आइभिआई डटरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आइभिआई डटरू
व्यवसायको प्रकारनिजी
उपलब्ध भाषारूसी
सेवा क्षेत्ररूस
मालिकरूनेट, बेरिङ भोष्टोक पूँजी साझेदार, प्रोफमिडिया, टाइगर ग्लोबल, फ्रन्टिएर भेञ्चर्स र ओलेग तुमानोभ
सर्जकओलेग तुमानोभ, दिमित्रि अलिमोभ
प्रमुख कार्यकारी अधिकृतओलेग तुमानोभ
उद्योगसञ्चार कम्पनी
कर्मचारीहरू१५०
विभागivi.ru music.ivi.ru deti.ivi.ru ivi.tv
युआरएलivi.ru
दर्ताचाहिँदैन
प्रयोगकर्ताहरू१९ मिलियन मासिक सक्रिय प्रयोगकर्ता
चालु भएको मिति२६ फेब्रुअरी २०१० (2010-02-26)
वर्तमान स्थितिचालू

आइभिआई (आइभिआई डटरू) एक रूसी सञ्चार माध्यम कम्पनी हो जसले कानुनी व्यवसायीक अनलाइन श्रव्य दृश्य बजारमा सेवा सञ्चालन गर्दछ वा अर्को शब्दमा यो एक अग्रणी रूसी अनलाइन प्रवाह सेवा हो जसले अनुमति पत्र प्राप्त श्रव्य दृश्य सामग्री प्रस्ताव गर्दछ जसमा ६५,००० भन्दा बढी चलचित्र का शीर्षक, दूरदर्शन कार्यक्रम, कार्टुन र सङ्गीत श्रव्य दृश्य समावेश छन्।[१] आइभिआई डटरू रूसको सर्वाधिक लोकप्रिय सेवा हो भने यो खण्डमा सबैभन्दा ठूलो अनलाइन मञ्च पनि हो। यसले १ करोड ९ लाख भन्दा बढी नमूना ग्राहकहरूलाई आकर्षण गर्न सफल भएको छ र १५० मिलियन भन्दा बढी लोकप्रिय सामग्रीहरू उत्पन्न गर्दछ। [२]

आइभिआई डटरूले अनुमति पत्र प्राप्त मुख्य सामग्री निर्माताहरूसँग सहकार्य गरी प्रस्ताव गर्ने गरेको छ जसमा मसफिल्म, लेनफिल्म, प्याराइाइज, सिटिसी मिडिया, गोर्की फिल्म स्टुडियो, वार्नर ब्रादर्स/वार्नर म्युजिक, पारामाउण्ट पिक्चर्स, ट्वाण्टिथ् सेञ्चुरी फक्स, सोनि पिक्चर्स/सोनि म्युजिक, एनबिसी युनिभर्सल/युनिभर्सल म्युजिक, डिज्नी, बीबीसी, नेसनल जियोग्राफिक, एसटिभी र अन्य संस्थाहरू समावेश छन्। आइभिआई डटरूका प्रवाहित सामग्रीहरू अनुमति पत्र प्रतिबन्धका कारण रूसमा मात्र उपलब्ध छन्।[३]

आइभिआई डटरू उपकरणहरूको विस्तारित क्षेत्रमा उपलब्ध छ जसमा स्मार्टफोन र ट्याबलेट्स समावेश छन्। [४] यो लोकप्रिय सञ्चालन प्रणालीहरू जस्तै आइओएस, एन्ड्रोइड, विन्डोज फोन, स्याम्बियन, बडाका साथसाथै स्मार्ट टिभी निर्माताहरू जस्तै सामसुङ, फिलिप्स, पानासोनिक आदीमा पनि उपलब्ध छ।[३].

आइभिआई डटरूले इण्टरनेटको क्षेत्रमा विभिन्न उपलब्धिहरूको लागि सबैभन्दा प्रतिष्ठित पुरस्कार जस्तै रूनेट पुरस्कार र गोल्डेन साइट अवार्ड पनि प्राप्त गरेको थियो।[३].

