सामसङ

पृष्ठ अर्द्ध-सुरक्षित
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सामसङ
मौलिक नाम
삼성 (三星)
व्यवसाय प्रकार
निजी
उद्योगबहु-उद्योग कम्पनी
स्थापित१ मार्च १९३८; ८६ वर्ष पहिले (१९३८-०३-01)
स्थापनाकर्तालि ब्योङ-चुल[१]
केन्द्रीय कार्यालय
सियोचो जिल्ला, सउल
,
सेवा क्षेत्र
संसारभरि
मुख्य व्यक्ति
लि कुङ-ही
(अध्यक्ष)
लि जे-योङ
(उपाध्यक्ष)
उत्पादनहरूवस्त्र, मोटर वहान, रसायन, उपभोक्त विद्युतीय सामग्री, विद्युतीय घटक, शल्य उपकरण, अर्धचालक, एकीकृत परिपथ, पानीजहाज, दूरसञ्चार उपकरण, घरायसी सामग्री[२]
सेवाहरूविज्ञापन, निर्माण, मनोरञ्जन, वित्तीय सेवा, अतिथिसत्कार, जानकार तथा सूचना प्रविधि, चिकित्सकिय र स्वास्थ्य सेवा, खुद्रा व्यापार, पानी जहाज निर्माण
राजश्ववृद्धि २०८.५ अर्ब[३] (सन् २०१८[४])
परिचालन आय
6,700,000,000 अमेरिकी डलर (2020) विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
वृद्धि ३७.१. अर्ब[५] (2017)
कुल सम्पत्तिवृद्धि $२६५ अर्ब[५] (सन् २०१७)
कुल इक्विटीवृद्धि $१८८.९ अर्ब[५] (सन् २०१७)
कर्मचारी सङ्ख्या
३०९,६३०[६] (2018)
सहायक कम्पनीहरूसामसङ विद्युतीय कम्पनी
सामसङ अभियान्त्रिक
सामसङ निर्माण तथा व्यापार निगम
सामसङ ठूला उद्योग
सामसङ एसडिएस
सामसङ जीवन बिमा
सामसङ आगो र समुद्री बिमा
चिले
वेबसाइटsamsung.com

सामसङ (कोरियाली: 삼성) (हन्जा: 三星); (कोरियाली उच्चारण = सामसङ जुलुब) (अनुवादित "तीन तारा") (उच्चारण), एक दक्षिण कोरियाली बहुराष्ट्रिय समूह हो जसको मुख्यालय दक्षिण कोरियाको राजधानी सउलमा रहेको छ।[७] यसले असङ्ख्य सम्बद्ध व्यवसायहरू समावेश गरेको छ। तिनीहरू मध्ये अधिकांश सामसङ ब्रान्ड अन्तर्गत एकजुट भएका छन्। यो दक्षिण कोरियाको सबैभन्दा बहु-उद्योग कम्पनी समेत हो। [७]

सामसङलाई सन् १९३८ मा, व्यापारिक कम्पनीको रूपमा लि ब्योङ चुलले स्थापना गरेका थिए।[८] अर्को तीन दशकहरूमा, समूहले खाद्य प्रसोधन, कपडा, बीमा, धितो, र खुद्रा लगायतका क्षेत्रहरूमा विविधीकरण गरेको थियो।[३] सामसङले सन् १९६० को दशकको अन्त्यतिर विद्युतीय उद्योगमा प्रवेश गरेको थियो र सन् १९६० को मध्यमा विभिन्न प्रकारका नर्माण तथा जहाज निर्माण उद्योगमा अग्रसर भएको थियो। सन् १९८७ मा संस्थापक लिको मृत्युपछि, सामसङ चार व्यवसायिक समूहमा विभाजित भएको थियो जसमा सामसङ समूह, शिन्सेगे समूह, सिजे समूह र हाल्सोल समूह समावेश छ।[९]

त्यसबेलादेखि सामसङको नामबाट व्यापारलाई वृद्धिलाई बढाउनका लागि कम्पनीले धेरै सम्बद्ध कम्पनीहरू स्थापना गरेको छ। [१०][११] सन् १९६० को दशकको अन्ततिर, समायोजन र अधिग्रहणको प्रतिनिधिको रूपमा, यो हाल संसारको सबैभन्दा ठूलो संयुक्त समूहको रूपमा अघि बढेको छ। (कोरियाली ) सन् १९९० उत्तरार्ध, सामसङले आफ्ना गतिविधि र विद्युतीय निर्माणमा उल्लेखनीय वृद्धि हासिल गरेको थियो।[१२] हाल, विशेष गरी यसका मोबाइल फोन र अर्धचालकहरू यसको सबैभन्दा महत्त्वपूर्ण आयको स्रोत भएको छ। सन् २०१७ सम्म, सामसङले छैटौँ उच्चतम विश्वव्यापी ब्रान्ड मान कायम गर्न सफल भएको थियो।

उल्लेखनीय रूपमा सामसङको औद्योगिक सम्बद्ध कम्पनीले सामसङ विद्युतीय कम्पनीको समावेश गर्दछ जुन विश्वको सबैभन्दा ठूलो सूचना प्रविधि कम्पनीहरू मध्ये एक हो भने यो उपभोक्ताका लागि समर्पित विद्युतीय निर्माता हो।[१३] यो सन् २०१७ को राजस्वद्वारा मापन गरिएको चिम निर्माताहरू मध्ये सबैभन्दा ठूलो कम्पनीहरू मध्ये एक हो। सामसङको ठूलो उद्योग, सन् २०१० मा राजस्वले मापन गरेको विश्वको दोस्रो ठूलो जहाज निर्माणकर्ता हो। यसैगरी सामसङ अभियान्त्रिक र सामसङ निर्माण तथा व्यापार निगम क्रमशः विश्वको १३ र ३६औँ सबैभन्दा ठूलो निर्माण कम्पनीहरू हुन्।[१४] अन्य उल्लेखनीय सहायक कम्पनीहरूमा सामसङ जीवन वीमा पर्दछ जुन विश्वको १४औँ सबैभन्दा ठूलो जीवन वीमा कम्पनी हो।[१५][१६] सामसङ एभरल्यान्ड, एभरल्यान्ड नामक आश्रयको सञ्चालक दक्षिण कोरियाको सबैभन्दा पुरानो मनोरञ्जन केन्द्र हो र कम्पनीको स्वामित्वमा रहेको चिले सन् २०१२ मापन गरिएको राजस्वका आधारमा विश्वको १५औँ सबैभन्दा ठूलो विज्ञापन आयोग हो।[१७]

