प्रिलुडर्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रिलुडर्स
सन् २००३ मा प्रिलुडर्स
व्यक्तिगत विवरण
उत्पत्ति जर्मनी
विधापप
सक्रिय वर्षसन् २००३–२००६
लेबलपोलिडर रेकर्ड्स, एडेल रेकर्ड्स
पूर्व सदस्य(हरू)
तात्सिया बोथा
मिरियाम कानी
अन-थु डोआन
रेबेका मिरो
आनी रोस
प्याट्रसिया सडोवस्की

प्रिलुडर्स (जर्मनेली: Preluders) जर्मनीको पप युवती साङ्गीतिक समूह थियो।[१] यस समूहका प्रारम्भिक सबै सदस्य मुख्यतया गायिका नै थिए भने तात्सिया बोथा, मिरियाम कानी, अन-थु डोआन, रेबेका मिरो र आनी रोस गरी यो ५ जनाको समूह थियो। प्रोसिबेनको प्रतिभा देखाउने कार्यक्रम पपस्टार्स - डस डुएल (सन् २००३) मा यो समूहको गठन भएको थियो भने उक्त प्रतियोगितामा यस समूह उप विजेता बनेको थियो। यस प्रतियोगितामा दुबै लिङ्गका पप समूहहरूले एक अर्काको विरूद्ध प्रतिस्पर्धा गरेका थिए। प्रिलुडर्स सार्वजनिक मतका आधारमा युवा समूह ओभरग्राउन्डसँग पराजित हुँदै उप विजेता बनेको थियो। आफ्नो पराजयको बाबजुद पनि समूहले उनीहरूको पहिलो एकल " एभ्रिडे गर्ल "बाट व्यापारीक सफलता हासिल गरेका थिए, जुन जर्मनीको आधिकारिक चार्टको शीर्ष स्थानमा आएको थियो भने उनीहरूको पूर्ण लम्बाई समेटिएको गिती सङ्गालो गर्ल्स इन द हाउस (सन् २००३) जर्मनीस्विट्जरल्यान्डको शीर्ष पाँचमा पुगेको थियो।

सन् २००४ मा, प्रिलुडर्सले प्रिलुद टु हिस्ट्री नामक गीतको वैकल्पिक गिती सङ्गालो जारी गरेका थिए। उक्त जारी गरिएको गीतले भने चार्टमा खासै प्रभाव पार्न सकेको थिएन। बोथा, मिरो र रोसको यस समूहबाट छुट्टिनु र उक्त गीतको असफलाका कारण समूहले सायान रेकर्डसँग टाढिएको थियो। एडेल रेकर्डहरूसँगको हस्ताक्षर गरेपछि प्याट्रसिया सडोवस्की "म तिम्रो समय चाहन्छु" (जर्मनेलीको अनुवादित नाम) बोल रहेको गीतबाट यस साङ्गीतिक समूहमा सामेल भएकी थिइन्। तीन सदस्यीय समूहको रूपमा यो उनीहरूको पहिलो र अन्तिम गीत थियो। एक अपेक्षाकृत असफल अवधि पछि, तीन बाँकी तीन युवतीहरूले सन् २००६ को अन्त्यसँगै कुनै पनि प्रकारले सञ्चार माध्यममा नआइकन विच्छेद भएका थिए।।

इतिहास[सम्पादन गर्नुहोस्]

गठन[सम्पादन गर्नुहोस्]

