसा एन (जन्म: लिसा एन कोर्पोरा: ९ मे १९७२) एक अमेरिकी अश्लील चलचित्र अभिनेत्री तथा रेडियो व्यक्तित्व हुन्।[१] उनले निर्देशक र प्रतिभा प्रतिनिधिको पनि रूपमा पनि काम गरेकी थिइन्। उनलाई विश्वमा सबैभन्दा लोकप्रिय अश्लील अभिनेत्रीको रूपमा लिइन्छ, र अलास्काका पूर्व गभर्नर सारा पालिनको नक्कल गर्दै ६ वटा वयस्क चलचित्र र एक साङ्गीतिक भिडिओमा अभिनय गरेमा कारण उनले थप चर्चा बटुलेकी थिइन्।[३] उनी एभिएन , एक्सआरसिओ , र अर्बन एक्सको हल अल फेमको सदस्य हुन्।[४]

एनले सन् १९९४ मा वयस्क चलचित्र उद्योगमा प्रवेश गरेकी थिइन्।[५] उद्योगमा एड्स रोग सर्खे डरले गर्दा उनले सन् १९९७ मा, प्रदर्शन गर्न छोडेकी थिइन्।, तथापि, फेब्रुअरी २००६ मा उनले पुन: प्रदर्शन गर्न सुरु गरेकी थिइन्।[६] सन् २००८ मा, एनले रिपब्लिकनका उप राष्ट्रपति पदका उम्मेदवार सारा पालिनको नक्कल गर्दै "सराह पेलीन"को रूपमा हस्लर भिडिओज हुज नेलिन पेलिन नामक एक अश्लील चलचित्रमा अभिनय गरेकी थिइन्, जसलाई चुनावको दिन सार्वजनिक गरिएको थियो।[७][८] उनको निर्देशनमा बनेको मिल्फ रिभोलुसन (सन् २०१३) ले सन् २०१४ को एभिएन पुरस्कार प्राप्त गरेको थियो।[९] डिसेम्बर २०१४ मा, उनले पोर्न स्टार बुट क्याम्प नामक एक परामर्श कम्पनीको सुरुवात गरेकी थिइन् भने यस पश्चात् उनले अश्लील चलचित्रमा अभिनय गर्नबाट अवकाश लिने घोषणा गरेकी थिइन्।[१०] उनको सामान्य जीवनमा फर्कने भागको रूपमा अवकाश लिए लगत्तै उनको स्तन घटाउने शल्यक्रिया भएको थियो। एनले सन् २०१८ मा वयस्क उद्योगमा उनको पुन: आगमनको घोषणा गर्दै र एभिल एन्जलसँग हस्ताक्षर गरेकी थिइन्।[११]

अश्लील चलचित्रमा प्रदर्शन गर्न भन्द अगाडि एन मुख्य पर्दामा हावर्ड स्टर्न सो नामक एक टेलिभिजन कार्यक्रममा "स्नाप्पल गर्ल" को रूपमा देखा परेकी थिइन्।[१२] उनले सेप्टेम्बर २०१३ मा सार्वजनिक गरिएको भिडिओ खेल ग्रान्ड थेफ्ट अटो भिमा "प्रोस्टिच्युट# २" भनेर चिनिने एक पात्रलाई आवाज दिएकी थिइन्।[१३] एन सोटाइम टेलिभिजन सञ्जालको शृङ्खला बिलियन्सको चौथो संस्करणको सातौँ शृङ्खलामा पनि देखा परेकी थिइन्। सन् २०१३ मा, उनले सिरियस एक्सएममा स्ट्राइपर टाउन नामक एक कार्यक्रमको आयोजना गरेकी थिइन्।[१४] सन् २०१६ को सुरुवातमा, उनी फेन्टासी बेसबलमा संलग्न भएकी थिइन।[१]

व्यावसायिक जीवन[सम्पादन गर्नुहोस्]