सन् २०१३ मा सामसङले ३८० खर्ब बिक्रीको तथ्याङ्क सार्वजनिक गरेको थियो। कोरियाको केन्द्रिय बैङ्कका अनुसार, कोरियाको कुल ग्रहस्थ उत्पादन एकै वर्षमा १४२८ खर्ब रहेको थियो थियो। सामसङको बिक्री, जुन यसको विदेशी बिक्रीको अधिक भाग हो। यसको बाबजुद, सामसङको बिक्री दक्षिण कोरियाको कुल ग्रहस्थ उत्पादनको २६.६% रहेको छ। सन् २०१३ सम्ममा सामसङको निर्यात १९७२ अर्ब अमेरिकी डलर रहेको थियो जसले कोरियाको कुल निर्यातको २५% ओगट्दछ जुन $ ६१.७ अर्ब अमेरिकी डलर हुन आउँछ। सन् २०१८ मा, ब्रान्ड फाइनान्स नामक कम्पनीले सामसङको ब्रान्डको मूल्य ९२.२८९ अर्बको मुल्याङ्कन गरेको थियो।[१८]

शब्दको उत्पत्ति

सामसङका संस्थापकका अनुसार कोरियाली हन्जा शब्द सामसङ () को अर्थ "तीन तारा" हो जुन तीन शब्दले केहि "ठूलो, असङ्ख्य र शक्तिशाली" प्रतिनिधित्व गर्दछ।[१९][२०]

इतिहास

सन् १९३८–१९७०

सामसङका संस्थापक लि ब्योङ चुल, सन् १९५० मा

सन् १९३८ मा, लि ब्योङ चुलले देगु सहरमा सामसङको (삼성 상회,三星商會) स्थापना गरेका थिए। [२१] सामसङले एउटा सानो व्यापारिक कम्पनीको रूपमा सेवा सञ्चालनको प्रारम्भ गरेको थियो जसमा यसको सुरुवाती अवस्थामा ४० कर्मचारीहरू कम्पनीमा कार्यरत थिए। यसले माछा तथा चाउचाउको व्यापार सुरु गरेको थियो।[२१] पछि, कम्पनीको प्रगति भएको थियो र लिले यसको कार्यालयलाई राजधानी सउमा स्थानान्तरण गरेका थिए। कोरियाली युद्ध सुरु भएसँगै, उनी सउल छोड्न बाध्य भएका थिए। सामसङ धेरै विभिन्न क्षेत्रहरूमा विविधता बनाएको थियो। [२२] लिले सामसङलाई उद्योगहरूको एक विस्तृत शृङ्खलामा एक अग्रणीको रूपमा स्थापित गर्ने प्रयास जारी राखेका थिए। सामसङले यसको व्यवसायलाई बीमा, धितो र खुद्रामा अग्रसर गराएको थियो।[२३]

सन् १९४७ मा, ह्योसुङ समूहका संस्थापक चो ह होङ-जाईले सामसङको संस्थापक लि ब्योङ-चुलको साथ सामसङ मुल्सन गोङ्सा वा सामसङ व्यापार निगम नामक एक नयाँ कम्पनीमा संयुक्त लगानी गरेका थिए।[२४] उक्त व्यापारिक कम्पनी वर्तमान समयको सामसङ निर्माण तथा व्यापार निगममा वृद्धि भएको थियो। केहि वर्ष पछि, चो र ली व्यवस्थापक शैलीमा भिन्नताका कारण अलग भएका थिए। चोलाई ३०% स्वामित्व कायम गर्न चाहेका थिए। सामसङ सामसङ समूह र ह्योसुङ समूह, हान्गुक टायर र अन्य विभिन्न कम्पनीमा विभाजित भएको थियो।[२५]

सन् १९६० को दशकको अन्ततिर, सामसङ समूहले विद्युतीय उद्योगमा प्रवेश गरेको थियो। यसले विभिन्न विद्युतीय उपकरण निर्माण गर्न सुरु गरेको थियो। पछि यसले, अर्धचालक र दूरसञ्चार क्षेत्रसँग सम्बन्धित उत्पादनहरूमा विशेष वृद्धि हासिल गरेको थियो। यसले पहिलोपटक स्यामश्वेत दूरदर्शन जारी गरेको थियो।[२६][२७]

सन् १९७०–१९९०

सन् १९८० मा, सामसङले कुमी सहरमा आधारित हाङ्गुक जियोन्जा तङ्सिनलाई अधिग्रहण गर्दै र दूरसञ्चार हार्डवेयर क्षेत्रमा प्रवेश गरेको थियो। [२८] यसको प्रारम्भिक उत्पादनमा विद्युतीय पाटी पर्दछ। यसका सेवा तथा सुविधाहरू दूरभाष र फ्याक्स निर्माण प्रणालीमा विकसित भएको थियो जुन सामसङको मोबाइल फोन निर्माणको केन्द्र बन्न गएको थियो। [२९] उनीहरूले हालसम्म ८० करोड भन्दा भन्दा बढी मोबाइल फोनहरूको उत्पादन गरेका छ। सामसङले सन् १९८० को दशकमा सेवालाई सामसङ विद्युतीय कम्पनी अन्तर्गत समूहीकृत गरेको थियो।

सन् १९८७ मा संस्थापक लिको मृत्युपछि, सामसङ पाँच व्यवसायिक समूहमा विभाजित भएको थियो जसमा सामसङ समूह, शिन्सेगे समूह, सिजे समूह, हाल्सोल र जोङअङ्ग समूह समावेश छ।[३०] शिन्सेगे (बृहत किराना भण्डार) मूल रूपमा सामसङ समूहको नियन्त्रणमा रहेको थियो। सन् १९९० को दशकमा यो सामसङ समूहबाट, सीजे समूह (खाना / रसायन / मनोरञ्जन / रसद), हान्सोल समूह (कागज / दूरसञ्चार) र जोङ्अङ्ग (सञ्चार माध्यम)बाट अलग्गिएको थियो।[८] हाल यी विभाजित समूहहरू स्वतन्त्र छन् र तिनीहरू सामसङ समूहमा नियन्त्रणमा छैनन्। [३१] सन् १९८० को दशकमा, सामसङ विद्युतीय कम्पनीले अनुसन्धान र विकासमा ठूलो लगानी गर्न सुरु गरेको थियो जुन कम्पनीलाई विश्वव्यापी रूपमा विद्युतीय उद्योगमा अगाडि बढाउन महत्त्वपूर्ण लगानी थियो। [२१] सन् १९८२ मा, यसले पुर्तुगालमा दूरदर्शन निर्माण गर्ने शाखाको स्थापना गरेको थियो भने यसले सन्‌ १९८४ मा, न्यु योर्क, सन् १९८५ मा तोक्यो, सन् १९८७ मा, इङ्ल्यान्ड र सन् १९९६ मा टेक्सासमा दूरदर्शन निर्माण शाखाहरू खोलेको थियो।[२१] सन् २०१२ सम्म, सामसङले टेक्सासमा रहेको आफ्नो शाखामा $१३,००,००,००,००० भन्दा बढी अमेरिकी डलर भन्दा बढीको लगानी गरेको छ, जुन सामसङ अस्टिन अर्धचालक नामद्वारा सञ्चालित छ जसले अस्टिनलाई टेक्सासको सबैभन्दा ठूलो विदेशी लगानी र संयुक्त राज्यमा सबैभन्दा ठूलो एकल विदेशी लगानीको रूपमा उभ्याएको छ।[३२]