प्रिलुदासलाई सेप्टेम्बर २००३ मा प्रोसिबेन सञ्जालद्वारा सञ्चालित कार्यक्रम पपस्टार्स - डस डुएलमा लाखौँ दर्शकहरूको अगाडि नै गठन गरिएको थियो। यस कार्यक्रमको अवधारणा भनेको एक युवा समूह र एक युवती समूह उत्पादन गर्ने थियो जुन एक अर्काका प्रतिद्वन्द्वी हुनेछन् र वास्तविक दूरदर्शन कार्यक्रम पपस्टार्सको तेस्रो संस्करणको जित्नको लागि प्रतिस्पर्धा गर्नेछन्।[२] नो एन्जेल्स र ब्रोजसिसको सफलता पछि, १२,००० आवेदकहरू यस कार्यक्रमको लागि छनोट हुने आशामा जर्मनीका पाँचवटा सहरहरूमा सञ्चालन गरिएको अडिसनमा सहभागी भएका थिए। र्‍यापर सब्ररिना सेतलुर, कलाकार डेटलेफ "दि!" सुस्त, र निर्माता योर्न् उबे फारेनक्रोग पिटरसन यस प्रतियोगिताको निर्णायक भूमिकामा रहेका थिए। प्रतियोगितामा ४६ मध्ये २७ प्रतियोगीहरूले स्थानीय एक कार्यक्रमबाट ओर्लान्डो, फ्लोरिडामा गायन, नृत्य, र स्वास्थ्यताको प्रशिक्षण प्राप्त गरेका थिए।[३]

निर्णायकहरूले प्रत्यक हप्ता दुई वा तीन समूहहरूलाई बाहिराउने काम जारी राखेका थिए जसले गर्दा अन्तिम तर्फ सानो समूह बाँकी रहेको थियो र अन्त्यमा चार युवतीहरूलाई एक व्यवसायीक साङ्गीतिक समूह बनाउनका लागि छनोट गरिएको थियो जसमा मिरियाम कानी, अन-थु डोआन, रेबेका मिरो र इङ्ल्यान्डकी तात्सिया बोथा समावेश थिए जसले गर्दा यस साङ्गीतिक समूह 'प्रिलुडर्सको गठन भएको थियो।[४] कार्यक्रमले नव निर्मित यस युवती समूह र अर्को अन्तिम प्रतिस्पर्धाी ओभरग्राउन्डका अन्तिम चार सदस्यहरूको विकास र सङ्घर्षलाई पछ्याइरहेको थियो।[५] निर्णायकहरूले असफल रेकर्डिंग सत्र पछि दुवै समूहमा एक/एक जना थप गरी पाँच सदस्य बनाउने निर्णय गरेका थिए। सेमीफाइनलको समूहबाट छनोट गरेर उनीहरूले प्रिलुदासलाई पूर्णता दिनका लागि राम्रो तथा निखारिएको स्वर भएकी आनी रोसलाई छनोट गरेको थियो र यसमा ५ सदस्य भएका थिए।[६] निकै नै समर्थ प्राप्त गरेको यस समूहले उक्त प्रतियोगितामा भने उनीहरूको प्रतिद्वन्द्वी ओभरग्राउन्डसँग सार्वजनिक मतका आधारमा पराजित हुँदै उप विजेतामा चित्त बुझाएको थियो।

साङ्गीतिक समूहको रूपमा[सम्पादन गर्नुहोस्]

फारेनक्रोग पिटरसनले निर्माण गरेका उनीहरूको "एभरिडे गर्ल" नामक पहिलो एकल गीत जारी भएसँगै यो जर्मनेली चार्टको शीर्ष स्थानमा पुगेको थियो। यो गीत अस्ट्रिया र स्वीट्जरल्यान्मा शीर्ष ५ पुग्दै।[७] १५,००० भन्दा बढी प्रतिलिपीहरू बिक्री गर्न सफल भएको थियो जसले गर्दा यसले गोल्ड प्रमाणपत्र प्राप्त गरेको थियो। २४ नोभेम्बर २००३ मा, यस एकल गीत समाविष्ट गल्स इन द हाउस नामक उनीहरूको गिती सङ्गालो व्यवसायीक रूपमा सफल भएको थियो तथापि, यसले मिश्रित प्रतिक्रिया प्राप्त गरेको थियो। यसले अस्ट्रिया एकल चार्टमा शीर्ष १० भित्र पर्न असमर्थ रहेता पनि यो जर्मनीमा शीर्ष २ र स्वीट्जरल्यान्डमा शीर्ष ३ भित्र पर्न सफल भएको थियो जसले गर्दा ओभरग्राउन्डको व्यवसायीक सफल गिती सङ्गालो इट्स डनसँग प्रतिस्पर्धा गर्नबाट चुकेको थियो। उनीहरूले त्यस पश्चात् जारी गरेका कुनैपनि एकल गीतहरू भने शीर्ष १० भित्र पर्न असमर्थ रहेका थियो। सन् २००४ मा, उनीहरूको दोस्रो गिती सङ्गालो प्रिलुड टु हिस्ट्री सार्वजनिक गरिएको थियो जुन एक बैकल्पिक संस्करण रहेको थियो। [८]

