वाइल्डबेरीज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वाइल्डबेरीज
उद्योगइ-वाणिज्य
स्थापितसन् २००४
केन्द्रीय कार्यालय,
राजश्व$Lua error in मोड्युल:Format_price at line 43: Format price error: cannot parse value " Unknown country code: रुस  ".[१] (2017)
परिचालन आय
$Lua error in मोड्युल:Format_price at line 43: Format price error: cannot parse value " Unknown country code: रुस  ".[१] (2017)
$Lua error in मोड्युल:Format_price at line 43: Format price error: cannot parse value " Unknown country code: रुस  ".[१] (2017)
कुल सम्पत्ति$Lua error in मोड्युल:Format_price at line 43: Format price error: cannot parse value " Unknown country code: रुस  ".[१] (2017)
कुल इक्विटी$Lua error in मोड्युल:Format_price at line 43: Format price error: cannot parse value " Unknown country code: रुस  ".[१] (2017)
वेबसाइटwww.wildberries.ru Edit this on Wikidata

वाइल्डबेरीज[२] (रुसी: ООО «Вайлдберриз») रूसमा आधारित सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय अनलाइन खुद्रा विक्रेता हो जसको व्यापार जुत्ता, इलेक्ट्रोनिक्स, बालबालिकाको सामान, घरेलू सामानहरू तथा अन्य सामानहरूमा आधारित छ।। रूसको अतिरिक्त यसले रूसका छिमेकी राष्ट्रहरू जस्तै बेलारुस, कजाख्स्तान, किर्गिस्तानअर्मेनियामा पनि सेवा सञ्चालन गर्दछ।[२][३][४] सन् २०१९ मा कम्पनीले युरोपेली सङ्घको बजारमा पनि प्रवेश गर्ने योजना बनाएको छ।[५] सन् २००३ मा स्थापना भएको यस कम्पनीलाई र ओओओ "वाइल्डबेरी"द्वारा नियन्त्रण तथा सञ्चालन गरिँदै आइरहेको छ।[५] यसको प्रधान कार्यालय रूसको राजधानी मस्कोमा रहेको छ। [६]

यस कम्पनीलाई सन् २००४ तात्याना भ्लादिमिरोभना बकल्चुक र भ्लादिस्लाभ बाकाल्चुकद्वारा स्थापना गरिएको थियो।[७] बाकाल्चुकले सन् २००४ मा २८ वर्षको उमेरमा उनको मस्कोमा रहेको भवनबाट व्यवसायको सुरुवात गरेकी थिइन। युवा आमाहरूका लागि घरमा नवजात शिशका लागि आवश्यक हुने कपडा किन्नु कत्ति गाह्रो हुने कुराको महसुस गर्दै उक्त व्यवसाय सञ्चालन गरेको उनले बताएकी थिइन्।[८] उनका श्रीमान्, भ्लादिस्लाभ एक सूचना प्रविधि प्राविधिक हुन् जसले उनले सञ्चालन गरेको अनलाइन व्यवसायमा सामेल भई उक्त व्यापारलाई बढाउनका लागि मद्दत गरेका थिए।

यो सन् २०१६, १७ र १८ को अन्त्य सम्म रूसको सबैभन्दा ठूलो अनलाइन खुद्रा भण्डार हो। कम्पनीका अनुसार सन् २०१८ मा यसको कारोबार ७२% ले वृद्धि भई ११८.७ अरब रूबल पुगेको थियो।[५] सन् २०१९ मा रूसी फोर्ब्स पत्रिकाले कम्पनीका संस्थापक तात्याना बकल्चुकलाई सफल उद्यमीको श्रेणीमा समावेश गरेको थियो।[९]

इतिहास[सम्पादन गर्नुहोस्]

यस कम्पनीलाई सन् २००४ तात्याना भ्लादिमिरोभना बकल्चुक र भ्लादिस्लाभ बाकाल्चुकद्वारा स्थापना गरिएको थियो।[१०]

सन् २०१२ मा, वाइल्डबेरीले बेलारुसको बजारमा प्रवेश गरेको थियो भने कम्पनीले सोही वर्ष बेलारुसमा आफ्ना उत्पादनहरू कजाख्स्तानमा पनि बेचेको थियो।[११][१२]

सन् २०१५ सम्ममा, वाइल्डबेरी सर्वाधिक लोकप्रिय घरेलू अनलाइन पसल बन्न सफल भएको थियो।

सन् २०१६ को सुरुवात तिर वाइल्डबेरीले रूसी सङ्घमा कम्पनीका (अनलाइन भण्डार तथा अफलाइन सञ्जालहरू) अनलाइन बिक्रीको लागि पहिलो स्थानमा ओगट्न सफल भएको थियो। जुन आफ्नै उत्पादनको सङ्ख्यामा वृद्धिसँग सम्बन्धित थियो। सन् २०१६ को सबैको सामानहरूको बिक्री अनुमानित ४५.६ बिलियन डलर पुगेको थियो।[११][१२]