अश्लील चलचित्र[सम्पादन गर्नुहोस्]

एन इस्टोन, पेन्सिलभेनियामा जन्मे र हुर्केिएकी थिइन्। उनले सन् १९९४ मा वयस्क चलचित्र उद्योगमा प्रवेश गरेकी थिइन्।[१५] उनको पहिलो कट्टर दृश्य फ्लेसफर फेन्टासी हो। अश्लील चलचित्रको सुरुका दुई वर्षको अवधिमा उनले मेट्रो/काल भिस्टासँग सम्झौता गरेकी थिइन्[१६] र प्रसिद्ध अश्‍लील कलाकार जोन ओ'रोर्कसँग प्रदर्शन गरेकी थिइन्।[५] उनले उद्योगमा एड्स सर्ने डरले गर्दा सन् १९९७ मा अश्लील उद्योग छोडेकी थिइ् र निम्न सात वर्षे नर्तकको रूपमा व्यतीत गरेकी थिइन्।[१०][१७] उनले फेब्रुअरी २००६ मा सुज रान्डलको लागि एक आग्रह पछि पुनः प्रदर्शन गर्ने निर्णय गरेकी थिइन्।[१८] उद्योगमा फर्किए पछि पहिलो दृश्यमा उनले अभिनेता क्रस्टियन एक्सएक्सएक्ससँग अभिनय गरेकी थिइन् जहाँ यसलाई ब्रा बस्टिन र डिप थ्रस्टिन नामकरण गरि सार्वजनिक गरिएको थियो।[५][१९] एक कलाकारको रूपमा कामको अतिरिक्त, उनीसँग चलचित्र निर्देशक, निर्माता, र श्रृङ्गारको लागि पनि श्रेय रहेको छ।[२०]

अप्रिल २०१० मा एक्सआरसीओ पुरस्कारको सह-आयोजको रूपमा चयन भएकी थिइन्।[२१] डिसेम्बर २०१४ मा, उनले फेसबुक जानकारी सार्वजनिक गर्दै अश्लील चलचित्र उद्योगबाट अवकाश लिने घोषणा गरेकी थिइन्।[२२] उनको सामान्य जीवनमा फर्कने भागको रूपमा अवकाश लिए लगत्तै उनको स्तन घटाउने शल्यक्रिया भएको थियो।[२३] एनले सन् २०१८ मा वयस्क उद्योगमा उनको पुन: आगमनको घोषणा गर्दै र एभिल एन्जलसँग हस्ताक्षर गरेकी थिइन्।[२४] उनको पहिलो दृश्य उनको वेबसाइट द लिजा गन डटकमको रहेको थियो जहाँ उनले पुरुष अश्‍लील चलचित्र कलाकार इसिआ म्याक्सवेलसँग अभिनय गरेकी थिइन्।[१५]

सराह पालिको प्रतिरूपण[सम्पादन गर्नुहोस्]

सन् २००८ मा, एनले रिपब्लिकनका उप राष्ट्रपति पदका उम्मेदवार सारा पालिनको नक्कल गर्दै "सराह पेलीन"को रूपमा हस्लर भिडिओज हुज नेलिन पेलिन नामक एक अश्लील चलचित्रमा अभिनय गरेकी थिइन्[७][८], जसलाई चुनावको दिन सार्वजनिक गरिएको थियो। उनले अमेरिकी र्‍यापर एमिनेमको गीत "वि मेड मेड यु" को साङ्गीतिक भिडिओमा पालिनको रूपमा अभिनय गरेकी थिइन्।[२५] उनले पालिको रूपमा धेरै नृत्य गृहहरूकम समेत प्रदर्शन गरेकी थिइन्।[२६] यिनै उपस्थितिले उनलाई मुख्य पर्दामा अभिनय गर्नको लागि बाटो खुलाएको थियो।[१२]

निर्देशन[सम्पादन गर्नुहोस्]