सन् १९९०–२०००

सामसङ सन् १९९० को दशकमा एक अन्तर्राष्ट्रिय निगमको रूपमा उठ्न थालेको थियो।[३३] सामसङको निर्माण शाखालाई हाल मलेसियामा रहेको जुम्ल्याहा पेत्रोनस स्तम्भहरू मध्ये एकको निर्माण गर्ने जिम्मा पाएको थियो भने यसले ताइवानमा रहेको ताइपेई १०१ र संयुक्त अरब इमारातको बुर्ज खलिफा निर्माण गर्न सम्झौता पनि प्राप्त गरेको थियो। [२०][३४] सन् १९९३ मा, लि कुन हिले सामसङ समूहको १० सहायक कम्पनीहरूलाई बिक्री गर्दै कम्पनीलाई घटाएका थिए र अन्य सञ्चालनहरू तीन उद्योगहरूमा केन्द्रित गर्न मिलाइएको थियो जसमा  विद्युतीय, अभियान्त्रिक र रसायन लगायतका क्षेत्रहरू समावेश छन्।[३५]

सामसङ सन् १९९२ मा संसारको सबैभन्दा ठूलो मेमोरी चिपहरूको निर्माता बन्न पुगेको थियो भने यो अमेरिकी कम्पनी इन्टेल पछिको विश्वको दोस्रो ठूलो चिप निर्माणकार्ता समेत हो सन् १९९५ मा, यसले यसको पहिलो तरल स्फटिक छवी पर्दाको सृजना गरेको थियो। [३६] दश वर्ष पछि, सामसङ तरल स्फटिक छवी पर्दाको विश्वको सबैभन्दा ठूलो निर्माता बन्न पुगेको थियो।[३७] ठूलो आकारमा उक्त क्षेत्रमा लगानी नगरेको सोनीले सामसङलाई सहयोग गर्नका लागि आह्वान गरेको थियो र सज् २००६ मा, सामसङ र सोनीको बीच संयुक्त लगानीको रूपमा एस-एलसिडी कम्पनीको स्थापना गरिएको थियो। [३८] एस-एलसीडीमा सामसङको (५१% ) र सोनी (४९%) को स्वामित्व रहेको थियो जसले दक्षिण कोरियाको तानजुङ यसको कारखाना र सुविधाको सञ्चालन गर्दछ। २६ डिसेम्बर २०११ सम्म, सामसङले यस संयुक्त लगानीमा सोनीको स्वामित्व प्राप्त गरेको घोषणा गरेको थियो।[३९]

अन्य प्रमुख कोरियाली कम्पनीहरूको तुलनामा, सामसङ सन् १९९७ को एसियाली वित्तीय सङ्कटको तुलनात्मक रूपमा क्षति हुनबाट बचेको थियो।[४०] यद्यपि, सामसङ मोटरलाई सामसङले फ्रान्सेली कम्पनी रेनोँलाई घाटा व्यहोरेर बिक्री गरेको थियो।[४१] सन् २०१० सम्म रेनोँ सामसङको ८०.१ प्रतिशत रेनोँको स्वामित्वमा छ भने १९.९% सामसङको स्वामित्वमा रहेको छ। [४२] यसको अतिरिक्त, सामसङले सन् १९८० देखि सन् १९९० को दशकमा विभिन्न प्रकारका विमानहरूको उत्पादन गरेको थियो। कम्पनीको स्थापना सन् १९९९ मा कोरिया हवाई उद्योगको रूपमा भएको थियो।[३८]

सन् २०००–हाल

न्युयोर्क सहर स्थित सामसङको विज्ञापन

सन् २००० मा, सामसङले पोल्यान्डको वार्सामा एक विकास केन्द्र खोलेको थियो। यसको काम अङ्कीय दूरदर्शन र स्मार्टफोनको बिक्री वितरण गरेको थियो।[४३] स्मार्टफोन मञ्च साझेदारहरूसँगै विकसित गरिएको थियो। सन् २००८ मा यसले विभिन्न प्रकारमा स्मार्टफोनहरू जारी गरेको थियो जुन पछि गएर सामसङ ग्यालेक्सी शृङ्खलामा परिणत भएको थियो जसमा नोट्स, एज र अन्य थुप्रै उत्पादनहरू समावेश छन्।[४४][४५] सन् २०१० मा, सामसङले १० वर्षे बृद्धि रणनीतिको घोषणा गरेको थियो जसमा यसका ५ वटा व्यवसायहरू केन्द्रित थियो। यी मध्ये एक व्यवसाय चिकित्सा क्षेत्रसँग सम्बन्धित छ जसको लागि ₩ २१,००,००,००,००,००० छुट्याइएको थियो। सन् २०१२ को पहिलो त्रैमासमा, सामसङ विद्युतीय कम्पनीले, नोकिआलाई उछिन्दै विश्वको सबैभन्दा ठूलो मोबाइल फोन निर्माता बनेको थियो भने नोकिआ सन् १९९८ देखि बजारमा अग्रसर रहेको थियो।[४६][४७]

२४ अगस्ट २०१२ मा, स्मार्टफोन प्रविधिमा एप्पलको एकस्व उल्लङ्घन गरेबापत नौ अमेरिकी न्यायाधीशहरूले सामसङ विद्युतीय कम्पनीले एप्पललाई १.०५ अर्ब अमेरिकी डलर क्षतिपूर्ति तिर्नुपर्ने बताएका थिए। क्षतिपूर्ति अझै कम भएको भन्दै एप्पलले २.५ अर्ब अमेरिकी डलरको अनुरोध गरेको थियो।[४८] सामसङ उक्त मुद्दामा उल्लेख गरिएको एप्पलका एकस्वहरू उल्लङ्घन नगरेको फैसला सुनाएको थियो। अमेरिकी पत्रिका फर्च्युनमा छापिएको एक प्रतिवेदनका अनुसार सामसङलाई सन् २०१२ को सुरुवातमा भएको फैसलामा पनि दोषी पाइएको थियो। [४९] सामसङले यो निर्णयले क्षेत्रको नवप्रवर्तनलाई हानि पुर्‍याउने बताएको थियो। यी दुई कम्पनीहरू एक अर्काको बौद्धिक सम्पत्ती उल्लङ्घनको दोषी भएको दक्षिण कोरियाली आदेश थियो।[५०][५१] सामसङको व्यापारिक सूचकाङ्क कोस्पीमा यसको सेयरमा ७.७% ले गिरावट आएको थियो जुन २४ अक्टोबर पछि सबैभन्दा ठूलो गिरावट हो।

त्यसपछि, एप्पलले संयुक्त राज्य अमेरिकामा आठवटा सामसङका फोनहरू (ग्यालक्सी एस जी, ग्यालक्सी एस २ एटी एन्ड टी, ग्यालक्सी एस २ स्काइरकेट, ग्यालक्सी एस २ टि-मोबाइल, ग्यालक्सी एस २ एपिक ४ जी, ग्यालक्सी एस शोकेस, ड्रोइड चार्ज र ग्यालक्सी प्रेभेल) बिक्रीमा प्रतिबन्ध गर्न खोजेको थियो भने उक्त कदमलाई अदालतले अस्वीकार गरेको थियो।[५२]