सेप्टेम्बर २०१७ मा, पोडोलस्कको नजिक कम्पनीको सबैभन्दा ठूलो नयाँ वितरण केन्द्रको निर्माणको सुरु भएको थियो। [४] सन् २०१७ मा, वाइल्डबेरी उलमार्टलाई पछि पार्दै रूसको सबैभन्दा ठूलो अनलाइन खुद्रा कम्पनी बन्न सफल थियो। कम्पनीको सुरुवातमा यसको प्रधान कार्यालय मिल्कोभोमा अवस्थित थियो भने यसको प्रधान कार्यालयलाई सन् २०१८ मा मस्कोमा स्थानान्तरण गरिएको थियो। [१३]

सन् २०१८ मा, अनलाइन भण्डारले खाद्यान्न उत्पादनहरू बेच्न थालेको थियो। यसैबीच, रुनेटको सबैभन्दा महँगो कम्पनीको रूपमा यसलाई अर्को वरियतामा रूसी फोर्ब्सले सिमित दायित्व कम्पनी "वाइल्डबेरी" लाई चौथो स्थानमा राखेको थियो, यसको पूँजी ६०२ मिलियन अमेरिकी डलर रहेको थियो। सन् २०१९ मा वाइल्डबेरीले फोर्ब्स पत्रिकामा प्रकाशित रुनेटमा सबैभन्दा महँगो कम्पनीको रूपमा चौथो स्थान प्राप्त गरेको थियो। सन् २०१९ मा कम्पनीको मूल्य, विज्ञहरुका अनुसार १.२ अरब अमेरिकी डलर रहेको अनुमान गरेका थिए। सन् २०१९ मै अमेरिकी पत्रिका फोर्ब्सले "शीर्ष १० सबैभन्दा उल्लेखनीय नयाँ अरबपतिको वरियतामा कम्पनीकी संस्थापक तात्याना बाकलचुकलाई सामेल गरेको थियो। कम्पनीका अनुसार सन् २०१८ मा यसको कारोबार ७२% ले वृद्धि भई ११८.७ अरब रूबल पुगेको थियो। [१४] १ मार्च २०१९ देखि वाइल्डबेरीले डच ब्राण्ड मेक्सको नयाँ सङ्ग्रहको विशेष अनलाइन विक्रेता बनेको थियो।[१५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

1. १.० १.१ १.२ १.३ १.४ https://www.kartoteka.ru/card/613659d7ca69160470cbbcfc9b1e4eaa/.
2. २.० २.१ "Семейный универмаг: как педагог и радиофизик создали «Вайлдберриз»", Журнал РБК, अन्तिम पहुँच २०१८-०२-१७
3. "20 самых дорогих компаний Рунета: рейтинг Forbes", www.forbes.ru, अन्तिम पहुँच २०१६-०२-२९
4. ४.० ४.१ "Wildberries созрела", Газета "Коммерсантъ", २०१६-१०-२५।
5. ५.० ५.१ ५.२ "Wildberries созрела для Европы"
6. "«Неинтересно продавать то, что произведено в Китае и завозится без налогов»", Газета "Коммерсантъ", २०१८-०३-३०।
7. Khabibrakhimov, Albert (२०१८-०३-३०), "Wildberries вновь возглавила список крупнейших интернет-магазинов России", vc.ru, अन्तिम पहुँच २०१८-०४-०६
8. Andrey Frolov (२०१९-०४-०५), "Wildberries в 2018 году нарастил онлайн-продажи на 74% и остался самым крупным интернет-магазином России — исследование — Торговля на vc.ru", vc.ru, अन्तिम पहुँच २०१९-०४-०९
9. "15 бизнесменов, изменивших представление о России. Рейтинг Forbes. Фото | Миллиардеры", Forbes.ru, २०१९-०३-२२, अन्तिम पहुँच २०१९-०३-२७
10. "Российский интернет-магазин Wildberries открылся в Белоруссии", iskitim.bezformata.ru, अन्तिम पहुँच २०१८-०४-२६
11. ११.० ११.१ "AliExpress стал самым посещаемым онлайн-магазином у россиян", E-pepper.ru | eCommerce хаб, अन्तिम पहुँच २०१६-०२-२९
12. १२.० १२.१ Андрей Дружинин, "Рейтинг самых популярных сайтов у россиян", Информационно-аналитический портал www.Sostav.ru, अन्तिम पहुँच २०१६-०२-२९
13. Андрей Судник (२०१७-०३-१०), "Интегрируй это: как российские ритейлеры на практике становятся омниканальными", Forbes, मूलबाट २०१८-०४-०८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०४-०८
14. Ведомости (२०१८-०१-२६), "Крупнейший российский онлайн-ритейлер Wildberries начал продажи еды", अन्तिम पहुँच २०१८-०४-२६
15. "20 самых дорогих компаний Рунета — 2018. Рейтинг Forbes | Технологии | Forbes.ru", www.forbes.ru, अन्तिम पहुँच २०१८-०४-२६

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]