एनले निर्देशन गरेको पहिलो अश्लील चलचित्र भनेको हङ एक्सएक्सएक्स हो[९] जहाँ यसलाई २२ सेप्टेम्बर २००९ मा, जस्टिन स्लेयरले सार्वजनिक गरेका थिए।[२७] अगस्त २०१३ मा, उनले आफ्नै उत्पादन कम्पनी, लिजा एन प्रोडक्सन्सको सुरुवात गर्दै जुलेस जोर्डनसँग वितरण सम्झौता हस्ताक्षर गरेकी थिइन्।[२८] उनको निर्देशनमा बनेको मिल्फ रिभोलुसन (सन् २०१३) ले सन् २०१४ को एभिएन पुरस्कार प्राप्त गरेको थियो।[२९][३०]

अन्य उद्यम[सम्पादन गर्नुहोस्]

एनले सेप्टेम्बर २००५ र फेब्रुअरी २००६ को बीचमा, एलए डाइरेक्ट मोडल्सका लागि प्रतिभा प्रतिनिधिको रूपमा कार्य गरेकी थिइन्।[६] उनका अनुसार, ३० वर्ष भन्दा बढी उमेर भएका वा उद्योग धेरै समय अगाडि देखि प्रदर्शन गर्ने महिलालाई अन्य प्रतिनिधिहरूले अस्वीकार गरेका कारण उनले आफ्नै एक आयोगको गठन तथा प्रतिनिधित्व गर्न प्रेरित गरेको बताएकी थिइन्।[३१] उनले नोभेम्बर २००६ मा क्लीयर ट्यालेन्ट म्यानेजमेन्टको सुरुवात गरेकी थिइन्, जसलाई पछि लिजा एन्स ट्यालेन्ट म्यानेजमेन्ट (अनुवादित शीर्षक: लिजा एनको प्रतिभा प्रबन्धन) नामकरण गरिएको थियो जुन पछि गएर जुलाई २०१० मा, विघटन हुनुपूर्व आडम ग्लासर्स लाइटहाउस एजेन्सी नामक संस्थामा गाभिएको थियो। [३२]

डिसेम्बर २००९ मा, एइबिएनद्वारा उत्पादित एक रियलटच नामक एक यान्त्रिक कृत्रिम योनीको प्रवक्ताको रूपमा हस्ताक्षर गरेकी थिइन्।[३३] उनले पछि सन् २०११ मा फ्लेसलाइटको (एक प्रकारको कृतिम योनी) लागि आफ्नै जननाङ्ग ढालेकी थिइन्।[२७][३४]

सन् २०१३ मा, उनले सिरियस एक्सएममा स्ट्राइपर टाउन नामक एक कार्यक्रमको आयोजना गरेकी थिइन्।[३५] उनी हाल लिजा एन डज फेन्टासी र द मर्निङ मेनकी सह-आयोजक हुन् जहाँ यस कार्यक्रम क्रमश: सोमबार राति आडम रोनिसका साथ र बिहीबार बिहान प्रसारण हुने गर्दछ। यी दुबै कार्यक्रमहौ सिरियस एक्सएम रेडियोमा प्रसारण हुने गर्दछ।[३६]

डिसेम्बर २०१४ मा, एनले फेन्टासी फुटबलमा संलग्न हुँदै आफ्नो कार्यजीवनलाई अगाडि बढाउने बताएकी थिइन् भने जनवरी २०१६ मा, उनी फेन्टासी बेसबलमा पनि संलग्न भएकी थिइन्।[३७] १५ डिसेम्बर २०१५ मा, एनले द लाइफ शीर्षकमा एक संस्मरण जारी गरेकी थिइन्।[१][३६]

मार्गनिर्देशन[सम्पादन गर्नुहोस्]

