सम्पूर्ण गुणस्तर व्यवस्थापन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सम्पूर्ण गुणस्तर व्यवस्थापन प्रायः सङ्गठनात्मक प्रणालीको विकास, प्रयोग, र मर्मतसँग सम्बन्धित छ जुन विभिन्न व्यापार प्रक्रियाहरूको लागि आवश्यक छ। यसको दृष्टिकोण ग्राहकहरूका अपेक्षाहरू भन्दा बढि गुणस्तर दिन, समस्या पहिचान गर्न, प्रतिबद्धता निर्माण गर्ने र कामदारहरू बीच खुला निर्णय-निर्माण प्रवर्द्धनमा केन्द्रित छ। यो एक रणनीतिक दृष्टिकोणमा आधारित छ जुन विद्यमान गुणस्तर कायम गर्नका साथै वृद्धिशील गुणस्तर सुधार गर्नमा केन्द्रित हुन्छ। यो समग्र गुणस्तर सुधार गर्नका लागि विभिन्न संस्थागत बिभागका बीच सहयोगको संस्कृति स्थापनामा केन्द्रित छ।[१]

सम्पूर्ण गुणस्तर व्यवस्थापन एउटा व्यवस्थापनको नविनतम् अवधारणा हो। यसले गुणस्तर अभिवृद्धिका लागि उत्पादनका सम्पूर्ण चरण र प्रकृयाहरूमा गुणस्तर व्यवस्थापन गर्दै जान्छ। विस्तृत अर्थमा गुणस्तर भन्नाले वस्तु वा सेवामा रहेको ग्राहकहरूलाई सन्तुष्टि दिन सक्ने गुणलाई बुझाउँछ।[२] यसका लागि निम्न गुणहरूको समायोजनलाई बुझाउँछ:

  • प्रयोगका लागि उपयोगी
  • श्रेणी
  • उत्कृष्टताको मात्रा

इतिहास[सम्पादन गर्नुहोस्]

पहिलो विश्वयुद्ध पछि गुणस्तरको निर्माण कार्य वातावरणमा बढी सक्रियता रहेको थियो र यसले साङ्ख्यिकीय गुणस्तर नियन्त्रणको सुरुवात गरेको थियो जसलाई डा. एडवर्ड्स डेमिङद्वारा विकसित गरिएको थियो। दोस्रो विश्वयुद्ध पछि जापानका औद्योगिक उत्पादकहरूले न्यून गुणस्तरका वस्तुहरू उत्पादन गर्न थालेका थिए। यसलाई रोक्न जापानी वैज्ञानिक र ईन्जिनियरहरूको सङ्घले डा.डेमिङलाई गुणस्तर प्रक्रियाहरूमा इन्जिनियरहरूलाई तालिम दिन आमन्त्रित गरेको थियो। सन् १९५० को दसकमा गुणस्तर नियन्त्रण जापानी निर्माणको एक अभिन्न भाग थियो र सङ्गन भित्र सबै श्रमिकहरूले यसलाई अपनाएका थिए। सन् १९७० को दसकमा सम्पूर्ण गुणस्तर व्यवस्थापनको धारणाको बारेमा छलफल हुन थालेको थियो। यो एक कम्पनी-व्यापक गुणस्तर नियन्त्रणको रूपमा देखिएको थियो। शीर्ष व्यवस्थापन देखि कामदारहरू सम्म सबै कर्मचारीहरू गुणस्तर नियन्त्रणमा संलग्न भएका थिए। अर्को दसकमा, अधिक गैर-जापानी कम्पनीहरूले जापानमा देखिएको परिणामहरूको आधारमा गुणस्तरीय व्यवस्थापन प्रक्रियाहरू पेश गरेका थिए।[३][४]

फाइदाहरू[सम्पादन गर्नुहोस्]

  • गुणस्तर सुधार संस्कृति
  • प्रक्रियामा निरन्तर सुधार
  • ग्राहक आवश्यकतामा ध्यान केन्द्रित
  • ग्राहक सन्तुष्टि

समग्र गुणस्तर व्यवस्थापनका तत्त्वहरू[सम्पादन गर्नुहोस्]

  1. रणनीतिक प्रतिबद्धता
  2. कर्मचारी संलग्नता
  3. सामग्री
  4. प्रविधि
  5. विधि

समग्र गुणस्तर व्यवस्थापनका औजारहरू[सम्पादन गर्नुहोस्]

  1. बेन्च मार्किङ
  2. बाह्य स्रोत
  3. गति
  4. आइ.एस.ओ. ९००१ ISO 9001
  5. तथ्याङ्कीय गुणस्तर नियन्त्रण
  6. ठीक समयमा मौज्दात व्यवस्थापन (just in time recovery)

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]