म्याच समूह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
म्याच समूह, निगम
व्यवसाय प्रकार
निजी
उद्योगइण्टरनेट
स्थापित2009 विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
केन्द्रीय कार्यालयड्यालस, टेक्सस, संयुक्त राज्य अमेरिका
मुख्य व्यक्ति
जोसेफ लेभिन
(अध्यक्ष)
शार डुबेई
(सभापति)
मेण्डी गिन्सबर्ग
(प्रमुख कार्यकारी अधिकृत)
राजश्व अमेरिकी डलर १.७ बिलियन (सन् २०१८)
परिचालन आय
$५५३ मिलियन (सन् २०१८)
$४३७ मिलियन (सन् २०१८)
कुल सम्पत्ति U $२.१ बिलियन (सन् २०१८)
मालिकआइएसी कम्पनी: ८०.९% (अर्थतन्त्र)
९७.६% (मत)
वेबसाइटmtch.com

म्याच समूह, निगम एक अमेरिकी इण्टरनेट कम्पनी हो जसले ओके कुपिड , प्लेल्ण्टि अफ फिस, टिण्डर र म्याच डटकम सहितका धेरै अनलाइन वार्तालाप वेबसाइटहरूको नियन्त्रण तथा सञ्चालन गर्दछ। म्याच ग्रूपको प्रधान कार्यालय डालस, टेक्ससमा अवस्थित छ।[१]

इतिहास[सम्पादन गर्नुहोस्]

म्याच समूह १९ नोभेम्बर २०१५ मा सार्वजनिक गरिएको थियो।[२] यसले व्यापार प्रतीक एमटिसिएचसँग नसडक सेयर बजारमा व्यापार गर्दछ। कम्पनीको नियन्त्रण सेयरधनी आइएसी / इण्टरएक्टिभ निगम हो भने उक्त इण्टरएक्टिभ निगम यसको पूर्व अभिभावक कम्पनी हो। ३१ मार्च २०१८ सम्म, आइएसीको आर्थिक स्वामित्व ब्याज र म्याच समूहमा यसको मतदान ब्याज क्रमशः ८०.९% र ९७.६% रहेको थियो।

म्याच समूहले सन् २०१८ को लागि १.७ अरब अमेरिकी डलर राजस्व सङ्कलन गरेको थियो भने बजार पूँजीकरणको हिसाबले यसको कुल पूँजी १५.७ अरब अमेरिकी डलर रहेको छ।[३]

जनवरी २०१८ मा, म्याण्डि जिन्स्बर्गले, ग्रेग ब्लाटलाई म्याच समूहको प्रमुख कार्यकारी अधिकृत  ठाउँमा हटाउँदै आफुले उक्त स्थानको कार्यभार सम्हालेकी थिइन्। उनले पहिला कम्पनी भित्र अन्य नेतृत्व सम्हालेकी थिइन् साथै उनले कम्पनीको उत्तर अमेरिकाको लागि प्रमुख कार्यकारी अधिकृतको रूपमा भूमिका निर्वाह गरेकी थिइन्।[४]

अगष्ट २०१८ मा, टिण्डरकन सह-संस्थापक सन  र्‍याडले, म्याच ग्रुप र यसको मूल कम्पनी आइएसीले जानाजानी टिण्डरलाई कम्पनीको मूल टोलीलाई ष्टक नतिरेको भन्दै म्याच समूहको बिरूद्धमा २ अरब अमेरिकी डलरको मुद्दा दायर गरेका थिए। र्‍याड र उनका सह-वादीहरूले टिण्डरका पूर्व प्रमुख कार्यकारी अधिकृत, ग्रेग ब्लाटलाई यौन उत्पीडनको आरोप लगाएका थिए।[५] म्याच समूहले सम्पूर्ण आरोपहरू "झुठा" भएको बयान दिएको थियो। [६]