अगस्त २०१४ मा, एनले अश्लील चलचित्र अभिनेत्री बेले नोक्सलाई भेटेकी थिइन् जसलाई "ड्युक [विश्वविद्यालय]को अश्लील चलचित्र अभिनेत्री" को रूपमा पनि चिनिन्छ।[३८] उनको कम्पनी मार्फत, उनले नोक्सलाई पनि प्रतिनिधित्व गर्दछन्, जहाँ एनले "उनले कस्तो गरिरहेकी छिन्?" भन्ने बरे हेर्न चाहेको बताएकी थिइन्। लिजा एनले सन् २००५ देखि औसत १० देखि १५ युवतीहरूलाई मार्गनिर्देशन गरिरहेकी छिन्। एक्सबिजले गरेको एक अन्तर्वार्तामा, एनले नक्सले सामना गरेको सञ्चार माध्यमको ध्यान प्रति सहानुभूति व्यक्त गर्ने बताएकी थिइन्।[३९] सन् २०९८ मा, पूर्व उप राष्ट्रपति पदको उम्मेदवार सारा पालिनको भूमिकामा अभिनय गर्दा पनि उनले त्यस्तै अनुभव गरेको बताएकी थिइन्। डिसेम्बर २०१४ मा, उनले पोर्न स्टार स्टार बुट क्याम्प नामक एक परामर्श कम्पनीको सुरु गरेकी थिइन्।[१०]

वकालत[सम्पादन गर्नुहोस्]

एन कुनै पनि राजनीतिक दलहरूसँग नजिक नहरेको बताइन्छ। अक्टोबर २००८, उनले अमेरिकी राष्ट्रपतीय चुनावका लागि बराक ओबामालाई मतदान गर्ने बताएकी थिइन् र उनी पहिला हिलारी क्लिन्टनको समर्थक थिइन्। उनले सन् २०१२ को राष्ट्रपति चुनावमा ओबामालाई फेरि समर्थन गरेकी थिइन्। एनले बन्दुकको अधिकारको लागि समर्थन व्यक्त गरेकी थिइन्।

मार्च २०१० मा, एन वयस्क सामग्रीको प्रतिलिपि अधिकार उल्लङ्घनको शीर्षकमा स्वतन्त्र भाषणको लागि सार्वजनिक सेवा घोषणामा देखा परेकी थिइन् जसलाई माइकल ह्वाइटएकरले निर्देशन गरेका थिए।

१४ अक्टोबर २०१० मा, एनले अश्लील चलचित्र उद्योगमा एक पुरुष कलाकारलाई एचआईभीको पहिचान भएपछि, केवल कन्डमको प्रयोग भएको दृश्यमा मात्र प्रदर्शन गर्ने बताएकी थिइन्। उनले यौन सङ्क्रमित मार्फत सर्ने रोगको परीक्षण प्रणाली उक्त समयमा त्यति पर्याप्त नभएको बताएकी थिइन् जसले अन्य प्रदर्शनकर्ताहरूलाई पनि छायाङ्कनको समयमा कन्डमको उपयोग गर्न प्रोत्साहित गरेको थियो। अगस्त २०१२ मा, उनले विपरीत लिङ्गी वयस्क चलचित्रहरूमा कन्डमको उपयोग कानूनको लागि आह्वान गरेकी थिइन् र उद्योग चिकित्सकहरूद्वारा कलाकारहरूको लागि भिरिङ्गी उपचारको मापदण्डमाथि प्रश्न उठाएकी थिइन्। अगस्त २०१३ मा, उनले उनीसँग काम गर्ने पुरुष कलाकारले हेपाटाइटिस सी सङ्क्रमण भएको हुन सक्ने आरोप लगाएकी थिइन्। पछि, वयस्क उत्पादन स्वास्थ्य तथा सुरक्षा सेवाहरूले १९ अगस्त, २०१३ मा मासिक हेपटाइटिस बी, हेपटाइटिस सी तथा अन्य यौनजन्य रोगको परीक्षण कार्यान्वयन गर्न सुरु गरेको थियो।

