कराही

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पश्चिमी शैलीको स्टोभमा कराहीको छेउमा अर्को सानो कराही बसाइएको छ।

कराही एक प्रकारको बाक्लो, गोलाकार र गहिरो खाना पकाउने भाँडा हो। यो भारतीय उपमहाद्वीपमा विकास भएको थियो। यसको उपयोग भारतीय, अफगानी, पाकिस्तानी, बङ्ग्लादेशी र नेपाली व्यञ्जनमा गर्ने गरिन्छ। पारम्परिक रूपले हल्का स्टीलको पाताबाट बनेको वा गाढा फलामबाट बनेको हुन्छ। आजभोली यो स्टेनलेस स्टील, तामा र ननस्टिक सतहबाट बन्न थालेका छन्, दुवैतीर गोलो र चौडाइ सतह भएको, वा पारम्परिक सामग्रीबाट बनेको हुन्छ।

इतिहास[सम्पादन गर्नुहोस्]

कराही प्राकृत शब्द कटाहाबाट आएको हो, जसको उल्लेख हिन्दूहरूको पवित्र ग्रन्थ रामायण र सुश्रुत संहितामा पाइन्छ। कराही भाँडाको उल्लेख सर्वप्रथम वेदहरूमा भोजन पात्रको रूपमा पाइन्छ।

प्रयोग[सम्पादन गर्नुहोस्]

कराही सामन्यतया मासु, आलु, मिठाई, निम्की, समोसा, माछा र पापड लगायतका परिकार पकाउनमा प्रयोग गर्ने गरिन्छ।

कराहीमा पकाइने व्यञ्जनहरू[सम्पादन गर्नुहोस्]

कराहीमा तयार गरिने परिकारहरू चिकन करी, मटन करी, साधारणतया खसीको मासुको पकाइने गरिन्छ र करी पनिर (शाकाहारी रुप) समेत सम्मिलित छन्। थोरै टमाटर र हरियो खुर्सानी प्रयोग गरेर तयार गरिने करी भारतीय र पाकिस्तानी व्यञ्जनमा एउटा लोकप्रिय रात्री भोजन हो, जसलाई साधारणतया नान वा रोटीसँग खाने गरिन्छ।

बल्तिस्तानको रैथाने परिकार 'बालटी' कराहीमा पकाइने गरिन्छ।