इतिहास[सम्पादन गर्नुहोस्]

आइभिआई डटरू २६ फेब्रुअरी २०१० मा सुरुवात गरिएको थियो र यसले सुरुवातको पहिलो दिनमै १,८०,००० ग्राहकहरूलाई आकर्षक गर्न सफल भएको थियो जसले गर्दा यो सबैभन्दा सफल सुरुवाती रुसी इण्टरनेट कम्पनीहरू मध्येमा परेको थियो। सो समयमा, आइभिआई डटरूलाई ओलेग तुमानोभ (आइभिआई डटरूका संस्थापक) र लियोलिड बोगुस्लाभ्सकीको कम्पनी रूनेटले नियन्त्रण गरेको थियो। सन् २०१० मा, भ्लादिमिर पोटानिनको सञ्चार कम्पनी प्रोफमिडियालाई वित्तीय लगानीकर्ताको रूपमा खरिद गरिएको थियो जसले सन् २०११ मा अन्तर्राष्ट्रिय प्रविधि लगानी कोष टाइगर समूह मार्फत धेरै पैसा उठाएक थिए। सन् २०१२ को कोषको अर्को चरणमा, प्रवाह सेवाले ४० मिलियन अमेरिकी डलर उठाएको थियो। यसमा लगानी एक निजी कम्पनी बेरिङ भोष्टकका साथसाथै वर्तमान लगानीकर्ताहरू रूजेट, टाइगर समूह, प्रोफमिडिया र फ्रोण्टिएरले गरेका थिए। यो रकम कम्पनीमा प्रविधिको निर्माण गर्नका लागि र सामग्री सूची थप गर्नका लागि प्रयोग गरिन्छ।

सामग्रीहरू[सम्पादन गर्नुहोस्]

आइभिआई डटरू एक तिब्र वृद्धि हुँद‌ गरेको इण्टरनेट कम्पनी हो जसले हाल तीनवटा अनलाइन भिडियो प्रवाह सेवाहरू जस्तै आइभिआई डटरू, डेल्ती डट आइभिआई डटरू र म्युजिक डट आइभिआई डटरूको सञ्चालन गर्ने गर्दछ।

आइभिआई डटरू एक अग्रणी रूसी अनलाइन प्रवाह सेवा हो जसले अनुमति पत्र प्राप्त भिडियो सामग्री प्रस्ताव गर्दछ जसमा ६५,००० भन्दा बढी चलचित्र का शीर्षक, दूर्दशन कार्यक्रम, कार्टुन र सङ्गीत भिडियो समावेश छन्। आइभिआई डटरू रूसको सर्वाधिक लोकप्रिय सेवा हो भने यो खण्डमा सबैभन्दा ठूलो अनलाइन मञ्च पनि हो।

म्युजिक डट आइभिआई डटरू, ४ अक्टोबर २०१० मा सुरुवात गरिएको थियो। यो लोकप्रिय रूसी सङ्गीत प्रवाह सेवा हो जसले प्रयोगकर्ताहरूलाई तिनीहरूको रुचि अनुसार २८,००० भन्दा बढी शीर्षकहरूसँग अनुकुलित सङ्गीत र श्रव्य दृश्य सूचीहरू सृजना गर्न सक्षम पार्दछ।

डेल्ती डट आइभिआई डटरू, २० अक्टोबर २०१२ मा सुरुवात गरिएको बालबालिकाहरूका लागि एक नमूना अनलाइन भिडियो प्रवाह सेवा हो जसले ९,००० भन्दा कार्टुन र चलचित्र नि:शुल्क रूपमा प्रस्ताव गर्दछ। यो सेवा बालबालिका मैत्री हो जसले सानासाना प्रयोगकर्ताहरूलाई अनुपयुक्त सामग्रीहरूबाट टाढा राख्दछ।

सामग्रीहरू[सम्पादन गर्नुहोस्]