एनले उद्योगमा अश्वेत कलाकारहरूको व्यवहार र उनीहरूलाई कामको अभावको बारेमा जानकारी सम्प्रेषण गर्दै अन्तरजातीय अश्‍लील सामग्रीलाई घृणा गर्न अभियान चलाएकी थिइन्। उनले कलाकारलाई निवृत्तिभरण , स्वास्थ्य बीमा, र जीवनलाई मार्गदर्शन दिँदै उद्योग परिवर्तन गर्नका लागि सहयोग गर्न चाहन्छिन्।

पुरस्कारहरू[सम्पादन गर्नुहोस्]

लिजा एनलाई विश्वमा सर्वाधिक लोकप्रिय अश्लील चलचित्र अभिनेत्रीको रूपमा लिइन्छन् भने उनी सबैभन्दा सफल अश्लील चलचित्र अभिनेत्री समेत हुन्।

  • सन् २००७ एक्सआरसिओ पुरस्कार – उत्कृष्ट पुनरागमन[४०]
  • सन् २००७ आडम फिल्म वर्ल्ड गाइड पुरस्कार – वर्षको अश्लील चलचित्रमा उत्कृष्ट पुनरागमन[४१]
  • सन् २००९ एभिएन पुरस्कार – मिल्फ/कुगर वर्षको प्रदर्शनकर्ता[४२]
  • सन् २००९ एभिएन हल अफ फेममा चयनित[२७][४३]
  • सन् २०१० एक्सआरसिओ पुरस्कार – वर्षको मिल्फ अभिनेत्री[२७][४४]
  • सन् २०१० एक्सफ्यान्ज पुरस्कार – वर्षको मिल्फ प्रदर्शनकर्ता[४५]
  • सन् २०१० फेम पुरस्कार – मनपर्दो मिल्फ अभिनेत्री[२७][४६]
  • सन् २०११ एक्सबिज पुरस्कार – वर्षको उत्कृष्ट मिल्फ प्रदर्शनकर्ता[४७]
  • सन् २०११ अर्बन एक्स पुरस्कार – उत्कृष्ट मिल्फ प्रदर्शनकर्ता[४८]
  • सन् २०११ अर्बन एक्स हल अफ फेममा चयन[४८]
  • सन् २०१२ नाइटमुभ्स पुरस्कार]] – रउत्कृष्ट मिल्फ प्रदर्शनकर्ता (समर्थकको छनोट)[४९]
  • सन् २०१२ नाइटमुभ्स पुरस्कार – Best व्यक्तिगत वेबसाइट (समर्थकको छनोट) – द लिजाएन डटकम[४९]
  • सन् २०१२ अर्बन एक्स पुरस्कार – वर्षको मिल्फ प्रदर्शनकर्ता[५०]
  • सन् २०१३ नाइटमुभ्स पुरस्कार – सामाजिक सञ्जाल व्यक्तित्व (सम्पादकको छनोट)[५१]
  • सन् २०१३ एक्सआरसिओ हल अफ फेममा चयन[५२]
  • सन् २०१४ एभिएन पुरस्कार – कामुम मिल्फ (समर्थक पुरस्कार)[९]
  • सन् २०१४ नाइटमुभ्स पुरस्कार – उत्कृष्ट कुगर/मिल्फ प्रदर्शनकर्ता (समर्थकको रछनोट)[५३]
  • सन् २०१६ को एक्सबिज पुरस्कार – वर्षको उत्कृष्ट विदेशी अभिनेत्री[५४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ १.३ १.४ Dave Schilling (जनवरी २६, २०१६)। "Lisa Ann: how one of porn's biggest stars transformed into a fantasy football guru"द गार्जियन। सङ्ग्रह मिति डिसेम्बर ५, २०१६ 
  2. २.० २.१ इन्टरनेट वयस्क चलचित्र डेटाबेसमा लिजा एन
  3. AVN Staff (सेप्टेम्बर ३, २०१३), "Game Changers: 30 Women Power Players in the Adult Industry", एभिएन, अन्तिम पहुँच अक्टोबर १६, २०१३  वेब्याक मेसिन अभिलेखिकरण जनवरी १२, २०१६ मिति
  4. Hlavaty, Craig (मार्च १५, २०१२), "UPDATED: Porn Star Lisa Ann and a Gigantic Fleshlight Spreading Joy at SXSW (VIDEO)", हुस्टन प्रेस, अन्तिम पहुँच जुलाई २७, २०१५ 
  5. ५.० ५.१ ५.२ रायन, रिक, "Interview with Lisa Ann", Qlimax Times Online, मूलबाट मार्च ९, २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर २४, २००७  वेब्याक मेसिन अभिलेखिकरण मार्च ९, २००८ मिति
