हतारिँदै, बतासिँदै
"हतारिँदै, बतासिँदै" | |
---|---|
सज्जन राज वैद्यको एकल | |
सार्वजनिक | सन् २०१९ जनवरी १ |
किसिम | स्वतन्त्र |
लम्बाई | ५:३० |
गीतकार(हरू) | सज्जन राज वैद्य |
सारङ्गी वादक - श्याम नेपाली |
हतारिँदै, बतासिँदै नेपाली गीतकार सज्जन राज वैद्यद्वारा सन् २०१९ जनवरी १ मा जारी गरिएको गीत हो ।[१]
पृष्ठभूमि
[सम्पादन गर्नुहोस्]यो गीत एक मिल्ने साथीको परिप्रेक्ष्यबाट प्रेरित भएको वैद्यको भनाई छ ।[२] यस गीतले नायकको प्रेमकथाबारे आफ्नो प्रेमीसँग कुरा गरेको आभास हुन्छ । गीतको अवधिभित्र नायकले आफ्नो प्रेमीलाई उनको निरन्तर प्रयासलाई प्रमाणित गर्दै छिट्टै भेट्ने वाचा गर्छन् ।
यस गीतमा नेपाली लोक सङ्गीत र पाश्चात्य सङ्गीतको मिश्रण सुन्न सकिन्छ । गीतको मध्य भागमा श्याम नेपालीले सारङ्गी बजाउँछन् ।
भिडियो
[सम्पादन गर्नुहोस्]यस गीतको प्रसिद्धिको एक प्रमुख कारण यसको भिडियो हो । नुर्बु लामाद्वारा निर्देशित यस गीतमा एउटा विषमयौनिक र एउटा समयौनिक जोडी देखाइन्छ । उक्त समयौनिक जोडीको पुनर्मिलन भन्दा अघिसम्म दुइटै जोडीको कथालाई समानान्तर रूपमा देखाइन्छ । पछि, भिडियोको अन्त्यमा ती जोडीहरू एउटै शटमा देखिन्छन् ।
भिडियोको सुरुवातमा दुइटा जोडी भएको कुरालाई लुकाउन खोजिएको जस्तो देखिन्छ । अन्त्यमा भिडियोमा समयौनिक जोडीको चुम्बन देखाएपछि कथाले नयाँ मोड लिन्छ । यस भिडियोले विषमयौनिक र समयौनिक जोडी दुबै सामान्य हुन् भन्ने देखाई एलजिबिटी समुदायमाथि प्रकाश पार्छ ।[१]
नेपाली मिडियामा एलजिबिटी समुदायको प्रतिनिधित्व कम नै हुने भएर वैद्यले यो भिडियो बनाएको बताएका छन् । यो भिडियोले नेपालीहरूको एलजिबिटी समुदायप्रतिको दृष्टिकोण परिवर्तन गर्ने उद्देश्य राखेको छ ।[२]
यो भिडियो निस्केपछि एलजिबिटी समुदायका साथै अन्य नेपालीहरूले पनि सामाजिक सञ्जालहरूमा आफ्नो सकारात्मक प्रतिक्रिया राखेका थिए ।[१]
सार्वजनिकीकरण
[सम्पादन गर्नुहोस्]देश | मिति | रेकर्ड लेबल |
---|---|---|
विश्वव्यापी | जनवरी १, २०१९ | सज्जन राज वैद्य |
निर्माण र उत्पादन[३]
[सम्पादन गर्नुहोस्]- गीतकार/रचनाकार: सज्जन राज वैद्य
- सारङ्गी: श्याम नेपाली
- निर्देशक: नुर्बु लामा
- छायाङ्कन: नुर्बु लामा, छेवाङ रिन्जिन
- सम्पादन: नुर्बु लामा, अभिनव भट्ट, सौम्य कार्की
- अभिनेता: जोन्साइ थापा, अर्हान्त श्रेष्ठ, इला लामा, अभिनव भट्ट
- प्रबन्धक: आरोग्य खड्का
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ १.२ "A new music video breaks social taboos and presents a poignant homosexual love story", kathmandupost.ekantipur.com (Englishमा), अन्तिम पहुँच २०१९-०३-२२।
- ↑ २.० २.१ "Himalayan Times", epaper.thehimalayantimes.com (en-USमा), अन्तिम पहुँच २०१९-०३-२२।
- ↑ "Hataarindai, Bataasindai", Sajjan Raj Vaidya (en-USमा), २०१९-०२-०८, अन्तिम पहुँच २०१९-०३-२२। वेब्याक मेसिन अभिलेखिकरण २०२०-०९-१९ मिति