सन् २०१५ मा, सामसङलाई आइबीएम, गुगल, सोनी, माइक्रोसफ्ट र एप्पल लगायतका कम्पनीहरूले धेरै अमेरिकी एकस्वहरू प्रदान गरेका थिए । कम्पनीले ११ डिसेम्बरमा, ७,६७९ उपयोगिता एकस्वहरू प्राप्त गरेको थियो। ग्यालेक्सी नोट स्मार्टफोन १९ अगस्ट २०१६बाट बिक्रीमा आएको थियो। तथापि, सेप्टेम्बर २०१६ को सुरुमा सामसङले फोनको बिक्री स्थगित गरेको थियो [५३] सन् २०१५ मा, सामसङलाई आइबीएम, गुगल, सोनी, माइक्रोसफ्ट र एप्पल लगायतका कम्पनीहरूले धेरै अमेरिकी एकस्वहरू प्रदान गरेका थिए । कम्पनीले ११ डिसेम्बरमा, ७,६७९ उपयोगिता एकस्वहरू प्राप्त गरेको थियो। ग्यालेक्सी नोट स्मार्टफोन १९ अगस्ट २०१६बाट बिक्रीमा आएको थियो। तथापि, सेप्टेम्बर २०१६ को सुरुमा सामसङले फोनको बिक्री स्थगित गरेको थियो [५४] मोबाइलको केही एकाईहररूसँग ब्याट्रीको समस्या पाइएको थियो जसमा ब्याट्री अत्यधिक धेरै तात्ने, आगो र विस्फोटहरू समेत हुनसक्ने बताइएको थियो।[५५] सामसङले फिर्ता गरेका मोबाइलहरू इकाइलाई नयाँ संस्करणको साथ बदलिएको थियो। यद्यपि ग्यालक्सी नोट ७ को नयाँ संस्करणमा पनि ब्याट्रीको समस्या रहेको खुल्न आएको थियो। सामसङले १० अक्टुबर २०१६ मा विश्वभरका सबै ग्यालक्सी नोट ७ स्मार्टफोनहरू पुन: फिर्ता गर्दै अर्को दिन उक्त मोबाइलको उत्पादनलाई स्थायी समाप्त गरेको थियो। [५६][५७][५८] सन् २०१८ मा, सामसङले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका अतिथिहरूको साथ भारतको नोएडामा विश्वको सबैभन्दा ठूलो मोबाइल निर्माण सुविधाको सुरु गरेको थियो।[५९]

सहायक कम्पनीहरू

सामसङसँग आवद्ध ८० भन्दा बढी कम्पनीहरू छन्। निर्माण सेवा, उपभोक्ता विद्युतीय उत्पादन, वित्तीय सेवा, जहाज निर्माण र चिकित्सा सेवाहरू सहित क्षेत्रहरूमा गतिविधिहरूको साथ यसलाई अत्यधिक विविधीकरण गरिएको छ। आर्थिक वर्ष सन् २००९ मा सामसङले २२० खर्ब कोरियाली वन राजस्व सङ्कलन गरेको थियो भने आर्थिक वर्ष सन् २०१० मा, सामसङले २८० खर्ब कोरियाली वन सङ्कल गरेको थियो जसबाट यसले ३० खर्ब वन कुल मुनाफा निकालेको थियो। यी रकमहरूले दक्षिण कोरिया बाहिरका सामसङका सबै सहायक कम्पनीहरूबाट राजस्व समावेश गर्दैन।

सामसङ आगो र समुद्री बिमाको प्रधान कार्यालय

सामसङ विद्युतीय कम्पनी

सामसङ विद्युतीय कम्पनी लिमिटेड (कोरियाली: 삼성 전자;( हन्जा: 三星 電子), एक दक्षिण कोरियाली बहुराष्ट्रिय विद्युतीय कम्पनी हो[६०] जसको प्रधान कार्यालय दक्षिण कोरियाको सुवानमा रहेको छ।[६१] यो बहुराष्ट्रिय कम्पनी सामसङको सहायक कम्पनी हो। सन् २०१२ को तथ्याङ्क अनुसार, यसको प्रमुख कम्पनीलाई राजस्वको ७० योगदान गर्दछ। सामसङ विद्युतीय कम्पनीको उत्पादक र बिक्री सञ्जाल ८० भन्दा बढी देशहरूमा विस्तारित रूपमा छरिएर रहेको छ। यसले ३ लाख भन्दा बढी मानिसहरूलाई रोजगारी प्रदान गरेको छ।   यो राजस्वका आधारमा उपभोक्ता प्रति समर्पित विद्युतीय उपकरण र अर्थचालकहरूको विश्वको सबैभन्दा ठूलो निर्माता हो। जुन २०१८ सम्ममा, सामसङ विद्युतीय कम्पनीको बजार पूँजीकरण ३२५.९ अर्ब अमेरिकी डलर रहेको थियो। [६२]

सामसङ विभिन्न विद्युतीय घटकहरू जस्तै लिथियम-आयन ब्याट्री, अर्धचालक, एकीकृत परिपथ, छवि संवेदक, छायाग्राहिका र एप्पल, सोनी, एचटीसी र नोकिआ जस्ता ग्राहकहरूको लागि फ्ल्यास मेमोरी उपकरणहरूको प्रमुख निर्माता हो।[६३] यो मोबाइल फोन र स्मार्टफोनहरूको विश्वको सबैभन्दा ठूलो निर्माता हो। कम्पनीद्वारा उत्पादित ग्यालेक्सी शृङ्खलाका लागि यो संसार भरि नै लोकप्रिय छ। यसको एन्ड्रोइडद्वारा सञ्चालित सामसङ ग्यालेक्सीको ट्याब शृङ्खलाहरूको पनि प्रमुख विक्रेता हो। सामसङ ग्यालेक्सी नोट शृङ्खला यसको बजार प्रतिनिधि समेत बनेको छ।[६४] यसले ग्यालक्सी एस १० र ग्यालक्सी नोट १० मार्फत पाँचौँ पुस्ता सक्षम स्मार्टफोनहरू जारी गरेको थियो जुन खुम्च्याउन योग्य छ।[६५] सामसङ सन् २००६ पछि विश्वको सबैभन्दा ठूलो दूरदर्शन निर्माता भएको छ  र सन् २०११ पछि विश्वको सबैभन्दा ठूलो मोबाइल फोन निर्माता पनि बन्न सफल भएको छ। यो विश्वको सबैभन्दा ठूलो मेमोरी परिपथको निर्माता समेत हो। जुलाई २०१७ मा, सामसङ विद्युतीय कम्पनीले विश्वको सबैभन्दा ठूलो अर्धचालक परिपथ निर्माताको रूपमा इन्टेल निगमलाई उछिल्न सफल भएको थियो। कम्पनी राजस्वका आधारमा विश्वको दोस्रो ठूलो प्रविधि कम्पनी हो।[६६]