  6. ६.० ६.१ उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named LADMComeback
  7. ७.० ७.१ Pesce, Nicole Lyn (अक्टोबर ६, २००८), "New details on Larry Flynt's Sarah Palin porn flick", Daily News, अन्तिम पहुँच मार्च २०, २०१५ 
  8. ८.० ८.१ Ferguson, John (अक्टोबर १३, २००८), "Porn star to play Sarah Palin in adult movie of election is revealed", Daily Record, अन्तिम पहुँच मार्च २०, २०१५ 
  9. ९.० ९.१ ९.२ AVN Staff (जनवरी १९, २०१४), "AVN Announces the Winners of the 2014 AVN Awards", एभिएन, अन्तिम पहुँच जनवरी १९, २०१४  = Archive.today अभिलेखिकरण फेब्रुअरी १, २०१६ मिति
  10. १०.० १०.१ १०.२ Kobola, Frank (डिसेम्बर १७, २०१४), "The Internet's Most-Searched Porn Star Retired With This Note", कस्मोपोलिटन, अन्तिम पहुँच जुलाई १२, २०१५ 
  11. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named :3
  12. १२.० १२.१ Aquino, Tara (जुन २८, २०११), "A History of Porn Stars in Eminem Videos", कम्प्लेक्स, अन्तिम पहुँच डिसेम्बर ३१, २०१४ 
  13. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named :2
  14. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named :4
  15. १५.० १५.१ "Ten-hut! Welcome to boot camp for porn stars", सिएनबिसी, जनवरी १७, २०१५, अन्तिम पहुँच मार्च २३, २०१५ 
  16. "Back In Black…", thereallisaann.com, मूलबाट जनवरी १४, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०६-०२  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०१-१४ मिति
  17. Yagielowicz, Stephen (अगस्ट २०, २०१५), "Lisa Ann Teams Up With KIIROO, Fleshlight and Flirt4Free", एक्सबिज, अन्तिम पहुँच अगस्ट २४, २०१५ 
  18. https://blogs.adultempire.com/2019/03/22/her-first-scene-lisa-ann/
  19. "Lisa Ann – Cougar Hunter", Xtreme, जुलाई १४, २०१०, मूलबाट जुलाई ३, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट ३, २०१५  वेब्याक मेसिन अभिलेखिकरण जुलाई ३, २०१५ मिति
  20. DiLodovico, Steve (मार्च १, २०११), "Lisa Ann: Don’t Call It a Comeback", स्मुटलाइफ, मूलबाट अप्रिल १२, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च १८, २०१५  वेब्याक मेसिन अभिलेखिकरण अप्रिल १२, २०१२ मिति
  21. "Exclusive Interview: Lisa Ann", Rock Confidential, मार्च ६, २००९, मूलबाट फेब्रुअरी २८, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च १८, २०१५  वेब्याक मेसिन अभिलेखिकरण फेब्रुअरी २८, २०१५ मिति
  22. इन्टरनेट चलचित्र डेटाबेसमा Lisa Ann
