के म तिम्रो होइन र (गीत)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
"के म तिम्रो होइन र"
अभिजीत भट्टाचार्य[१] र साधना सरगम[२]को एकल
ढाँचा
  • डिजिटल डाउनलोड
किसिम
लम्बाई०४:०९
लेबलम्युजिक नेपाल
गीतकार(हरू)कृष्णहरी बराल
साङ्गीतिक भिडियो
"तिमी बिनाको जीवन" युट्युबमा हेर्नुहोस्

के म तिम्रो होइन र सर्वाधिक कमाई गर्न सफल चलचित्रहरू मध्येको एक चलचित्र कोहिनुरमा समावेश नेपाली भाषाको गीत हो। यस गीतमा पुरुष तर्फ स्वर भारतीय पार्श्व गायक अभिजीत भट्टाचार्य र महिला तर्फ भारतीय पार्श्व गायिका साधना सरगमको रहेको छ।

यस गीतमा छायाङ्कन राजु विक्रम थापाले गरेका छन् भने सम्पादन वानिश शाहले गरेका छन् र यस गीतलाई निर्देशन वसन्त श्रेष्ठले गरेका हुन्। यस गीतमा शब्द डाक्टर कृष्ण हरि बरालको रहेको छ। यस गीतमा सङ्गीत वरिष्ठ सङ्गीतकार सम्भुजित बास्कोटाको रहेको छ। यसको आधिकारिक साङ्गीतिक श्रव्य दृश्यलाई द स्काई मूभिजको आधिकारिक युट्युब खातामा ६ जून २०१४ मा सार्वजनिक गरिएको थियो भने यसले असोज २०७६ सम्ममा ५६ लाख ५० हजार भन्दा बढी अवलोकन प्राप्त गरिसकेको छ। [३]

साङ्गीतिक श्रव्य दृश्य[सम्पादन गर्नुहोस्]

यसको आधिकारिक श्रव्य दृश्यमा अभिनेता श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री स्वेता खड्कालाई प्रमुख पात्रको रूपमा उभ्याइएको छ। यसको लम्बाई ४ मिनेट ८ सेकेण्डको रहेको छ जसको सुरुवातमा अभिनेता श्रीकृष्ण श्रेष्ठ एउटा पहाडको ढिस्कोबाट माथि उठ्छन् र एकछिन पछि अभिनेत्री स्वेता खड्का मुस्कुराउँदै दृश्यमा देखा पर्छिन्। उनी त्यसपछि दौडिन्छिन् र उनी भने स्वर तान्दै हात फैलाउँछन्। पछि दुबै जना फरक फरक ढिस्कोमा गई नृत्य प्रस्तुत गर्न थाल्छन्। उनी जमिनमा बस्छिन् र उनी सारङ्गी बजाउन थाल्छन् र उनी उक्त सारङ्गीको तालमा हस्त नृत्य गर्न थाल्छिन्। उनी मुस्कुराउँछिन् र पछि दुबै जनाले एकअर्काको ओठलाई चुम्मन गर्छन्। उनी सुरुमा सारङ्गी बजाउँछन् र त्यसको विपरीत उनले जमिनमा बसी सारङ्गी बजाउँछिन् र उनी भने पृष्ठभूमिमा नृत्य प्रस्तुत गर्छन्। एकछिन पछि गीतको सुरुवात हुन्छ।

सुरुवातमा उनी उनको नजिक जान्छिन् र उनको छातीमा टाउको अड्याउँछिन् र जान खोज्दा उनले उनलाई आफू तिर तान्छन्। उनी अभिनयका साथ गीत प्रस्तुत गर्न थाल्छन्। दृश्यमा अभिनयको हेरफेर हुने क्रम जारी रहन्छ। दृश्यमा उनले डम्फू बजाउँछन् र उनी उनको अगाडि नाच्न थाल्छिन्। उनले डम्फू बजाउने क्रम जारी राख्छन्। उनी त्यस पछि उनको नजिक जान्छन् र उनीहरू दुबै जना पहाडको ढिस्कोमा बसी अङ्गालो कस्छन्। पछि उनी गीत गाउन थाल्छन् र उनी हर्सित देखिन्छिन्। 

दृश्य अर्कै स्थानमा मोडिन्छ र उच्च पहाडी भेग भएको ठाउँमा पुग्छन् र सोही स्थानबाट गीतमा धुनको प्रारम्भ हुन्छ। एकैछिन पछि दुबै जना एक ठाउँमा बस्दै एक अर्कालाई हेर्छन्। श्रव्य दृश्यमा हेरफेर हुँदै उनीहरू एक अर्काको नजिक रहेको र खुसी भएको चित्रण गरिएको छ। धुनको अन्त्य हुन्छ र उनीहरू दुबै जना नृत्य प्रस्तुत गर्न थाल्छन्। उनी पहाडको ढिस्कोमा गई अभिनयका साथ नृत्य प्रस्तुत गर्छन् र उनी सो देखेर हर्सित देखिन्छिन्। पछि उनी नाच्दै उनी बसी रहेको ठाउँमा दौडिदै पुग्छिन् र अङ्गालोमा पनि बाँधिन्छिन्। उनी पुनः डम्फू बजाउन थाल्छन् र उनी गीत प्रस्तुत गर्न थाल्छिन्। एकै छिनको गीत प्रस्तुति पछि दुबै जनाले अङ्गालो हाल्छन् र श्रव्य दृश्यको पनि सोही ठाउँबाट अन्त्य हुन्छ।[४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. म्युजिक बाई २४ २४, "अभिजीत भट्टचार्यको जानकारी", म्युजिक बाई २४  वेब्याक मेसिन अभिलेखिकरण २०१९-१०-१५ मिति
  2. "साधना सरगमको जानकारी", स्टार सन फोल्डेड 
  3. "केम तिम्रो हैन र गीत", युट्युब, ६ जुन २०१४। 
  4. "के म तिम्रो हैन र गीतको आधिकारिक श्रव्य दृश्य", जेनवाइटी