सन् २०१७ मा, अमेरिकी आर्थिक पत्रिका फर्च्युनले चयन गरेको ५०० कम्पनीहरूको विश्वव्यापी सूचीमा यो शीर्ष १२ मा पर्न सफल भएको थियो। फर्च्युनले वार्षिक विक्रीमा आधारित शीर्ष ५०० विश्वव्यापी कम्पनीहरूको घोषणा गरेको थियो जसमा यो १२औँ स्थानमा परेको थियो। [६७] सन् २०१७ को दोस्रो त्रैमासिकमा कम्पनीले १४ खर्ब वन परिचालन मुनाफा निकालेको थियो जसले गर्दा कम्पनी एप्पललाई पछि पार्दै विश्वकै सबैभन्दा बढी लाभदायक निर्माता  कम्पनी बनेको थियो भने एप्पल सन् २०१७ दोस्रो त्रैमासिकमा ८ वर्षमा विश्वव्यापी परिचालन नाफामा पहिलो स्थानमा रहेको थियो। यस अवधिमा, विश्वको सबैभन्दा ठूलो खुद्रा भण्डा वालमार्ट, र विश्वको शीर्ष गाडी निर्माणा तोयोताले सामसङको भन्दा आधा नाफा निकालेका थिए।[६८]

सामसङ अभियान्त्रिक

सामसङ अभियान्त्रिक एक बहुराष्ट्रिय निर्माण कम्पनी हो जसको प्रधान कार्यालय दक्षिण कोरियाको राजधानी सउलमा रहेको छ। यसको स्थापना जनवरि १९६९ मा भएको थियो। यसको प्रमुख गतिविधि तेल प्रशोधन, उत्पादनको विस्तार तथा निर्माण, तेल र ग्यास उत्पादन, रसायन तथा ग्यासको उत्पादन, उर्जा गृह निर्माण आदि पर्दछन्। यसले सन् २०११ मा, ९२९८.२ अर्ब वन (अमेरिकी $ ८.०६ अर्ब अमेरिकी डलर) को कुल राजस्व प्राप्त गरेको थियो।[६९] कम्पनी कोरिया सेयर बजारमा सूचीकृत छ।[६३]

सामसङ आगो र समुद्री बिमा

सामसङ आगो र समुद्री बिमा, एक बहुराष्ट्रिय बिमा कम्पनी हो जुन सउलमा आधारित छ।[७०] यसको स्थापना सन् १९५२ मा, कोरिया आन्बो आगो र समुद्री बिमाको रूपमा भएको थियो भने यसलाई पुन: नामकरण डिसेम्बर १९९३ मा, हालको नाममा गरिएको थियो। [७१] सामसङ आगो र समुद्री बीमाले दुर्घटना बीमा, वाहन बीमा, आगो बीमा, देयता बीमा, समुद्री बीमा, व्यक्तिगत निवृत्तिभरण, ऋण सहितका सेवाहरू प्रदान गर्दछ। मार्च २०११ सम्म यसले १० देशमा र ६ करोड भन्दा बढी ग्राहकहरूमा सेवा सञ्चालन गरेको थियो।[७२] सन् २०११ मा सामसङ आगो र समुद्री बीमाको कुल भुक्तान आय $११.७ अर्ब अमेरिकी डलर रहेको थियो भने मार्च २०११ सम्म यसको कुल सम्पत्ति २८.८१ अर्ब अमेरिकी डलर रहेको थियो।[७३] यो दक्षिण कोरियाको सामान्य बीमा प्रदायक हो। कम्पनी सन् १९७५ देखि कोरिया सेयर बजारमा सूचीबद्ध छ।[७४]

सामसङ ठूला उद्योग

सामसङ ठूला उद्योग एक जहाज निर्माता तथा अभियान्त्रिक कम्पनी हो जसको प्रधान कार्यालय दक्षिण कोरियाको राजधानी सउलमा रहेको छ। यसको स्थापना अगस्ट १९७४ मा भएको थियो।[७५] यसको प्रमुख उत्पादनहरू भनेको, कच्चा तेल प्रशोधन, तेल उत्खनन, जहाज निर्माण, पुल निर्माण आदि हुन् सन् २०११ मा यसले १३,३६८.६ अर्ब वन कुल राजस्व प्राप्त गरेको थियो। राजस्वका आधारमा यो हुन्दाई पछिको विश्वको दोस्रो सबैभन्दा ठूलो जहाज निर्माता हो। कम्पनी कोरिया सेयर बजारमा सूचीकृत छ।[७६]

सामसङ जीवन बिमा

सामसङ जीवन बिमा कम्पनी लिमिटेड, एक बहुराष्ट्रिय जीवन बिमा कम्पनी हो जसको प्रधान कार्यालय सउलमा रहेको छ। यसको स्थापना मार्च १९५७ मा, दोङबाङ जीवन बिमा कम्पनी लिमिटेडको रूपमा भएको थियो भने यस कम्पनी जुलाई १९७३ मा, सामसङ समूहमा आबद्ध भएको थियो। [७७] सामसङ जीवन बिमाको प्रमुख गतिविधि व्यक्तिगत जीवन बीमा, वार्षिकी उत्पादन र सेवाहरूको प्रावधान हो। डिसेम्बर २०११ सम्म, यसले १७ देशहरूमा सेवा सञ्चालन गरेको थियो भने यसले ८ करोड भन्दा बढी मानिसहरूका माझ सेवाको प्रस्ताव गरेको थियो भने यसमा ५,९८५ कर्मचारीहरू कार्यरत थिए। सन् २०११ मा, यसले २२,७१७ अर्ब वन बराबरको बिक्री गर्न सफल भएको थियो। उक्त वर्षमा यसको कुल सम्पत्ति १,६१,०७२ अर्ब वन रहेको थियो। यो दक्षिण कोरियाको सबैभन्दा ठूलो जीवन बिमा कम्पनी हो। कम्पनी कोरिया सेयर बजारमा सूचीकृत छ।[७८][७९]

सामसङ निर्माण तथा व्यापार निगम

सामसङ निर्माण तथा व्यापार निगम पूर्व सामसङ निगम (कोरियाली: 삼성물산), को स्थापनम सन् १९३८ मा भएको थियो।[८०] सन् १९९५ देखि, यो मुख्यतया विश्वव्यापी अभियान्त्रिकरण, निर्माण परियोजना, व्यापार र लगानी, फेशन र आश्रयमा केन्द्रित छ। निगमलाई ११ सदस्यीय निर्देशकद्वारा सञ्चालित हो। यसले सन् २०१८ सम्म २०,००० भन्दा बढी कर्मचारीहरूलाई सेवा प्रदान गरेको छ।[८१]

प्रतिकहरू

सामसङका हालसालैका प्रतिकहरू निलो रङ्गका छन्।[८२]