म्याच समूहको सेयरको इतिहासमा, ७ अगष्ट २०१९ मा सबैभन्दा राम्रो दिन रहेको थियो जसमा सबै समयको सेयर २९% ले वृद्धि भएको थियो।[७][८][९] यो लाभ टिण्डरको भुक्तानी गरिएका ग्राहकहरूले गर्दा प्राप्त भएको थियो। टिण्डरले अघिल्लो खण्डमा ५,०३,००० नयाँ ग्राहकहरू प्राप्त गरेको थियो वा यसले उक्त वर्षमा १० लाख ५० हजार नयाँ ग्राहकहरू थप्न सफल भएको थियो। म्याच समूहको दोस्रो खण्डको अन्त्यमा, टिण्डरसँग ९० लाख दश हजार औसत सदस्यहरू पुगेका थिए।[१०] म्याच समूहका सबै सम्पत्तीहरूले ३० जून २०१९ अन्त्य हुने दोस्रो खण्डको अन्त्यमा संयुक्त रूपमा ९० लाख दश हजार औसत ग्राहकहरू प्राप्त भएको कम्पनीले जानकारी दिएको थियो। सेयर मूल्यको बृद्धिले कम्पनीको बजार पूँजीमा ५ अर्ब अमेरिकी डलर थपेको थियो।

अधिग्रहण[सम्पादन गर्नुहोस्]

फेब्रुअरी २०१८ सम्ममा, यस कम्पनीले ४५ भन्दा बढी डेटिङ अनुप्रयोगको नियन्त्रण तथा सञ्चालन गरेको छ जसमा ओके कुपिड , प्लेल्ण्टि अफ फिस, टिण्डर, म्याच डटकम लगायतका अन्य थुप्रै कम्पनीहरू समावेश छन्।[११] फेब्रुअरी २०१९ मा, म्याच समूहले डेटिङ अनुप्रयोग हिङको अधिग्रहण गरेको थियो। [१२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "म्याच समूह, निगम IPO", नासडाक, अन्तिम पहुँच ७ अप्रिल २०१६ 
  2. Plaugic, Lizzie, "Tinder parent company Match Group is now public", The Verge, अन्तिम पहुँच २६ डिसेम्बर २०१५ 
  3. "Match Group 8K", Match Group, अन्तिम पहुँच १० फेब्रुअरी २०१९ 
  4. Carman, Ashley (२०१९-०६-१४), "Tinder co-founder’s lawsuit against Tinder parent company moves closer to a trial", The Verge, अन्तिम पहुँच २०१९-०७-२५ 
  5. Bort, Julie, "Tinder founders say former CEO 'groped and sexually harassed' an executive at a company party in a bombshell $2 billion lawsuit", Business Insider, अन्तिम पहुँच २०१९-०७-२५ 
  6. Ha, Anthony (२०१८-०८-१४), "Tinder founders sue parent companies Match and IAC for at least $2B", TechCrunch, अन्तिम पहुँच २०१८-०८-१५ 
  7. "Match Group Reports Second Quarter 2019 Results", Match Group, २०१९-०८-०६, अन्तिम पहुँच २०१९-०८-०७ 
  8. Carville, Olivia (२०१९-०८-०६), "Match Surges Most Ever as Tinder Leads Robust Revenue Growth", www.bloomberg.com, अन्तिम पहुँच २०१९-०८-०७ 
  9. Forman, Laura, "Match Results: Made in Heaven", WSJ (en-USमा), अन्तिम पहुँच २०१९-०८-०७ 
  10. Palmer, Annie (२०१९-०८-०७), "Tinder results add more than $5 billion to Match market cap", CNBC (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०८-०७ 
  11. "How Match got away with buying 25 dating sites — and counting", याहु वित्त (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०७-२५ 
  12. टिफेनी, क्याटलिन (२०१९-०२-११), "Nearly all of the big dating apps are now owned by the same company", भोक्स, अन्तिम पहुँच २०१९-०७-२५ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

  • आधिकारिक वेबसाइट
  • वित्त सूत्रहरूका लागि व्यवसाय आँकडा