समूहकी प्रमुख सदस्य बोथाले जुन २००५ मा समूह छोडेकी थिइन् भने मिरोले सोही वर्षको अगस्टमा समूहबाट टाढिएकी थिइन्। बाँकी तीन सदस्यहरूले निरन्तरता दिन चाहँदा चाहँदै पनि कुनै पनि गीत जारी गर्न सकेका थिएनन्। पछि द डोम नामक एक कार्यक्रममा, समूहले नयाँ गीत नेभर बिफोर जारी गरेको थियो जसलाई नयाँ एकल गीतको रूपमा घोषण गरिएको थियो। तथापि, प्रिलुदासले यसलाई प्रकाशित भने गरेको थिएन। सन् २००९ मा सान्द्राले उक्त गीतलाई आफ्नो गिती सङ्गालो ब्याक टु लाइफमा समावेश गरेकी थिइन्। सन् २००४ मा, समूहलाई जर्मनीमा गिती सङ्गालो गर्ल इन द हाउस र एकल इभरिडे गर्ल र डु दे नो इट क्रिसमसका लागि विभिन्न प्रमाणपत्रहरू प्रदान गरिएको थियो।

सन् २००५ को अन्त्य तिर, आन रोसले समूहबाट छुट्टिनु पूर्व उनको दूरदर्शनमा अन्तिम उपस्थित जनाएकी थिइन्। उनलाई २२ अगस्ट १९८८ मा पोल्यान्डमा जन्मिएकी ट्रिस सडोवस्कीले प्रतिस्थापन गरेकी थिइन्। उनको साथ कनी र डुअनले २८ जुलाई २००६ मा, आई वान्ट योर टाइम जारी गरेका थिए। सन् २००९ मा, समूहका सबै सदस्यहरू एक अर्काबाट छुट्टिँदै नयाँ परियोजनामा काम गर्न थालेको खुल्न आएको थियो। प्रिलुडर्स जर्मनीको पप युवती साङ्गीतिक समूह थियो। यस समूहका प्रारम्भिक सबै सदस्य मुख्यतया गायिका नै थिए भने तात्सिया बोथा, मिरियाम कानी, अन-थु डोआन, रेबेका मिरो र आनी रोस गरी यो ५ जनाको समूह थियो। प्रोसिबेनको प्रतिभा देखाउने कार्यक्रम पपस्टार्स - डस डुएल (सन् २००३) मा यो समूहको गठन भएको थियो भने उक्त प्रतियोगितामा यस समूह उप विजेता बनेको थियो। यस प्रतियोगितामा दुबै लिङ्गका पप समूहहरूले एक अर्काको विरूद्ध प्रतिस्पर्धा गरेका थिए। प्रिलुडर्स सार्वजनिक मतका आधारमा युवा समूह ओभरग्राउन्डसँग पराजित हुँदै उप विजेता बनेको थियो। आफ्नो पराजयको बाबजुद पनि समूहले उनीहरूको पहिलो एकल " एभ्रिडे गर्ल "बाट व्यापारीक सफलता हासिल गरेका थिए, जुन जर्मनीको आधिकारिक चार्टको शीर्ष स्थानमा आएको थियो भने उनीहरूको पूर्ण लम्बाई समेटिएको गिती सङ्थालो गर्ल्स इन द हाउस (सन् २००३) जर्मनी र स्वीट्जरल्यान्डको शीर्ष पाँचमा पुगेको थियो।

