एन्ट माई फल्ट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
"एन्ट माई फल्ट"
सरा लारसनको एकल
सार्वजनिक२ सेप्टेम्बर २०१६ (2016-09-02)
ढाँचाडिजिटल डाउनलोड
किसिमपप[१]
लम्बाई:४४
लेबल
गीतकार(हरू)
रेकर्ड निर्माता(हरू)
सरा लारसन एकल कालक्रम
"दिस वान्स फर यु"
(सन् २०१६)
"एन्ट माई फल्ट"
(२०१६)
"आई उड लाइक"
(सन् २०१६)
साङ्गीतिक भिडियो
"एन्ट माई फल्ट" युट्युबमा हेर्नुहोस्

"एन्ट माई फाल्ट" (अनुवाद:मेरो दोष छैन) स्विडनी गायिका सरा लारसनको गीत हो। गीत २ सेप्टेम्बर २०१६ मा टेन सङ्गीत समूह , एपिक रेकर्ड्स, र सोनी सङ्गीतले आफ्नो दोस्रो र अन्तर्राष्ट्रिय पहिलो गिती सङ्ग्रह सो गुडबाट तेस्रो एकलको रूपमा जारी गरेको थियो। यसको औपचारिक मिश्रित संस्करणमा अमेरिकी र्‍यापर लिल याच्चीको विशेषत रहेको छ।

पृष्ठभूमि[सम्पादन गर्नुहोस्]

साजमसँगको एक अन्तर्वार्तामा लारसनले गीतको पहिलो संस्करणको बारेमा चर्चा गरेकी थिइन् जहाँ उनले यस गीतमा अर्की एकजना केटीको प्रेमीको मन चोरेको र उनको प्रेमिका भन्दा उनी उनको (केटा) लागि राम्रो भएकोमा आफ्नो कुनै पनि गल्ती नभएको बताएकी थिइन्।[२] गीत एमएनइकेको साथ केहि घण्टामै रमाइलोको लागि लेखिएको थियो र यसलाई गीतको रूपमा ढाल्नेका उद्देश्य नरहेको उनले बताएकी थिइन, तथापि, यसलाई स्टुडियोले मनपराए पछि यसलाई गीत बनाएर रेकर्ड समेत गरिएको थियो। उनले आफ्ना मूल्यहरू झल्काउनका लागि गीतको शब्द बदलेकी थिइन्।"[३]

दृश्य[सम्पादन गर्नुहोस्]

यसको आधिकारिक साङ्गीतिक भिडिओलाई उनको भेभो खाता मार्फत ३० सेप्टेम्बर २०१६ मा,सार्वजनिक गरिएको थियोे। दृश्यलाई एमिल नाभाले निर्देशन गरेका थिए भने यसमा लारसनको साथ उनका सङ्गीहरूलाई चित्रित गरिएको छ।[४]

ट्र्याक सूचीकरण[सम्पादन गर्नुहोस्]

  • डिजिटल डाउनलोड
  1. "एन्ट माई फल्ट" – ३:४४
  • डिजिटल डाउनलोड[५]
  1. "एन्ट माई फल्ट" (जे हुस र फ्रेडको मिश्रित संस्करण) – ३.३१
  • डिजिटल डाउनलोड[६]
  1. "एन्ट माई फल्ट" (रिहाब]]को मिश्रित संस्करण) – २.३८
  • डिजिटल डाउनलोड[७]
  1. "एन्ट माई फल्ट" लिल याच्ची विशेषतः मिश्रित संस्करण – ३.५८

जारी इतिहास[सम्पादन गर्नुहोस्]

क्षेत्र मिति ढाँचा लेबल सन्दर्भ
विभिन्न २ सेप्टेम्बर २०१६ डिजिटल डाउनलोड [८]
संयुक्त राज्य अमेरिका २० सेप्टेम्बर २०१६ शीर्ष ४० रेडियो एपिक [९]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Zara Larsson Grabs Lil Yachty For 'Ain't My Fault' Remix", The FADER, अन्तिम पहुँच २७ अप्रिल २०१७ 
  2. "Zara Larsson interview: 'I want to sing about what I can stand for in real life' - YouTube", युट्युब, १८ मार्च २०१६, अन्तिम पहुँच ५ सेप्टेम्बर २०१६ 
  3. Interview with BBC Radio 1, बिबिसी रेडियो १
  4. Sofia Börjesson (३० सेप्टेम्बर २०१६), "Se Zara Larsson i nya kaxiga videon Ain't My Fault", एली, अन्तिम पहुँच १४ अप्रिल २०१७  वेब्याक मेसिन अभिलेखिकरण १५ अप्रिल २०१७ मिति
  5. "iTunes - Music - Ain't My Fault (J HUS & FRED VIP Mix) - Single by Zara Larsson", iTunes Store। 
  6. "iTunes - Music - Ain't My Fault (R3hab Remix) - Single by Zara Larsson", iTunes Store। 
  7. "iTunes - Music - Ain't My Fault (feat. Lil Yachty) [Remix] - Single by Zara Larsson", iTunes Store। 
  8. एन्ट माई फल्ट":
  9. "Top 40/M Future Releases – Mainstream Hit Songs Being Released and Their Release Dates", AllAccess Music Group, मूलबाट २०१६-०९-०८-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ सेप्टेम्बर २०१६