बोलपत्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बोलपत्र (अङ्ग्रेजी: bid document) आपूर्तिकर्ताबाट बस्तु तथा सेवाको आपूर्तिको लागि आह्वान संस्थाबाट जारी गरिने कागजात हो। सार्वजनिक संस्थाहरूमा बोलपत्र कागजात खरिदको लागि केही दस्तुर भुक्तानी गर्नु पर्ने हुन्छ। बोलपत्रको प्रक्रियाहरू नेपालमा सार्वजनिक खरिद ऐनमा उल्लेख गरिएको छ र यसले प्रतिस्पर्धा, पारदर्शिता तथा मितव्ययितालाई मुख्य आधार मानि यसमा प्रक्रियाहरू उल्लेख भएको छ। नेपालमा सार्वजनिक संस्थाहरूले सार्वजनिक खरिद ऐन तथा नियमावली अनुसार खरिद प्रक्रिया अवलम्बन गरे नगरेको सम्बन्धमा सार्वजनिक खरिद अनुगमन कार्यालयले अनुगमन गर्ने गर्दछ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]