प्रायोजन

सन् २००२ को ओलम्पिकमा सामसङको विज्ञापन

सामसङ विद्युतीय कम्पनीले सन् २०१३ मा विज्ञापन र बजारशास्त्रमा १४ अर्ब अमेरिकी डलर खर्च गरेको थियो। वार्षिक आम्दानीको ५.४% खर्चको गरेको कम्पनी बिक्रीको आधारमा विश्वको शीर्ष २० कम्पनीहरूको भन्दा ठूलो अनुपात कायम गर्न सफल भएको थियो जहाँ एप्पलले ०.६% र जेनरल मोटर्सले ३.५% खर्च गरेका थिए। प्रतिद्वन्दी एप्पलले सन् २०१२ मा, १ अर्ब अमेरिकी डलर खर्च गरेको थियो जहाँ कम्पनीले यसको भन्दा ४ गुणा बढी ४.३ अर्ब अमेरिकी डलरको खर्च गर्दै सामसङ विश्वको सबैभन्दा ठूलो विज्ञापनदाता बनेको थियो। सामसङ विश्वव्यापी ब्रान्ड मुल्य $३९.६ अर्ब अमेरिकी डलर रहेको थियो जुन एप्पलको भन्दा आधा भन्दा कम हो।[८३] देश र विदेशमा विभिन्न गतिविधिहरूको प्रायोजन गरेको छ। दक्षिण कोरियामा, कोरिया खेलकुद सङ्घको मातहत आधारभूत खेलकुद प्रतियोगिता समूहहरूलाई समर्थन गर्दै, यसले आधारभूत खेलकुद र वातावरणको विकासमा योगदान पुर्‍याएको छ।[८४] कोरिया बाहिर, यो ओलम्पिक खेल र एसियाली खेलहरूको रूपमा विश्व स्तरीय प्रतियोगिताहरूको एक आधिकारिक प्रायोजकको हो भने यो व्यावसायिक टोलीहरूको प्रायोजकको भूमिकामा सक्रिय रूपबाट संलग्न छ। [८५]

आलोचना

भ्रष्टाचार

सामसङका अध्यक्षको लि जे योङ सन् २०१७ मा, भ्रष्टाचारको आरोपमा पक्राउ परेका थिए। दक्षिण कोरियाको उच्च अदालतबाट उनी बिरुद्ध दुई पटक सुनुवाई भएपछि उनलाई पक्राउ गरिएको थियो। [८६] उनी विरुद्ध गैरनाफामुखी संस्थाहरूमा चन्दा दिएर राजनीतिक फाइदा उठाएको लिएको आरोप लागेको थियो भने उनी माथि ३ करोड ६० लाख डलर चन्दा दिएको आरोप लागेको थियो। उनलाई  पक्राउ गरी २० दिनसम्म अनुसन्धानका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ।[८७] उनले आफूले केही गलत कार्य नगरेको दावी समेत गरेका थिए। सामसङको सहायक सामसङ विद्युतीय कम्पनीका प्रमुख भ्रष्टाचारको मुद्दामा परेका कारण कम्पनीलाई घक्का लागेको बताइएको थियो। पक्राउको परे पश्चात् सामसुङको शेयरमा गिरावट आएको थियो। उनलाई भ्रष्टाचार आरोपमा ५ वर्ष जेल सजाय सुनाइएको थियो।[८८]

झुठो प्रचार

ताइवानको व्यापार सङ्गठनले सामसङ र यसको स्थानीय ताइवान विज्ञापन आयोगलाई झूटा विज्ञापनको लागि अनुसन्धान गरेको थियो।[८९] यो आयोगले विद्यार्थीहरूलाई अनलाइन फारममा सामसङका प्रतिस्पर्धीहरूलाई हमला गर्न लगाएको भन्दै आयोगले उजुरी पाएपछि यो मुद्दा सुरु भएको थियो। सामसङ ताइवानले आफ्नो फेसबुक पृष्ठ कुनै मूल्याङ्कन प्रतिवेदनमा हस्तक्षेप नगरेको र अनलाइन फारममा सामग्री सार्वजनिक गर्ने वा प्रतिक्रिया गर्ने अनलाइन अभियान रोकेको जनाएको थियो।[९०]

श्रम दुरुपयोग

सामसङले सन् २०१२ देखि २०१५ सम्म यसको आपूर्ति शृङ्खलामा बाल श्रम प्रयोग बारेमा धेरै उजुरीहरूको सामना गरेको थियो। जुलाई २०१४ मा, बाल श्रम कानून उल्लङ्घन गरेको गुनासो प्राप्त गरेपछि शिनयाङ विद्युतीय कम्पनीले सामसङसँग सम्झौता रद्द गरेको थियो।[९१][९२]