  23. Wade Garrett (फेब्रुअरी १७, २०१०), "Nikki Benz, Lisa Ann and Sean Michaels to Host XRCO Awards", एभिएन, अन्तिम पहुँच फेब्रुअरी १९, २०१०  वेब्याक मेसिन अभिलेखिकरण मे ४, २०१० मिति
  24. John Sanford (डिसेम्बर १५, २०१४), "Lisa Ann Announces Retirement", एक्सबिज, अन्तिम पहुँच डिसेम्बर १५, २०१४ 
  25. Hayes, Stephanie (अगस्ट २३, २०१२), "Lisa Ann, a.k.a. Serra Paylin, brings her Sarah Palin act to the RNC in Tampa", अन्तिम पहुँच मार्च २०, २०१५ 
  26. मिलर, माइकल (अगस्ट २२, २०१२), "Porn Star Lisa Ann on Performing as Sarah Palin in Tampa: "I'm Not Really an Actress. I'm a Mattress Actress"", मियामी न्यु टाइम्स, अन्तिम पहुँच मार्च २१, २०१५ 
  27. २७.० २७.१ २७.२ २७.३ २७.४ Lainie Speiser (जुन १, २०११), Confessions of the Hundred Hottest Porn Stars, Quiver, पृ: १७३, आइएसबिएन 978-1-59233-477-3, अन्तिम पहुँच जनवरी १३, २०१४ 
  28. Mark Kernes (सेप्टेम्बर २१, २००९), "Lisa Ann's Directorial Debut, Hung XxX, Streets Tuesday", एभिएन, अन्तिम पहुँच अक्टोबर २९, २००९  वेब्याक मेसिन अभिलेखिकरण नोभेम्बर २, २०१० मिति
  29. Dan Miller (अगस्ट २, २०१३), "Lisa Ann Makes Directorial Debut, Signs Deal With Jules Jordan Video", एक्सबिज, अन्तिम पहुँच अक्टोबर १८, २०१३ 
  30. "Lisa Ann Prods Releases "MILF Revolution" Monday, August 5", एभिएन, अगस्ट ५, २०१३, अन्तिम पहुँच अक्टोबर १८, २०१३  वेब्याक मेसिन अभिलेखिकरण अक्टोबर १९, २०१३ मिति
  31. Loftus, Cindi, "Lisa Ann", Xcitement, मूलबाट फेब्रुअरी २०, २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २४, २०१५ 
  32. Albo, Mike (नोभेम्बर ३, २००६), "Lisa Ann Launches Clear Talent Management", एभिएन, अन्तिम पहुँच जुलाई २४, २०१५  वेब्याक मेसिन अभिलेखिकरण जुलाई २५, २०१५ मिति
  33. David Sullivan (जुन १, २००७), "Lisa Ann Renames Talent Agency", business.avn.com, मूलबाट जनवरी ७, २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च १७, २०१०  वेब्याक मेसिन अभिलेखिकरण जनवरी ७, २०१० मिति
  34. "Lisa Ann Joins AEBN to Promote RealTouch", XBIZ, डिसेम्बर १, २००९, मूलबाट डिसेम्बर १५, २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर २७, २००९  वेब्याक मेसिन अभिलेखिकरण डिसेम्बर १५, २००९ मिति
  35. "How Lisa Ann went from porn star to fantasy sports guru", foxsports.com, अक्टोबर ११, २०१५, अन्तिम पहुँच अक्टोबर १३, २०१५ 
  36. ३६.० ३६.१ John Kapetaneas & Alexa Valiente (नोभेम्बर ३०, २०१५), "How Lisa Ann Went From Being a Porn Star to a Fantasy Sports Radio Host", एबिसी न्युज, अन्तिम पहुँच नोभेम्बर ३०, २०१५ 
  37. Bleaney, Rob (डिसेम्बर १६, २०१४), "Porn star Lisa Ann gives up adult film industry for career in fantasy football", डेली मिरर, अन्तिम पहुँच जुलाई १२, २०१५ 