सन् २००४ मा, प्रिलुडर्सले प्रिलुड टु हिस्ट्री नामक गीतको वैकल्पिक गिती सङ्गालो जारी गरेका थिए। उक्त जारी गरिएको गीतले भने चार्टमा खासै प्रभाव पार्न सकेको थिएन। बोथा, मिरो र रोसको यस समूहबाट छुट्टिनु र उक्त गीतको असफलाका कारण समूहले सायान रेकर्डसँग टाढिएको थियो। एडेल रेकर्डहरूसँगको हस्ताक्षर गरेपछि प्याट्रसिया सडोवस्कीफ "म तिम्रो समय चाहन्छु" (जर्मनेलीको अनुवादित नाम) बोल रहेको गीतबाट यस साङ्गीतिक समूहमा सामेल भएकी थिइन्। तीन सदस्यीय समूहको रूपमा यो उनीहरूको पहिलो र अन्तिम गीत थियो। एक अपेक्षाकृत असफल अवधि पछि, तीन बाँकी तीन युवतीहरूले सन् २००६ को अन्त्यसँगै कुनै पनि प्रकारले सञ्चार माध्यममा नआइकन विच्छेद भएका थिए। कार्यकाल अवधिमा समूहले ४,००,००० भन्दा बढी प्रतिलिपीहरू बिक्री गर्न सफल भएको थियो।

सदस्यहरू[सम्पादन गर्नुहोस्]

सदस्यहरू सन् २००३ सन् २००४ सन् २००५ सन् २००६
तात्सिया बोथा सन् २००३–२००५
रेबेका मिरो सन् २००३–२००५
आन रोस सन् २००३–२००५
मिरियाम कानी सन् २००३–२००६
अन-थु डोआन सन् २००३–२००६
पाट्रिसिया सडोवस्की सन् २००६

विच्छेदन पश्चात्[सम्पादन गर्नुहोस्]

नोभेम्बर २००६ मा आनी रोसले पप जोडी मिल्क एन्ड हनीका साथ प्रिलुडर्सको सफलताको उक्त समूहमा भित्राउने प्रयास जारी राखेकी थिइन्।

मिरियाम कानीलाई सन् २००६ मा, शीर्ष ३० सबैभन्दा प्रख्यात अल्बानीयाली मानिसहरूको सूचीमा राखिएको थियो र सन् २००७ मा, सिकागोमा म्युजिकलमा उनले आफ्नो देश अल्बानियाको नेतृत्व गरेकी थिइन्। उनले साप्ताहिक साङ्गीतिक कार्यक्रमको आयोजना गरेकी थिइन् जसलाई इ क्लिप्स नामक दूरदर्शन च्यानल मार्फत प्रस्तुत गरिएको थियो। यो कार्यक्रम पछि स्काई दोयच्यल्यान्ड मार्फत सार्वजनिक भएको थियो। उनले त्यसपछि अल्बानियाली गायकसँग अङ्ग्रेजी भाषाको एकल गीत लेट मि डाई विथ यु लाई क‌द गराएकी थिइन्। उनीहरू दुई जना एक बहुचर्चित अल्बनियाली कार्यक्रम Festivali i Këngës मा दोस्रो स्थानमा आएका थिए। सन् २००९ मा, अल्बानियाका राष्ट्रपति बामिर तोपीले उनलाई राष्ट्रको राजदूतको रूपमा नियुक्त गरेका थिए।[९]