आइभिआई डटरूले ६५,००० भन्दा बढी सामग्रीहरूको प्रस्ताव गर्दछ जसमा चलचित्र, दूरदर्शन कार्यक्रम, कार्टुन, सङ्गीत श्रव्य दृश्य लगायतका सामग्रीहरू समावेश छन् जसले गर्दा यो रूसमा सबैभन्दा ठूलो कानुनी सामग्रीहरूको अनलाइन मञ्च बनेको छ। यसले मासिक १ करोड ९ लाख भन्दा बढी नमूना ग्राहकहरूलाई आकर्षित गर्न सफल भएको छ।

आइभिआई डटरूले रूसी इण्टरनेट प्रयोगकर्ताहरू बीच अवैध श्रव्य दृश्य र सङ्गीत सामग्रीको प्रसारलाई निरुत्साहित गर्दै अवैध सामग्री बिनाको उच्च गुणस्तर र सजिलै पहुँचयोग्य इजाजतपत्र प्राप्त श्रवणय दृश्यहरू प्रदान गर्दछ।

आइभिआई डटरू वेबसाइटका सामग्रीहरू ९७% नि: शुल्क छ र दर्ता विनानै अवलोकन गर्न सकिन्छ। जबकि बाँकी ३% नवीनतम चलचित्र र मुख्य सूचीका उत्कृष्ट शीर्षकहरू दर्ता पश्चात् आइभिआई+ सेवा मार्फत पहुँच योग्य हुन्छन्।

सन् २०१२ मा, आइभिआई डटरू, युरोपको पहिलो अनलाइन श्रव्य दृश्य सेवा बनेको थियो।

उपकरणहरू[सम्पादन गर्नुहोस्]

आइभिआई डटरू उपकरणहरूको विस्तारित क्षेत्रमा उपलब्ध छ जसमा स्मार्टफोन र ट्याबलेट्स समावेश छन्। यो लोकप्रिय सञ्चालन प्रणालीहरू जस्तै आइओएस, एन्ड्रोइड, विन्डोज फोन, स्याम्बियन, बडाका साथसाथै स्मार्ट टिभी निर्माताहरू जस्तै सामसुङ, फिलिप्स, पानासोनिक आदीमा पनि उपलब्ध छ। आइभिआई डटरूको अनुप्रयोग सेट टप बक्समा पूर्व स्थापितको रूपमा रहन्छ र यसका साथै विभिन्न उपकरणहरू जस्तै फ्लाई, सोनी, एसर, रोभर कम्प्युटर, आइकन बिट, रोल्सेन, कुमो, इञ्च, पकेट बुक, सुप्रा, लेक्सेण्डमा पनि उपलब्ध छ। आइभिआई डटरू माइक्रोसफ्टको एक्स बकस ३६० मा पनि उपलब्ध छ।

आर्थिक सूचकाङ्कहरू[सम्पादन गर्नुहोस्]

सन् २०१५ मा, अनलाइन चलचित्र मञ्च आइभिआई डटरूले १.०५ बिलियन रूबल राजस्व सङ्कलन गर्न सफल भएको थियो जुन चाहिँ सन् २०१४ को तुलनामा ४६% को बढी हो। सन् २०१५ मा, अन्य सूचकाङ्कको पनि वृद्ध भएको देखिएको थियो । मासिक भुक्तान ग्राहकहरू १,६५,००० सम्म पुगेका थिए र मासिक ग्राहकहरू ८२,००० पुगेका थिए। सन् २०१५ मै, आइभिआई डटरूमा कुल अवलोकन समय ३०% ले वृद्ध भएको थियो।

सन् २०१७ मा, यसले अनलाइन चलचित्र क्षेत्रमा ३२% बजार साझेदारी गरेको थियो जसले गर्दा यसले यस उद्योगमा अग्रणी स्थान हासिल गरेको थियो।

सन् २०१८ मा, अनलाइन चलचित्र नाट्यशालाको राजस्व ६२% ले वृद्धि हुँदै ३.९ बिलियन रूबल पुगेको थियो। विज्ञहरूका अनुसार, सन् २०१९ मा आइभिआई डटरूको मुल्य २०४ मिलियन अमेरिकी डलर रहेको भनाई छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]