  38. Staff, "Interview: School's in Session with Lisa Ann and Belle Knox", AVN.com, Adult Video News, अन्तिम पहुँच अगस्ट २५, २०१४  वेब्याक मेसिन अभिलेखिकरण अगस्ट २६, २०१४ मिति
  39. Miller, Dan, "XBIZ TV: Lisa Ann Teams Up With Belle Knox", AVN.com, अन्तिम पहुँच अगस्ट २५, २०१४ 
  40. Tod Hunter (अप्रिल ६, २००७), "Hillary Scott Big Winner at XRCO Awards", XBIZ, अन्तिम पहुँच अक्टोबर १८, २०१३ 
  41. Nelson X (मार्च २९, २००७), "Adam Film World Announces Annual Award Winners", AVN, अन्तिम पहुँच अक्टोबर ११, २०१३  = Archive.today अभिलेखिकरण जुलाई ७, २०१२ मिति
  42. Feldberg, Sarah (जनवरी ५, २०१०), "MILFs and cougars are here to stay", Las Vegas Weekly, अन्तिम पहुँच जुलाई ३१, २०१५ 
  43. David Sullivan (जनवरी ११, २००९), "2009 AVN Award-Winners Announced", AVN.com, अन्तिम पहुँच जनवरी ११, २००९  = Archive.today अभिलेखिकरण फेब्रुअरी २३, २००९ मिति
  44. "2010 XRCO Award Winners Announced", AVN.com, अप्रिल ३०, २०१०, अन्तिम पहुँच अप्रिल ३०, २०१०  वेब्याक मेसिन अभिलेखिकरण मे ४, २०१० मिति
  45. "XFANZ Awards 2010 Winners Announced", XBIZ.com, जुन ११, २०१०, अन्तिम पहुँच अप्रिल २३, २०१६ 
  46. "The F.A.M.E. Awards Reveals 2010 Winners", AVN.com, जुलाई १०, २०१०, अन्तिम पहुँच जुलाई ११, २०१०  वेब्याक मेसिन अभिलेखिकरण जुलाई १४, २०१० मिति
  47. "2011 XBIZ Awards Announced Last Night", AVN.com, फेब्रुअरी १०, २०११, अन्तिम पहुँच फेब्रुअरी ११, २०११  वेब्याक मेसिन अभिलेखिकरण अप्रिल १३, २०१२ मिति
  48. ४८.० ४८.१ Peter Warren, "2011 Urban X Award Winners Announced", AVN, अन्तिम पहुँच जुलाई २८, २०११  वेब्याक मेसिन अभिलेखिकरण जुन ८, २०१२ मिति
  49. ४९.० ४९.१ "20th Annual NightMoves Awards Heats Up Tampa", AVN.com, जनवरी १०, २०१०, अन्तिम पहुँच मे ५, २०१३  वेब्याक मेसिन अभिलेखिकरण जनवरी ३०, २०१३ मिति
  50. "Urban X Awards Announces 2012 Winners", AVN, जुलाई २२, २०१२, अन्तिम पहुँच मे ५, २०१३  वेब्याक मेसिन अभिलेखिकरण मार्च १९, २०१६ मिति
  51. Bob Johnson (अक्टोबर १४, २०१३), "NightMoves 2013 Award Winners Announced", एक्सबिज, अन्तिम पहुँच अक्टोबर १६, २०१३ 
  52. "XRCO Announces 2013 Hall of Fame Inductees", AVN.com, अप्रिल १३, २०१३, अन्तिम पहुँच मे ५, २०१३  वेब्याक मेसिन अभिलेखिकरण सेप्टेम्बर २७, २०१३ मिति
  53. Bob Johnson (अक्टोबर १३, २०१४), "NightMoves Awards Winners Announced", एक्सबिज, अन्तिम पहुँच अक्टोबर १३, २०१४ 
  54. Rhett Pardon (जनवरी १६, २०१६), "2016 XBIZ Award Winners Announced", एक्सबिज, अन्तिम पहुँच जनवरी २८, २०१६ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]