सोही वर्ष उनी विश्वव्यापी रूपमा ख्याति प्राप्त गर्न सफल वास्तविक दूरदर्शन कार्यक्रम द भ्वाइस को अल्बानियाली संस्करणको निर्णायकको रूपमा देखा परेकी थिइन्।

उक्त साङ्गीतिक समूहबाट छुट्टिए पछि, रेबेका मिरोले ९८.८ किस एफएममा प्रशिक्षण लिन सुरु गरेकी थिइन्। यसका अतिरिक्त, मिरोले सन् २०१२ मा आरपीआर १ मा आफ्नै निजी कार्यक्रमको नेतृत्व गरेकी थिइन्।[१०]

विच्छेदन पश्चात्[सम्पादन गर्नुहोस्]

नोभेम्बर २००६ मा आनी रोसले पप जोडी मिल्क एन्ड हनीका साथ प्रिलुडर्सको सफलताको उक्त समूहमा भित्राउने प्रयास जारी राखेकी थिइन्।

मिरियाम कानीलाई सन् २००६ मा, शीर्ष ३० सबैभन्दा प्रख्यात अल्बानीयाली मानिसहरूको सूचीमा राखिएको थियो र सन् २००७ मा, सिकागोमा म्युजिकलमा उनले आफ्नो देश अल्बानियाको नेतृत्व गरेकी थिइन्। उनले साप्ताहिक साङ्गीतिक कार्यक्रमको आयोजना गरेकी थिइन् जसलाई इ क्लिप्स नामक दूरदर्शन च्यानल मार्फत प्रस्तुत गरिएको थियो। यो कार्यक्रम पछि स्काई दोयच्यल्यान्ड मार्फत सार्वजनिक भएको थियो। उनले त्यसपछि अल्बानियाली गायकसँग अङ्ग्रेजी भाषाको एकल गीत लेट मि डाई विथ यु लाई क‌द गराएकी थिइन्। उनीहरू दुई जना एक बहुचर्चित अल्बनियाली कार्यक्रम Festivali i Këngës मा दोस्रो स्थानमा आएका थिए। सन् २००९ मा, अल्बानियाका राष्ट्रपति बामिर तोपीले उनलाई राष्ट्रको राजदूतको रूपमा नियुक्त गरेका थिए।[९]

सोही वर्ष उनी विश्वव्यापी रूपमा ख्याति प्राप्त गर्न सफल वास्तविक दूरदर्शन कार्यक्रम द भ्वाइस को अल्बानियाली संस्करणको निर्णायकको रूपमा देखा परेकी थिइन्।

उक्त साङ्गीतिक समूहबाट छुट्टिए पछि, रेबेका मिरोले ९८.८ किस एफएममा प्रशिक्षण लिन सुरु गरेकी थिइन्। यसका अतिरिक्त, मिरोले सन् २०१२ मा आरपीआर १ मा आफ्नै निजी कार्यक्रमको नेतृत्व गरेकी थिइन्।[१०]

साङ्गीतिक सङ्ग्रहहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. http://www.mtv.de/music/70468/bio (Link nicht mehr abrufbar)
  2. http://www.mtv.de/music/70468/bio (Link nicht mehr abrufbar)
  3. http://www.musicbeat.de/?http://www.musicbeat.de/review.php?id=985 (Link nicht mehr abrufbar)
  4. http://www.laut.de/lautstark/cd-reviews/p/preluders/girls_in_the_house/index.htm
  5. laut.de: Review zu Prelude to History
  6. http://www.viva.tv/Stars/InfoLetterBand/id/226/part/7 (Link nicht mehr abrufbar)
  7. Biografie zu Trish Sadowski वेब्याक मेसिन अभिलेखिकरण २०१६-१२-३१ मिति
  8. http://www.prosieben.de/music_cd/preluders/artikel/27158/ (Link nicht mehr abrufbar)
  9. ९.० ९.१ sind jetzt reif für die Oper[dead link]
  10. १०.० १०.१ "berühmte deutsche Band Preluders", २०१९-०५। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]