सन्दर्भ सामग्रीहरू

  1. "दश प्रविधि कम्पनी जसले १० वर्षमा हाम्रो जीवनशैली परिवर्तन गरे"। सङ्ग्रह मिति ६ जुन २०१९ 
  2. "सामसङका घरायसी उपकरणहरू", सामसङ, मूलबाट ९ मार्च २०१७-मा सङ्ग्रहित। 
  3. ३.० ३.१ "삼성계열사 전자 – 삼성그룹 홈페이지", मूलबाट २० सेप्टेम्बर २०१६-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २० सेप्टेम्बर २०१६ मिति
  4. "सामसङको राजस्व", क्राफ्ट, अन्तिम पहुँच २०१९-११-२० 
  5. ५.० ५.१ ५.२ "सामसङका वित्तीय अवस्थाहरू", सामसङ समूह, मूलबाट ५ मार्च २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ मार्च २०१९ 
  6. "Fast Facts – Samsung Global Newsroom", सामसङ, मूलबाट २१ मार्च २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ मे २०२० 
  7. ७.० ७.१ "삼성 멈추면 韓경제 멈춰야 하나…"경제체질 개선시급""। 연합뉴스। २०१४-०७-१०। सङ्ग्रह मिति २०१४-०७-११ 
  8. ८.० ८.१ 초점 특검이 이건희 앓던 이를 빼준다[dead link] 한겨레 2008-4-3
  9. "2017 삼성 전자, 인터 브랜드 최고의 글로벌 브랜드 6 위", सामसङ, मूलबाट १ जनवरी २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ डिसेम्बर २०१७ 
  10. "Samsung topples Intel to become the world's largest chipmaker – TechCrunch", टेकक्रन्च, मूलबाट २५ मे २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ मे २०१८ 
  11. मु-ह्युन, चो, "Samsung's logic chip biz turns to AI chips and 5G for change of fortune | ZDNet", जेडिनेट (अङ्ग्रेजीमा), मूलबाट ३ जुलाई २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ मे २०१८ 
  12. "삼성 중공업, 쉘 플랫폼 주문에서 주가 상승", 주가 상승, २८ जुलाई २००९, मूलबाट २४ सेप्टेम्बर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ नोभेम्बर २०१० 
  13. "The Top 225 International Contractors 2013", Enr.construction.com, मूलबाट २१ जुलाई २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ अगस्ट २०१३ 
  14. "विश्वव्यापी ५००: उद्योग: - फोर्च्युन", सिएनएन, २० जुलाई २००९, मूलबाट ३१ अगस्ट २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ सेप्टेम्बर २०१० 
  15. "Cheil Worldwide Inc (030000:Korea SE)", businessweek.com, मूलबाट ५ अक्टोबर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ सेप्टेम्बर २०१० 
  16. "Cheil Worldwide (030000 KS)", २६ अप्रिल २०१०, मूलबाट ४ अक्टोबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ मे २०१३ 
  17. Valhouli, Christina (२१ मार्च २००२), "The World's Best Amusement Parks", फोर्ब्स, मूलबाट २२ अगस्ट २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ सेप्टेम्बर २०१० 
  18. "이맹희, 국내외 유랑… 최근 7년간 베이징 140억원대 별장서 거주"서울경제। २०१५-०९-१०। 
  19. "한국 10대 그룹 이름과 로고의 의미", कोरिया दैनिक, १० जुलाई २००६, मूलबाट २९ अप्रिल २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ सेप्टेम्बर २०१० 
  20. २०.० २०.१ "सामसुङ बारे तपाईले थाहा नपाएका केही रोचक तथ्य"अनलाइन खबर। सङ्ग्रह मिति ६ जुन २०१९ 
  21. २१.० २१.१ २१.२ २१.३ "형제자매 애증 따라 '내 편, 네 편'? 4남6녀 중 일부는 이건희 회장 지지 의사 표명…상속 때 홀대받은 쪽에서 어떤 입장 취할지 관심"। 시사저널। २०१२-०३-०७। 
  22. "삼성家 비운의 황태자, 이맹희 전 회장의 파란만장한 일생"머니투데이। २०१५-०८-१४। 
  23. "Shell, Glencore, and Other Multinationals Dominate Their Home Economies" (अङ्ग्रेजी भाषा)। ब्लुमबर्ग। ५ अप्रिल २०१३। सङ्ग्रह मिति २७ अक्टोबर २०१६ 
  24. "도전정신과 기술의 결정체 효성 49주년" (कोरियाली भाषा)। 결정체। २० नोभेम्बर २०१५। सङ्ग्रह मिति २१ अक्टोबर २०१६ 
  25. "효성 40년史..오너 일가 뒷얘기 '눈길'" (कोरियाली भाषा)। 눈길। २००७-०६-१९। सङ्ग्रह मिति २०११-०२-०५ 
  26. "Industrial giant's roots tied to nylon products", 효성, ९ नोभेम्बर २००९, मूलबाट २० जनवरी २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ फेब्रुअरी २०११ 
  27. "효성 40년史..오너 일가 뒷얘기 '눈길'", 효성, १९ जुन २००७, मूलबाट १ मे २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ फेब्रुअरी २०११  वेब्याक मेसिन अभिलेखिकरण १ मे २०११ मिति
  28. 또"財閥密輸(재벌밀수), 경향신문, 1966년 9월 15일
  29. 삼성 인수 구미
  30. "Samsung to celebrate 100th anniversary of late founder", koreaherald.com, २९ मार्च २०१०, मूलबाट २९ अप्रिल २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ जनवरी २०११  वेब्याक मेसिन अभिलेखिकरण २९ अप्रिल २०११ मिति
  31. "이맹희, 국내외 유랑… 최근 7년간 베이징 140억원대 별장서 거주"। 서울경제TV। सङ्ग्रह मिति २०१५-०९-१० 
  32. "삼성家 비운의 황태자, 이맹희 전 회장의 파란만장한 일생"। 머니투데이। २०१५-०८-१४। 
  33. "Dubai skyscraper symbol of S. Korea's global heights", CNN, १९ अक्टोबर २००९, मूलबाट २० अक्टोबर २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ अक्टोबर २००९ 
  34. Cho, Kevin (२४ अप्रिल २००९), "Samsung Says Hopes of Recovery Are 'Premature' as Profit Falls", Bloomberg, मूलबाट २६ अगस्ट २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ सेप्टेम्बर २०१० 
  35. "삼성 유산소송, 2년만에 끝…감정 해결은 '글쎄'"연합인포맥스। २०१४-०२-२६। 
  36. "삼성家 비운의 황태자, 이맹희 전 회장의 파란만장한 일생"머니투데이। २०१५-०८-१४। 
  37. "이맹희, 국내외 유랑… 최근 7년간 베이징 140억원대 별장서 거주"서울경제। २०१२-०२-१६। सङ्ग्रह मिति २०१५-०९-१० 
  38. ३८.० ३८.१ 김필수, 쉼표-제일모직(第一毛織), 헤럴드경제, 2015년 6월 1일
  39. 김영욱 경제전문기자। "지휘봉 다시 잡은 이병철, 삼성전자 설립해 돌파구"। 중앙SUNDAY। सङ्ग्रह मिति १० जनवरी २०११ 
  40. 과 로고의 의미 (२००६-०७-१०)। "크고 밝고 강하다는 뜻의 '삼(三)'과 밝고 높고 영원히 빛나라는 뜻의 '성(星)'을 합쳐, '크고 강하고 영원하라'는 의미이"। 그룹। सङ्ग्रह मिति २०१०-०९-१९ 
  41. Muriel Drouineau (२५ मार्च २००८)। "Téléphonie mobile: une croissance mondiale sous les 10 % en 2008?"businessMOBILE.fr 
  42. "이맹희, 국내외 유랑… 최근 7년간 베이징 140억원대 별장서 거주"। 서울경제। सङ्ग्रह मिति २०१५-०९-१० 
  43. Samsung, également sur la NAND Flash, hardware.fr, 2 février 2010
  44. Le top 20 des entreprises les plus innovantes du monde Challenges, 22 octobre 2013
  45. Team, PhoneArena, "Samsung Solstice A887 Review", Phone Arena 
  46. "Samsung overtakes Nokia in mobile phone shipments", BBC News, २७ अप्रिल २०१२, मूलबाट १४ अगस्ट २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ अगस्ट २०१२ 
  47. "Samsung overtakes Nokia for Cellphone Lead", मूलबाट २८ अप्रिल २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ अप्रिल २०१२ 
  48. "Samsung bites back after Apple victory" वेब्याक मेसिन अभिलेखिकरण ३० अगस्ट २०१२ मिति। अल जरिरा, 26 August 2012. सङ्ग्रह मिति १९ मार्च २०१३ ।
  49. "एप्पल–सामसङ बिगफाइटः ७ वर्षपछि मुद्धाको किनारा, सामसङलाई ५८०० करोड जरीवाना"बिजशाला। सङ्ग्रह मिति ५ जुन २०२० 
  50. 윤태구·김지나, 1조 넘는 삼성 공익재단 유동자산…이재용 부회장 경영승계 버팀목 되나, 아주경제, 2015년 6월 4일
  51. 최열희, 재벌가 알짜배기 공익재단 지배구조 핵심으로 떠오른 까닭, 일요신문, 2015년 5월 13일
  52. Vascellaro, Jessica E.. (२५ अगस्ट २०१२) द वाल स्ट्रिट जर्नल वेब्याक मेसिन अभिलेखिकरण १० फेब्रुअरी २०१३ मिति।. सङ्ग्रह मिति 19 March 2013.
  53. "삼성언론재단 과장 208억횡령" 
  54. "2백억 횡령한 삼성언론재단 과장에 중형" 
  55. कुमार चौलागाई। "सामसुङको ग्यालेक्सी एस८ को चार्जिङमा समस्या देखियो"लोकान्तर। सङ्ग्रह मिति ६ जुन २०१९ 
  56. हेर्न, एलेक्स (११ डिसेम्बर २०१६)। "Samsung Galaxy Note 7 production permanently ended following battery explosions"द गार्जियन (अङ्ग्रेजी भाषा)। सङ्ग्रह मिति ९ अगस्ट २०१८ 
  57. "Samsung Will Ask All Global Partners to Stop Sales and Exchanges of Galaxy Note7 While Further Investigation Takes Place", सामसङ (अङ्ग्रेजीमा), मूलबाट ९ अगस्ट २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०८-०९ 
  58. "सामसङले ग्यालेक्सीको नोट ७ को उत्पादन बन्द गरेको छ", बिबिसी समाचार (अङ्ग्रेजीमा), २०१६-१०-११, मूलबाट २ अक्टोबर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०८-०९ 
  59. https://news.samsung.com/in/samsung-inaugurates-worlds-largest-mobile-factory-in-india
  60. 김미영 (१७ जनवरी २०१२), "삼성 그룹, 2012 년에 420 억 달러 투자 기록", 로이터, मूलबाट २५ मे २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ जुलाई २०१३ 
  61. 박건형 기자 (२०१७-०७-०८)। "삼성전자, 세계정상에 섰다"। 세계정상에। सङ्ग्रह मिति २०१७-०७-२३ 
  62. 연합뉴스 (२०१८-०७-२०)। "삼성전자, 포춘 글로벌 500대 기업 12위…역대 최고순위" (कोरियाली भाषा)। 
  63. ६३.० ६३.१ "इतिहास", आधिकारिक वेबसाइट, अन्तिम पहुँच नोभेम्बर २६, २०१९ 
  64. "[컴패니줌업] 삼성전자가 걸어온 길 TV에서 반도체, 휴대폰까지 시장 선도"। 이투데이। २०१०-११-२३। 
  65. "सामसुङले सार्वजनिक गर्‍यो फोल्डिङ स्मार्टफोन,मूल्य २ लाख २५ हजार"सेटोपाटी। सङ्ग्रह मिति ५ जुन २०२० 
  66. "삼성전자 연", मूलबाट २००८-१२-०१-मा सङ्ग्रहित। 
  67. "삼성전자의 태동, 외국기술과의 합작", २८ अप्रिल २००८, मूलबाट ४ नोभेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ नोभेम्बर २०१८ 
  68. "三星Galaxy手機電池爆炸 南韓學生屁股開花", मूलबाट २१ मार्च २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २० सेप्टेम्बर २०१९ 
  69. "2019년 시공능력순위(토건) Top 100"《건설워커》, 2019년 07월 31일 확인
  70. 연합뉴스। "삼성화재, 시각장애인 4명에 안내견 분양"। सङ्ग्रह मिति ६ जनवरी २०१२ 
  71. "따뜻한 금융이 세상을 바꾼다"। 파이낸셜뉴스। सङ्ग्रह मिति २०१२-०६-१२ 
  72. "삼성화재, 수원 영동중 학교숲 가꾸기 후원"। 한국경제। सङ्ग्रह मिति २०१२-०५-३१ 
  73. "서산 부촌동, 애니카 봉사단 자매결연"। 대전일보। सङ्ग्रह मिति २०१०-०८-०६ 
  74. 세계파이낸스 (२०१२-०७-१६)। "삼성화재 RC봉사단, 수보건복지부장관 표창 수상" 
  75. "ルノーは日産ディーゼルをこうする!? ---サムソン商用車の末路" (जापानीमा), १२ डिसेम्बर २०००, मूलबाट १९ अप्रिल २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जुन २०१६ 
  76. "매일경제"। 김경도 기자। २००९-०५-२०। सङ्ग्रह मिति २००९-०५-२२ 
  77. "सन् २०११ वार्षिक प्रतिवेदन", सामसङ जीवन बिमा, मूलबाट ४ अक्टोबर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ अगस्ट २०१२  वेब्याक मेसिन अभिलेखिकरण ४ अक्टोबर २०१२ मिति
  78. "Fortune Global 500 2009: The World's Biggest Companies", CNN 
  79. जुङ, सङ (२०१०-०४-२५), "Samsung Life IPO generates $4.4bn", FT.com, अन्तिम पहुँच २०१२-०७-२३ 
  80. [१] वेब्याक मेसिन अभिलेखिकरण २०२०-०६-०५ मिति 삼성물산 건설부문 홈페이지
  81. [२] वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-२९ मिति 삼성물산 상사부문 홈페이지
  82. "한국 10대 그룹 이름과 로고의 의미"이름과। ७ जुन २०१०। सङ्ग्रह मिति १३ जनवरी २०१८ 
  83. 김, 미영 (२७ नोभेम्बर २०१३), "삼성의 마케팅 과시가 항상 뱅 뱅크를 가져 오는 것은 아닙니다", 로이터, मूलबाट १ अक्टोबर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ अक्टोबर २०१५ 
  84. 더피알 (१३ जनवरी २०१०)। "스포츠로 소통 잘 하는 기업들"염지은 
  85. 한국경제 (१४ डिसेम्बर २०१८)। ""1등 삼성, 스포츠도 1등으로"…프로·아마 13팀 年800억 투자"। 서기열। 
  86. "सामसुङ कम्पनीका प्रमुख पक्राउ"। सगरमाथा खबर। सङ्ग्रह मिति ४ जुन २०२० 
  87. "भ्रष्टाचारको आरोपमा सामसुङका अध्यक्षलाई जेल सजाय, कम्पनीको लाभकालागि ठूलो धनराशी दिएको ठहर"। बिजमान्डु। सङ्ग्रह मिति ४ जुन २०२० 
  88. "चन्दा दिएर राष्ट्रपतिबाट राजनीतिक लाभ लिएको आरोपमा सामसुङका प्रमुख पक्राउ"। पहिलो पोस्ट। सङ्ग्रह मिति ५ जुन २०१९ 
  89. एपिएफ (१५ अप्रिल २०१३), "Taiwan probes Samsung 'dirty tricks' vs HTC'", गुगल समाचार, मूलबाट २८ जुलाई २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ सेप्टेम्बर २०१३ 
  90. सिएनए (९ अप्रिल २०१३), "Samsung postpones Galaxy 4S debut in Taiwan", वान्ट चाइना टाइम्स, मूलबाट २७ सेप्टेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ सेप्टेम्बर २०१३ 
  91. "Another Samsung supplier factory exploiting child labor" (अङ्ग्रेजीमा), मूलबाट २१ जनवरी २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०९-२० 
  92. "Cover-up involving underage workers at Samsung supplier alleged by labor group", पिसि वर्ल्ड (अङ्ग्रेजीमा), मूलबाट २२ जनवरी २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०९-२० 

बाह्य कडीहरू